काठमाडौं ।
अनलाइन सुरक्षाका विषयमा सम्बेदनसिल हुँदै बालबालिकालाई अनलाइनको दुरुपयोगबाट जोगाउने व्यवहारिक उपायस्वरुप चन्द्रागिरि नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बालबालिकालाई अनलाइन सुरक्षा सम्बन्धीको व्यवहारिक ज्ञानका बारेमा फ्लास मुभ क्याम्पीयन सञ्चालन भएको हो । बालश्रम र अनलाइन सुरक्षाका विषयमा सिकाइको फरक तरिकाबाट तीन दिन सम्म चलेको फ्लास मुभ अभियानबाट अनलाइनमार्फत हुने ठगी दुव्र्यवहार सामाजिक सञ्जालको माध्यम प्रयोग गरी बालबालिकालाई गलत गतिविधिमा प्रयोग कसरी रोक्न सकिन्छ ? भन्ने बारे सचेतना जगाउने कार्य भएको हो । बालबालिकालाई सचेतना बालबालिकाले नै गर्छन भन्ने कुरालाई मध्यनजर गर्दै काठमाडौं क्लव अफ रुपान्तरणका बालबालिकाहरुको समुहले यो अभियानको संयोजन गरेको थियो । बाल विकास र वल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा विद्यालयहरुसँग समन्वय गर्दै चलेको फ्लास मुभ अभियानले बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउनु पर्ने सन्देश यस अभियानले दिएको चन्द्रागिरिको मंगल माविका प्रधानाध्यापक कृष्णहरि कार्कीले बताउनु भयो ।
सामाजिक सञ्जालको दुरुपयोगमा फसेर अभिभावकबाट नै टाढा हुँदै गएका समग्र बालबालिकालाई यो फ्लास मुभ अभियानले राम्रो शिक्षा दिएको र यस किसिमका सचेतनामुलक अभियानहरु सिंगो नगरपालिकाका सबै विद्यालयहरुमा आवश्यक भएको प्रधानाध्यापकको भनाई थियो । फ्लास मुभ अभियानमा संलग्न हुनुभएकी वडा नं १४ वडा सदस्य चम्पा रोक्काले चन्द्रागिरि नगरपालिका वडा नं. १४ छिट्टै बालमैत्री वडा घोषणा हुने तरखरमा रहेको हुँदा यस किसिमका अभियानहरुले बालमैत्री वडा बनाउन निकै ठूलो सहयोग पुग्ने कुरा बताउनु भयो । हामीले कक्षामा अध्ययन गरेभन्दा निकै रमाइलो गरी विभिन्न अभिनय गितको माध्यमबाट अनलाइन वा विभिन्न सामाजिक सञ्जालको दुरुपयोगबाट आफू पनि जोगिने र आफ्ना साथीहरुलाई पनि जोगाउने उपायको ज्ञान यस फ्लास मुभ अभियानले दिएको हुनाले हरेक स्कुलमा समुदायमा यो अभियान देखाउन आवश्यक भएको फ्लास मुभ हेरेका बालबालिकाहरुले बताए ।
फ्लास मुभ अभियान हामीले एउटा नमुनाको रुपमा चलाएको हो यो अभियान सिंगो नगरपालिकाले चलाउने वातावरण बनोस र सबै बालबालिका अनलाइन प्रयोगबाट सुरक्षित होउन भन्ने ध्यय हाम्रो रहेकोले बाल विकास समाज सधै नगरपालिकाको साथमा रहेको कुरा समाजका परियोजना अधिकृत विनोद देबकोटाले बताउनु भयो ।
बालबालिकाहरु विभिन्न सामाजिक सञ्जालमार्फत हुने दुव्र्यहारमा फसिरहेको विभिन्न घटनाक्रमले पुष्टि गरिरहेको सन्दर्भमा यो अभियान नमुना बन्न सक्ने देखिन्छ । विशेषगरी फेसबुक भाइवर टिकटक ह्वाट्सप इष्टाग्राम लगायतका माध्यमको दुरुपयोग गरी बालबालिकामाथी विभिन्न जोखिमहरु निम्तीरहेको नेपाल प्रहरीको अध्ययनले नै बताउछ । सामाजिक सञ्जालको दुरुपयोगको सिकार भएका बालबालिकाहरुले विद्यालय छोडने कुलतमा फस्ने सानै उमेरमा भागेर विवाह गर्ने लगायतका समस्याबाट बालबालिकाहरु पीडित भइरहेका कुरा त समाजमा छरपष्ट नै छ । आफ्ना बालबालिकाहरु किन सामाजिक सञ्जालको दुरुपयोगको सिकार भइरहेका छन भन्ने कुरमा अभिभावकको ध्यान पुग्न निकै जरुरी देखिन्छ ।
0 comment