अहिले संसारको ह्याकिङको समस्या भैरहेको छ । समाजिक संजालदेखि विभिन्न संस्था तथा कम्पनीको सफ्टवयर ह्याक गरेर त्यसमा भएका विभिन्न डाटाहरुलाई चोर्ने गरेको पाइएको छ । यस्तै ह्याकिङको असर वित्तीय क्षेत्र, राजनीतिक क्षेत्र र अपराधिक नियन्त्रणमा अझ बढ्दो छ । एक अध्ययनका अनुसार सबैभन्दा साइबर आक्रमणका व्यक्तिगत जीवनमा त धेरै जोखिम भई नै रहेको छ । साथमा औद्योगिक क्षेत्र अझ बढी जोखिममा छ । सबैभन्दा धेरै जोखिम उत्पादजन्य क्षेत्र नै साइबर आक्रमणको जोखिममा छ । 

नयाँ उत्पादनका लागि प्रयोग गरिने उपकरणका बारेमा मानिसहरूले जानकारी र सूचना डिभाइसमा राखिरहेका हुन्छन् । कामदार र नीतिगत तहका डिभाइसमा रहेका प्रविधिसम्बन्धी जानकारी नै ह्याकिङको सिकार भएका संसारमा थुप्रै उदाहरण छन् ।

उत्पादनपछि व्यावसायिक र सीपमूलक क्षेत्र ह्याकिङको मारमा परेको दोस्रो क्षेत्र हो । व्यक्तिको आफ्नो निजी जानकारी डिभाइसमा राख्ने भएका कारण गोप्य सूचनाहरू यसैमार्फत लिने प्रचलन अहिले संसारकै लागि समस्याको विषय भएको छ । यसरी हुने ह्याकिङले आर्थिक क्षति, ब्रान्डको नास तथा ग्राहकको विश्वसनीयतासमेत धेरै संस्थाले गुमाइरहेका छन् । साथमा यसले धेरै कानुनी समस्या निम्त्याएका छन् ।

सन् २०२३ को तथ्यांकअनुसार स्वास्थ्य क्षेत्र ह्याकिङको समस्यामा परेको चौथो क्षेत्र स्वास्थ्य क्षेत्र हो । व्यक्तिगत निजी अवस्था र गोपनीयतासमेत साइबर आक्रमणका कारण भंग भएका घटना संसारमा धेरै छन् । ठुलो स्वास्थ्य केन्द्रको ल्याब रिपोर्टमै पनि चुहावट हुने गरेको उदाहरण संसारमा धेरै छन् । सन् २०२८ सम्ममा यसै क्रम चलेमा स्वास्थ्य क्षेत्रले व्यक्तिको निजी जीवनमा समेत धेरै असर गर्ने सक्ने धेरै अध्ययनहरूले देखाएका छन् ।

सन् २०२४ को ह्याकिङको सबैभन्दा ठूलो समस्या भनेको बैंकिङ पनि हो । बैंकको एपमा ह्याकरहरूबाट सोफिस्टकेटेड थ्रेट, एडभान्स पुर्सिस्टेन्ट थ्रेट र रेनसम वेरको जोखिम बढी रहेको छ । यसका कारण ग्राहकहरूमा बैंकप्रति विश्वासको संकट उत्पन्न हुन थालेको छ ।

अमेरिकी राष्ट्रपति पदका रिपब्लिक उम्मेद्वार डोनाल्ड ट्रम्पको अभियान ह्याक हुनुमा इरानको संलग्नता रहेको आरोप इन्टलिजेन्स अधिकारीले लगाएका छन् ।

ऊर्जा क्षेत्र अर्को समस्याको क्षेत्र हो । एक अध्ययनका अनुसार सन् २०३१ सम्ममा ऊर्जा क्षेत्रमा हुने ह्याकिङको दर २१८ अर्बसम्म हुन सक्नेछ । प्रत्येक दिन संसारमा ह्याकिङको नयाँ प्रयास हँुदै आएका छन् । ई–कमर्स, ई–पे र डिजिटल एप अर्को प्रमुख समस्याको क्षेत्र हो । ग्राहकको डाटा तथा आर्थिक विवरण ह्याकरको निसानामा पर्न थालेका छन् । यस पटकको चर्चा भने राजनीतिमा ह्याकिङका कारण परेको असरका बारे ।

यसै महिना अमेरिकी गुप्तचर निकाय एफबिआई र अन्य संघीय निकायले विज्ञप्ति जारी गर्दै इरानले अमेरिकाको लोकतान्त्रिक प्रक्रियालाई नै अवरुद्ध पार्न चाहेको जनाएका छन् । अमेरिकाको लोकतान्त्रिक प्रतिष्ठानमा नै समस्या उत्पन्न गर्ने इरानको नीति रहेको जनाएको छ ।

यसअघि नै ट्रम्प अभियानले गोप्य सूचना चोर्न इरानले प्रयास गरेको आरोप लगाएको थियो । इरानले यसलाई अस्वीकार गरेको थियो । ट्रम्प अभियानमा एउटा समस्या आएको थियो । उनीहरूको म्यासेजमा क्लिक गर्दा अनावश्यक लिंक खुलेर हैरान हुने समस्या नआएको होइन । गुप्तचरका अनुसार ह्याकरहरू दुवै उम्मेद्वारको सामाजिक इन्जिनियरिङ र अन्य सबै कुराको प्रयोग गर्दै नजिक पुग्ने कुरामा लागिरहेका छन् ।

यसअघि नै ट्रम्प अभियानले गोप्य सूचना चोर्न इरानले प्रयास गरेको आरोप लगाएको थियो । इरानले यसलाई अस्वीकार गरेको थियो । १० अगस्टमै इरानमाथि रिपब्लिक पार्टीले आरोप लगाएको थियो । अमेरिकी गुप्तचर निकायले पाएको सूचनाअनुसार इरानले कमला ह्यारिसको अभियानमा पनि साइबर आक्रमणको प्रयास गरेको छ । ह्यारिसले नै गत साता आफ्नो अभियानमा असफल आक्रमणको प्रयास भएको जनाएकी छिन् ।

सोमबार एफबिआई, अफिस अफ द डाइरेक्टर अफ नेसनल इन्लिजेन्स, साइबर सेक्युरिटी र इन्फा स्ट्रक्चर सेक्युरिटी एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै यो कुनै नयाँ कुरा नभएको तथा इरान र रुसले विगतदेखि कै अमेरिकाको निर्वाचनमा कर्मचारी नै खटाएर यस्ता कार्य गर्दै आएको जनाएका छन् ।ट्रम्पले ह्याकर सार्वजनिक भइसकेको सूचनासम्म मात्र पुगेको बताएका छन् । न्युयोर्क टाइम्स, पोलिटीको र द वासिंगटन पोस्टले ट्रम्पका गोप्य सूचना लिग भएकोमा विश्वास गर्नसक्ने थुप्रै आधार भएको जनाएका छन् । अमेरिकी अधिकारी इरानले यस निर्वाचनलाई चासोपूर्वक हेरिरहेको कुरामा पूर्ण सहमत छन् । त्यसै चुनावी घटनाका आधारमा आफूहरूले धेरै निर्णय गर्ने तयारीमा समेत इरान छ ।

माइक्रोसफ्टले पनि इरानी ह्याकरको अमेरिकी निर्वाचनमा विशेष चासो रहेको जनाइसकेको छ । राष्ट्रपति जो वाइडेनले ह्वाइट हाउसको रेस त्याग्नुअघि उनको चुनावी अभियानमा पनि ह्याकरको निसानामा परेको थियो ।

ट्रम्पले ह्याकर सार्वजनिक भइसकेको सूचनासम्म मात्र पुगेको बताएका छन् । न्युयोर्क टाइम्स, पोलिटीको र द वासिंगटन पोस्टले ट्रम्पका गोप्य सूचना लिग भएकोमा विश्वास गर्नसक्ने थुप्रै आधार भएको जनाएका छन् ।

अमेरिकी गुप्तचर निकायले यो ठहर गरे पनि इरानले पनि सो आरोप गलत भएको प्रतिक्रिया जनाएको छ । संयुक्त राष्ट्र संघका लागि इरानको स्थायी मिसनले इरानको अमेरिकी निर्वाचनमा कुनै चासो नभएको जनाएको हो । वर्तमान तथा पूर्व केही अमेरिकी अधिकारी पनि ४ वर्षअघि गोप्य सूचनाकै लागि इरानीहरूले निर्वाचन अधिकृतलाई धम्क्याएको बताउँछन् ।

यो घटनाको छानबिनमा संलग्नका अनुसार इरानी ह्याकरले जुन महिनामा ट्रम्पका निकट सहयोगी तथा चुनावी अभियन्ता रोजर स्टोनको इमेल आइडी ह्याक गरेका थिए । त्यसैबाट उनीहरूले धेरै सूचना लिएका थिए ।

पोलिटीकोको रिपोर्टअनुसार रोबर्टको नामबाट गरिएका मेलहरू ह्याक भएका थिए । सोही समयमा रिपब्लिक पार्टीको गोप्य सूचनासमेत लिक भएका थिए । साथमा रिपब्लिक पार्टीबाट उपराष्ट्रपति पदका उम्मेद्वार जेडी भान्सको रिसर्च फाइल पनि लिक भएको थियो ।

एफबिआइले माइक्रोसफ्ट, गुगल र एओएलबाट प्राप्त मेल हेरेर ट्रम्पलाई यस कार्यमा संलग्नताकाका बारेमा पत्ता लगाउन पनि भनेको थियो । इस्लामिक रेभुलेसनरी गार्ड ग्रुप (आइआरजिसी)मा आबद्ध कुख्यात समूहसँग मिल्दो किसिमको प्रविधि प्रयोग भएको प्रस्ट भइसकेको छ ।

प्रविधि मिले पनि अमेरिकी अधिकारी यस विषयमा अन्योलमा छन् । उनीहरू ह्याकिङका लागि एकदमै परिचित समूह भने होइन । गुगलमा प्रकाशित एक रिपोर्टका अनुसार जो वाइडेन र कमला ह्यारिससँग सम्बन्धित अधिकारी पनि अहिले ह्याकरको निसानामा परेका छन् । ती अधिकारीको इमेल एकाउन्ट निसानामा छ ।

इतिहासमा भएका यस्ता धेरै ह्याकिङको घटना चर्चामा छ । यसरी सबैभन्दा धेरै चर्चामा रहेको ह्याकर भने केभिन मिटनिक हुन् । उनले नोकिया र मोटरोलाजस्ता कम्पनीबाट कम्प्युटर कोड ह्याक गरेका थिए । सन् १९८२ मा त उनले अझ सनसनी फैलाउने ह्याक गरेका थिए र नर्थ अमेरिकन एरो स्पेस डिफेन्स कमान्ड उनले ह्याक गरेका हुन् । उनी एफबिआईको मस्ट वान्टेड लिस्टमा समेत थिए र उनलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो । उनको कलामा आधारित रहेर नै ‘वार गेम’ फिल्मसमेत बनेको थियो । सोसियल इन्जिनियरिङको काम गर्ने उनको सफलताले ह्याकिङप्रति धेरैको चासो रहेको जनाइएको छ ।

एनोनिमस अर्को परिचित ह्याकिङ समूह हो । चाट ग्रुप तयार गर्ने तथा यसैको आधारमा मानिस सम्पर्क गरेर गोप्य सूचना चुहाउने काम त्यस समूहले गर्ने गरेको थियो । रुसले युक्रेनको विरुद्धमा आक्रमण गरेपछि यस समूहले साइबर वारको घोषणा गरेको थियो । यस समूहमा आबद्ध केहीलाई गिरफ्तार गरिएको छ । तथापि प्रस्ट नेतृत्वको पहिचान नै नभएका कारण यसलाई रोक्न कठिन भएको छ ।

यो समूहले सामाजिक न्याय भन्दै संसारका धेरै ठुला सरकारको विरुद्धमा जेहाद नै छाडेको छ । यत्ति मात्र होइन, समूहले मिलियन डलर कर्पोरेट संस्थामाथि पनि आक्रमण गर्ने गरेको छ ।

अस्त्रको ह्याकिङ इतिहासमा अर्को चर्चित ह्याकिङ हो । सन् २००२ मा यो समूहले फ्रान्सेली सैन्य तथा नागरिक अनुदानको डकुमेन्ट ह्याक गरेको थियो । यसले कर्पोरेट हाउसको गोप्य सूचनासमेत बाहिर ल्याउने काम गरेको थियो । सन् २००८ मा उनी ग्रिसमा गिरफ्तार भए । ग्रिसका अधिकारीले उनको नाम सार्वजनिक गरेका छैनन् । उनी ५८ वर्षीय गणितिज्ञ भएको जनाइएको छ ।

गेरी म्याककिनन अर्का कुख्यात ह्याकर हुन् । सन् २००१ को फेब्रुअरीदेखि २००२ को मार्चसम्म उनले नासा र अन्य डिफेन्स अनलाइनको ह्याक गरेका थिए । उनको यसै ह्याकिङका कारण ७ लाख अमेरिकी डलरको क्षति भएको थियो । यसको कारणबारे उनले युएएफओको वास्तविकता पत्ता लगाउन खोजेको बताए । यसपछि उनलाई मानव अधिकार उल्लंघनको आरोप लागेको थियो । ३४ वर्षको उमेरमा उनको रहस्य पत्ता लागेको थियो ।संसारमा यस्ता धेरै ह्याकिङ चर्चामा रहेका थिए । अहिले अमेरिकी निर्वाचनको सन्दर्भमा भएको ह्याकिङको पनि सबै रहस्य सायद केही दिनमा नै पत्ता लाग्नेछ ।