काठमाडौं - भारतले आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्षको अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरेको छ ।
राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट आज ७८ औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लालकिल्लामा मनाइने कार्यक्रममा ५ हजार बढि विशेष अतिथिलाई निमन्त्रणा गरिएको जनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले काठमाडौँमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।
0 comment