विश्वको इतिहासमा कार्यकारी प्रमुख याने कार्यकारी राष्ट्रपतिमा वा प्रधानमन्त्री हुने महिलाको कुरा उठदा दुइ किसिमका प्रवृत्तिहरु देखिन्छन् । त्यो भनेको उनीहरु आफ्नै क्षमता वा पिता वा लोग्ने वा दाजुको विराशतको आधारमा त्यस्तो पदमा निर्वाचित भएको भन्ने कुरा हो । 

प्रथम महिला कार्यकारी राष्ट्रपतिहरु

विश्वकै पहिलो महिला कार्यकारी राष्ट्रपति बन्नेमा टुभान जनगणतन्त्रकी आन्किमा टोका हुन् । उनी सन् १९४० मानै देशको राष्ट्रपति वनेकि थिइन । विश्वकी दोश्रो महिला राष्ट्रपति हुनेमा अर्जेन्टिनाकी इशावेला पेरोन हुन । उनी सन् १९७३ मा अर्जेन्टिनाकी पहिलो कार्यकारी राष्ट्रपति भएकि थिइन । त्यसैगरी विश्वकी तेश्रो महिला राष्ट्रपति लिदिया गुइलेर तेयादा हुन । यिनी सन १९७९ मा वोलिभियाकी प्रथम महिला राष्ट्रपति वनेकि थिइन ।

विश्वकी चौंथौं महिला राष्ट्रपति आगाथा वार्वारा हुन । यिनी सन् १९८२ मा माल्टाकी राष्ट्रपति वनेकी थिइन । विश्वकी पाचांै महिला राष्ट्रपति कोराजोन अकिनो हुन । उनी  सन् १९८६ मा फिलिपिन्सकी राष्ट्रपति बनेकी थिइन् । विश्वकी छैठौ महिला राष्ट्रपति भियोलेत्ता वारियोस तोरेस दे काम्मोरो हुन । यिनी सन् १९९० मा निकारागुवाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । विश्वकी सातौं महिला राष्ट्रपति मारिया तेरेसा रोविन्सन हुन् । यिनी सन १९९० मा आएरलैण्डकी राष्ट्रपति बनेकी थिइन् । 

विश्वकी आठौं महिला राष्ट्रपति चन्द्रिका कुमारातुन्गा हुन् । यिनी सन १९९४ मा श्रीलंकाकी कार्यकारी राष्ट्रपति वनेकी थिइन । विश्वकी नवौं महिला राष्ट्रपति यानेट रोजेनवर्ग हुन् । यिनी सन् १९९७ मा गुयानाकी प्रथम महिला राष्ट्रपति बनेकी थिइन । 

विश्वकी दशांै महिला राष्ट्रपति मिरेया एलिसा मस्कोसो हुन् । यिनी सन १९९९ मा  पनामाको पहिलो महिला राष्ट्रपति वनेकी थिइन् । विश्वकी एघारौं महिला राष्ट्रपति मेगावती सुकार्नोपुत्री हुन् । यिनी सन् २००१ मा इण्डोनेसियाकी प्रथम महिला राष्ट्रपति बनेकी थिइन । 

एलेन जोन्शन शरलिफ विश्वकी वाह्रौंै महिला राष्ट्रपति हुन् । यिनी सन् २००६ मा अफ्रिकन गणतन्त्र लाइवेरियाकी राष्ट्रपति बनेकि थिइन् ।  विश्वकी तेह्रौ महिला राष्ट्रपति भेरोनिका मिखेले हुन । यिनी सन् २००६ मा चिलीको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् । 

विश्वकी चौधौ महिला राष्ट्रपति डिल्मा भाना रौस्सेफ्फ हुन् । यिनी सन् २०११ मा ब्राजिलकी प्रथम महिला राष्ट्रपति बनेकी थिइन् । 

विश्वकी पन्ध्रौ महिला राष्ट्रपति जोइस वान्डा हुन् । यिनी सन् २०१२ मा मलावीको राष्ट्रपति बनेकी थिइन । विश्वकी सोह्रौ महिला राष्ट्रपति पार्क गेउन हे हुन । यिनी सन् २०१३ मा दक्षिण कोरियाकी राष्ट्रपति बनेकी थिइन् । 

प्रथम महिला कार्यकारी प्रधानमन्त्रीहरु
विश्वकै पहिलो महिला कार्यकारी प्रधानमन्त्री बन्नेमा सिरिमाभो बन्दरनायिका हुन् । यिनी सन् १९६० श्रीलंकाकी प्रथम महिला प्रधानमन्त्री बनिन् । विश्वकी दोश्रो महिला प्रधानमंत्री इन्दिरा गान्धी हुन् । यिनी सन १९६६ मा भारतकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी तेश्रो प्रधानमन्त्री गोल्डा मायेर हुन् यिनी सन् १९६९ मा इज्रायलकी प्रथम महिला प्रधानमन्त्री बनिन् ।  विश्वकी चौथो महिला प्रधानमन्त्री एलिसावेथ डोमिटियन हुन् । यिनी सन् १९७५ मा केन्द्रिय अफ्रिकन गणतन्त्रकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी पाचौ महिला प्रधानमन्त्री मारिया दे लुर्देश पिन्ताशिल्गो हुन् । यनी सन् १९७९ मा पोर्चुगलको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी छैठौ महिला प्रधानमंत्री मार्गारेट थेचर हुन् । यिनी सन् १९७९ बेलायतकी प्रधानम«त्री बनेकी थिइन । विश्वकी सातौं  महिला प्रधानमंत्री मारिया यूजेनिया चार्लेस हुन् । यिनी सन् १९८० मा क्यारेवियन राष्ट्र डोमिनिकाको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन । 

विश्वकी आठौंं महिला प्रधानमन्त्री ग्रो हारलेम ब्रुन्डट्लाण्ड हुन् । यिनी सन् १९८१ मा नर्वेकी प्रथम महिला प्रधानमन्त्री वनेकी थिइन् । विश्वकी नवौं महिला प्रधानमन्त्री वेनजिर भुट्टो हुन् । यिनी सन् १९८८ मा पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । विश्वकी दशौं महिला प्रधानमन्त्री काजिमिरा डानुटे प्रुंन्सकिएने हुन् । यिनी सन् १९९० मा लिथुआनिया स्वतन्त्र भएपश्चात् देशकै पहिलो प्रधानमंत्री वनेकी थिइन् । 

विश्वकी एघारौं महिला प्रधानमन्त्री वेगम खालिदा जिया हुन् । यिनी सन १९९१ मा वाग्लादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन । विश्वकी वाह्रौ महिला प्रधानमंत्री कीम काम्पवेल हुन । यिनी सन १९९३ मा क्यानडाकी प्रथम महिला प्रधानमंत्री  भएकी हुन ।  विश्वकी तेह्रौ महिला प्रधानमंत्री शेख हशिना वाजेद हुन । यिनी सन १९९६ मा वाग्लादेशकी दोश्रो महिला प्रधानमन्त्री वनेकी थिइन । 

विश्वकी चौधौं महिला प्रधानमन्त्री जेनिफर मेरी सिप्ले हुन् । यिनी सन १९९७ मा न्यूजिलैण्डकी प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । विश्वकी पन्ध्रौं महिला प्रधानमन्त्री आन्नेली याट्टिनमेकी हुन् । यिनी सन २००३ मा फिनलैण्डकी प्रथम महिला प्रधानमन्त्री वनेकी थिइन् । विश्वकी सोह्रौं महिला प्रधानमन्त्री पोर्तिया लुक्रेतिया हुन । यिनी सन २००६ मा जमैकाकी प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी सत्रौं महिला प्रधानमंत्री जिनाइदा ग्रेचेआनी हुन् । यिनी सन् २००९ मा मोल्दोभाकी प्रथम प्रधानमन्त्री बनेकी थिइन् । विश्वकी अठारौं महिला प्रधानमन्त्री योहान्ना सिगुरोआरडोटिर हुन् । यिनी सन् २००९ मा आइसलैण्डको प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी उन्नाइसौं महिला प्रधानमन्त्री याड्रान्का कोसोर हुन् । यिनी सन् २००९ का क्रोसयाकी प्रथम महिला प्रधानमन्त्री वनेकी थिइन् । विश्वकी विसौं महिला प्रधानमन्त्री इभेटा राडिकोभा हुन । यिनी सन २०१० मा स्लोभाकियाकी प्रथम प्रधानमंत्री बनेकी थिइन् । 

विश्वकी एक्काइसौं महिला प्रधानमन्त्री यिंग्लुक सिनावात्रा हुन् । यिनी सन २०११ मा थाइलेण्डकी प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । विश्वकी वाइसौं महिला प्रधानमन्त्री हेल्ले थोर्निंग स्मिड्ट हुन् । यिनी सन् २०११ मा डेनमार्ककी प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी तेइसौं महिला प्रधानमन्त्री सिवेल साइवर हुन । यिनी सन २०१३ मा टर्किस साइप्रसको प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन । विश्वकी चौविसौं महिला प्रधानमन्त्री एलेन्का ब्रातुसेक हुन । यिनी सन २०१४ का स्लोभेनियाकी प्रथम प्रधानमन्त्री बनेकी थिइन् । 

विश्वकी पच्चिसौं महिला प्रधानमन्त्री लाइमडोटा स्ट्राउजुमा हुन् । यिनी सन २०१४ मा लाट्भीयाकी प्रथम प्रधानमन्त्री बनेकी थिइन् । विश्वकी छब्बिसौं महिला प्रधानमन्त्री जोर्जिया मेलोनी हुन । यिनी सन २०२२ मा इटलीकी प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् । 

यसरी हेर्दा विश्वका पन्ध्र जना महिलाले प्रथम महिला कार्यकारी राष्ट्रपतीको रुपमा र छब्बिस महिलाले प्रथम कार्यकारी प्रधानमन्त्रीको रुपमा आआफ््ना देशको शासन संचालन गरिसकेका रहेछन । 

यस मध्ये श्रीमान् वा पिता वा माता राष्ट्रपति भएकै आधारमा विराशतको आधारमा आफनो देशको प्रथम कार्यकारी राष्ट्रपति वन्न सफल भएकाहरुमा १) अर्जेन्टिनाकी इशावेला पेरोन, २) फिलिपिन्सकी कोराजोन अकिनो, ३) श्रीलंकाकी चन्द्रिका कुमारातुंगा, ४) इण्डोनेसियाकी मेगावती सुकार्नोपुत्री, र ५) दक्षिण कोरियाकी पार्क गेउन हे रहेछन ।

यसैगरी आफनै श्रीमान् वा पिता वा माता वा दाजु कार्यकारी प्रधानमंत्री भएकै आधारमा आफ्नो देशको प्रथम महिला कार्यकारी प्रधानमन्त्री बन्न सफल भएकाहरुमा १) भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी, २) पाकिस्तानकी बेनजीर भुट्टो, ३) वाग्लादेशकी वेगम खालिदा जिया र ४) शेख हसिना वाजेद र ५) थाइलैण्डकी यिंग्लुक सिनावात्रा रहेछन् । 

विश्व हाकेका ४१ जना आफना देशका प्रथम राष्ट्रपति वा प्रधानमन्त्री मध्ये जम्मा १० जना मात्रै विराशतको आधारमा लाभको पद धारण गर्न भ्याएका रहेछन् । बाँकी ३१ जना आआफ्ना क्षमता प्रदर्शन गरी आआफ्ना देशका कार्यकारी प्रमुख भएका रहेछन् ।  

विराशतको आधारमा कार्यकारी प्रमुख भएकामा दक्षिण एसियाबाट ५ जना दक्षिणपूर्वी एसियावाट ४ जना र दक्षिण अमेरिकाबाट १ जना रहेछन् । यसरी हेर्दा विराशतको आधारमा कार्यकारी प्रमुखको पद ओगटने परंपरागत रोग ९० प्रतिशत भन्दा माथि दक्षिण र दक्षिण पूर्वि एसियामा मात्रै रहेछ । 

सन्दर्भ नेपालको 
नेपालमा कार्यकारी प्रमुखको पदमा हालसम्म कुनै महिला पुग्न सकेका छैनन् । यद्यपि विराशतको रोगले नेपाललाई पनि राम्रै च्याप्ने देखिन्छ । प्रधानमन्त्री गिरिजाकी छोरी सुजाता, प्रधानमन्त्री शेर वहादुरकी पत्नी आरजुहरु उपप्रधानमन्त्री भइसकेको अवस्था छ । 

उल्लेख्य सांसदहरुका जोडिहरुका उपस्थिती संसदमा देखिएको अहिलेको जुन अवस्था छ त्यसले के प्रमाणित गर्छ भने विराशतको रोगबाट नेपालको राजनीतिले मुक्त हुन  धेरै गाह्रो पर्ने देखिन्छ । विराशतका आधारमा कार्यकारी प्रमुख भएकाहरु यदाकदा भ्रष्टाचारमा पनि परेको देखिन्छ । यस प्रवृत्तिलाई जरै देखी उखेलेर फाल्नु वर्तमानको आवश्यकता हो ।