काठमाडौं - बंगलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको छ।
देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको बताइएको छ। आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए।
कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए। शेख हसिना अपदस्थ भएको केही दिनपछि कैदीहरुले कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताए। 'कैदीहरूको अराजक गतिविले हामी गोली चलाउन बाध्य भएका हौं,' उनले भने।
त्यस्तै उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरू भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए। कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको उनले बताए। झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उनले बताए।
हसिना सरकारविरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बंगलादेशमा कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन्।
0 comment