काठमाडौं – मानव भ्रुण बाहिर निस्किएर एउटा व्यक्तिगत र अधिकृत रुपमा स्वतन्त्र जीवन व्यतीत गर्ने अवस्था जन्म हो । बालकको जन्मका साथै चेतनाको उन्मेष र क्रमिक बिकास सँगसँगै पर्यावरणको पनि माथि प्रभाव पर्न थाल्छ । जन्मपछि बालक अनेक उत्तेजनाहरु प्रति प्रतिक्रिया व्यक्त गर्न पनि समर्थ भइसकेको हुन्छ । अनि क्रमिक रुपमा शरीरिक, सामाजिक, संबेगात्मक तथा मानसिक अभिबृद्धि पनि हुन्छ । 

मानव शरीरको अन्त “मृत्यु” हो । मृत्यु प्रकृतिको नियति हो । मानिसमा असुरक्षा भावका कारण भयमा बाँच्नदछ । जीवनमा मृत्युको सघन उपस्थितिले मानिसलाई सदैव भयाक्रान्त राख्दछ र ऊ त्यो भयबाट मुक्तिका लागि प्रयत्नरत रहन्छ । 

जीवन सुन्दर छ, किन भने त्यहाँ असुरक्षा छ । जीवन सुन्दर छ, किन भने त्यसमा मृत्यु विद्यमान छ । जीवन यस कारणले पनि सुन्दर छ, किन भने त्यो हराउन पनि सक्छ । विश् विख्यात लेखक मार्क ट्वेन लेख्छन्– संसारमा सबैभन्दा खतारनाका ठाउँ ओछ्यान हो । धेरै मानिस ओछ्यान मै मर्दंछन् । तर प्रश्न को कहाँ मर्छ भन्ने होइन, मृत्युप्रतिको मानिसको दृष्टिकोण, व्यवहार के हो ? त्यो महत्वपूर्ण हो । 

मानिस शाश्वत जीवनको खोज गर्दछ तर मृत्यु जीवनको अनिवार्य सर्त हो । जहाँ जीवन छ, त्यहाँ मृत्यु छ । जीवन यहीं छ तर भविष्यको भूत हाम्रो आँखा अगाडि नाचिरहन्छ । प्रौढता सँगसँगै मृत्युलाई आफ्नो नजिक अनुभूत गरेर मानिसको दृष्टिकोणमा परिवर्तन आउन थाल्छ र त्यसपछि ऊ गम्भीरतापूर्वक विचार गर्न थाल्दछ ।
विज्ञान जगतमा मृत्यु सम्बन्धी धारणा मनो बैज्ञानिकहरुले गर्दछन्। एकथरी मनोबैज्ञानिकहरु के भन्दछन् भने मानिसहरुले मृत्युपछि के हुन्छ भन्ने कुरा देखेका छैनन् (धार्मिक पुस्तकका अप्रमाणित कथाहरु बाहेक), भने मानिस मृत्युभन्दा पनि मृत्युपुर्व हुने नानाथरीको रोग र अशक्तता देखि डराउने हो ।