काठमाडौं – पेट खाली भयो भने हामीलाई भोक लाग्छ भन्ने अधिकांशलाई विश्वास छ तर यो सत्य होइन । खाली पेट र भोक लाग्नुसँग वास्तवमा कुनै सम्बन्ध छैन । उदाहरणको लागि कुनै बिरामी मान्छे कैयौं दिनसम्म सलाईन पानी मात्र लिएर भोकै हुन्छ तर त्यसलाई खान मन पनि लाग्दैन र भोक पनि लाग्दैन । त्यस्तै भर्खर जन्मेको बच्चा कयौं दिनसम्म खाद्य पदार्थ नखाई रहेको हुन्छ । केवल आमाको दुध खाएर बस्छ तर उसलाई भोक लाग्दैन । भोक लाग्नुमा अर्कै कारण छ । रक्तकणहरूमा खाद्य पदार्थको कमी हुनासाथ स्नायु प्रणालीबाट मस्तिष्कमा खाद्य आपूर्तिको लागि सूचना संवाहन हुन्छ र आपूर्तिको व्यवस्था भैरहेको हुन्छ ।
बिरामी व्यक्तिहरू सुतेको र आरामको अवस्थामा रहने भएकोले रक्त कोषहरूमा सञ्चय भैरहेको शक्ति खर्च धेरै कम हुने भएकोले मस्तिष्कमा खाद्य अभावको लागि सूचना संवाहन हुँदैन कयौं दिनसम्म उसलाई भोक पनि लाग्दैन ।
रक्त कोषमा खाद्यको कमी हुनासाथ मस्तिष्कको भोक नियन्त्रण केन्द्रमा सूचना प्रवाह हुनजान्छ । यो केन्द्रले सिधै पेट र आन्द्रामा हुने कुनै पनि पाचन सम्बन्धी क्रियाकलापलाई नियन्त्रण गर्दछ । रगतमा प्रशस्त मात्रामा खाद्य भएमा यो नियन्त्रण केन्द्रले पेट र आन्द्राको पाचन क्रियाकलापलाई ठप्प गराउँछ भने रगतले खानाको अभाव हुन गएमा पेट र आन्द्राको गतिविधिलाई सञ्चालन गराउँदछ । त्यसकारण भोक लागेपछि पेट बटारिन र कराउन थाल्छ । भोक लागेपछि जुनसुकै खाद्य पदार्थ पनि मिठो लाग्छ त्यसैले भन्ने चलन छ, “भोजन भन्दा भोक मिठो, ओछ्यान भन्दा निद्रा मिठो” ।
खानामा हुने मुख्य तत्वहरू, प्रोटिन, कार्बोहाईड्रेट, चिल्लो खनिज, भिटामिन र पानी हुन् । खाद्य पदार्थमा हुने यी सबै तत्वहरूको आ–आफ्नै विशेष भूमिका रहेको हुन्छ । प्रोटिन मुख्यतया नाईट्रोजनयुक्त यौगिक हो । यिनीहरु नयाँ कोषहरूको निर्माण, शरीर वृद्धि, मांसपेशीको पुनः निर्माण, रेशाहरूको निर्माणमा जिम्मेवार रहन्छन् । कार्बोहाईड्रेट र चिल्लोले शरीरको तापक्रम र शक्ति उत्पन्न गर्दछ । खनिजले हड्डी तथा मांसपेशीको कोष रेखाहरूलाई स्वस्थ्य राख्न एवं निर्माणको लागि भूमिका निर्वाह गर्दछ । भिटामिनले शरीरलाई रोग लाग्नबाट बचाउँछ । यो कोषको मुख्य तत्व पनि हो । यसले खाद्य वस्तु र प्राणवायु अक्सिजन शरीरको विभिन्न भागमा पु¥याउन सहयोग पुयाउँछ ।
यी माथि उल्लेखित तत्वहरूमध्ये यदि कुनै पनि तत्व हाम्रो शरीरमा कम भएमा हामी बिरामी पर्दछौं । त्यसकारण रगतमा कुनै पनि खाद्य वस्तुको कमी हुन गयो भने हामीलाई भोक लाग्ने गर्दछ ।
0 comment