काठमाडौं - क्यानेडियन कम्पनी डिलाइटिकाले नेपालमै पहिलो पटक ‘वीग डेटा प्लेटफर्म’ लन्च गरेको छ । ‘डेटानेचर’ नामक नेपालकै पहिलो एआईबाट संचालित वीग डेटा प्लेटफर्म सार्वजनिक गरेको हो ।
यो प्लेटफर्मले व्यवसायहरूले डेटा वेयरहाउस र आर्टिफिसियल इन्टेलिजेन्सबाट (एआई) लाई कसरी लाभ उठाउन र सिर्जना गर्न सक्छन् भन्ने कुरामा परिवर्तन ल्याउने तयारी गरेको छ। यसले उत्पादन वृद्धि, निर्णय लिने क्षमता सुधारर ग्राहकलाई राम्रो सेवा दिन सकिन्छ।
‘नेपालमा हाम्रो लगानी हामीले विश्वव्यापी बजारबाट प्राप्त गरेको अमूल्य सिकाइ र अनुभवहरूबाट संचालित छ’, डिलाइटिका सिईओ आशीष पराजुलीले भने, ‘यस ज्ञानको साथ हामी हाम्रो नवप्रवर्तनलाई उकास्ने र यसलाई विश्वव्यापी स्तरमा लैजाने लक्ष्य राख्छौं, जसले नेपाललाई एआई उत्कृष्टताको केन्द्रको रूपमा उभिन मद्दत गर्दछ ।’
डिलाइटिकाको हेडक्वार्टर क्यानडामा भए पनि अमेरिका र नेपालमा कार्यालय खोलेर कार्य गरिरहेको छ । डेटानेचरको सुरुवात नेपालमा एआई र बिग डाटा क्रान्तिको नेतृत्व गर्न डिलाइटिकाको फराकिलो रणनीतिको एक हिस्सा हो ।



0 comment