काठमाडौं - एप्पलले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृतको रूपमा जोन टर्नसलाई नियुक्त गरेको छ ।
उनले १५ वर्षदेखि कम्पनीको नेतृत्व गर्दै आएका टिम कुकलाई प्रतिस्थापन गर्नेछन्।
टर्नस जो हाल हार्डवेयर इन्जिनियरिङका प्रमुख हुन् र २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । सेप्टेम्बर १ देखि जिम्मेवारी सम्हाल्नेछन्। कुक भने कार्यकारी अध्यक्ष बन्नेछन्।
कुक सन् २०११ देखि एप्पलका प्रमुख कार्यकारी थिए । जब सहसंस्थापक स्टिभ जब्सले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिएका थिए र त्यसको केही समयपछि उनको निधन भयो।
कुकले टर्नससँग संक्रमण प्रक्रियामा सहकार्य गर्नेछन्। त्यसपछि उनले कम्पनीका केही पक्षहरूमा सहयोग गर्नेछन् जसमा विश्वभरका नीति–निर्माताहरूसँग समन्वय पनि समावेश छ भन्ने बताएका छन्।
कुकको पदबाट हट्ने निर्णय केही महिनादेखि एप्पलले उत्तराधिकारी खोजिरहेको भन्ने चर्चापछि आएको हो।
उनले यो पदलाई मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य भन्दै आफ्नो कार्यकालमा कम्पनीलाई विश्वकै सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनाएको उल्लेख गरेका छन्।
सन् २०१८ मा एप्पल $1 ट्रिलियन मूल्याङ्कन पुग्ने पहिलो सार्वजनिक कम्पनी बनेको थियो। अहिले यसको मूल्य $4 ट्रिलियन पुगेको छ।
कुकले टर्नसलाई “दूरदर्शी कार्यकारी” भन्दै “इन्जिनियरको दिमाग, नवप्रवर्तनकर्ताको आत्मा र इमान्दार तथा सम्मानका साथ नेतृत्व गर्ने हृदय भएको व्यक्ति” भनेर वर्णन गरेका छन्।



0 comment