काठमाडौं - भारतको दक्षिणी राज्य केरलामा भारी वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको छ । दर्जनौं फसेको आशंका गरिएको छ ।
मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो ।
उद्धार कार्य जारी छ । तर भारी वर्षा भईरहेको र पुल भत्किएका कारण उद्धार कार्यमा अवरोध भएको समचार छ ।
कम्तिमा ७० जना घाइतेहरूको उपचार भईरहरेको स्थानीय अस्पतालहरूले जनाएका छन । करीब २ सय ५० जनालाई उद्धार गरिएको छ ।
0 comment