काठमाडौं - पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र मिशेल ओबामाले डेमोक्रेटिक नेसनल कन्भेन्सनको दोस्रो दिन राती कमला ह्यारिसको समर्थन गरेका छन्।
मतदाताले खचाखच भरिएको सिकागोको एरिनामा बोल्दै उनीहरु दुवैजनाले "नयाँ अध्याय" लाई समर्थन गर्न आग्रह गरेका हुन् ।
भाषणको क्रममा उनिहरुले सबै डेमोक्र्याटहरूलाई बाहिर निस्कन र मतदान गर्न आह्वान समेत गरेका छन् ।
आगामि नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुदैछ ।
पोलले राष्ट्रिय रूपमा डोनाल्ड ट्रम्प भन्दा ह्यारिस अलिकति अगाडि रहेको देखाएको छ ।
0 comment