काठमाडौं - थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार थाइल्याण्डको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन्। 

सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उनका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो । 

राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछिन् । 

अल जजिराका अनुुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो । 

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएक िहुन् । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी समेत हुन्। आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनि परिवारको तेस्रो सदस्य बनेकी छन् । 

संसद्ले ३७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ । एजेन्सी