काठमाडौं - थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदमुक्त गर्न आदेश दिएको छ। प्रधानमन्त्री थाभिसिनले पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोगमा फैसला दिँदै अदालतले उहाँलाई जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो ।
पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिललाई मन्त्रीमा नियुक्त गरेका कारण प्रधानमन्त्री श्रेथामाथि नैतिकताको नियम उल्लङ्घन गरेको अभियोग लागेको थियो । मन्त्री नियुक्त गरिएका कानून व्यवसायीलाई सन् २००८ मा भ्रष्टाचारसम्बन्धी कसुरमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।
फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा बर्खास्त हुनुभयो ।
थाइल्याण्डको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी उक्त पार्टीका पूर्वनेतालाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि अदालतले प्रधानमन्त्रीको मुद्दामा फैसला दिएको हो ।
अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाभिसिनले अदालतको फैसलाको सम्मान गर्ने बताउनुभएको छ । ।
0 comment