EPO याने Extra Parliamentary Oppostion त्यसवेला सक्रिय हुन्छ जव ठूला दलहरु मिलेर सरकार वनाउँछन र संसदमा प्रतिपक्षी निस्तेज हुन पुग्छ । ६० को दशकमा जर्मनीमा जव ठूला दलहरु सोसल डेमोक्राट र क्रिश्चियन डेमोक्राट मिलेर संयुक्त सरकार वनाए, जर्मन संसद बुण्डेस्टागमा प्रतिपक्षि रहेन, जसको फलस्वरुप विश्व इतिहासमा पहिलो पटक EPO को जन्म भयो । जसको नेतृत्व युवाहरुले सडकबाट गरे, सडकैबाट प्रतिपक्षिको भूमिका निर्वाह गरी सरकारका जनविरोधी कार्यको निर्मम विरोध गरे । यसैको कारण जर्मनीमा पछि गएर कहिले पनि ठूला दलहरुको संयुक्त सरकार (Grand Coalition) बनाउने कसरत भएन ।
२०४६ सालमा पंचायत ढलेपछि कांग्रेस र बाम मोर्चाको अन्तरिम सरकार वनेको थियो । यो आन्दोलनबाट वनेको ठूला दलहरुको संयुक्त सरकार थियो, निर्वाचित सरकार थिएन । अहिले आएर कांग्रेस र एमाले बनेर जुन संयुक्त सरकार बनेको छ यसले अव नेपालमा पनि ससक्त EPO बन्ने बाटो खुला भएको छ ।
ट्रान्सपेरेन्सी इन्टरनेशनलले नेपाललाई आम भ्रष्टाचार हुने विश्वका राष्ट्रमा सूचिकृत गरेको छ । के नेपालमा बनेको अहिलेको Grand Coalition भ्रष्टाचार माथि निर्मम प्रहार गर्न हो की अझ त्यसलाई मलजल गर्न हो ? प्रश्न यहाँ निर छ । नेपालमा वहुदलीय प्रजातन्त्रको उदय सँगसँगै भ्रष्टाचारलाई संस्थागत गर्ने प्रकृयाको पनि प्रारम्भ भयो । २०४७ पछि बनेका प्रधानमन्त्री र मन्त्रीहरुले कमाएको संपत्तीको श्रोत मात्रै खोज्ने हो भने सोझै झण्डै सबैजसोलाई कारवाही गरी यिनीहरुको संपत्ती राष्ट्रियकरण गर्दा हुन्छ । केन्द्रीय तहमा सिमित रहेको आम भ्रष्टाचार २०६३ पश्चात् नेपालमा आएको संघीयतासगै वडा सदस्यको तह सम्मै पुगेको छ । सबै दलमा रहेका राष्ट्रवादी, नैतिक,पारदर्शी, सादगी र क्षमतावान नेता कार्यकत्र्ताहरु पाखा लागेका छन भने भ्रष्टहरुको रजगज सबै दलमा उत्तिकै छ । सरकार फेरवदल हुनु भनेको यहाँ एक भ्रष्ट समूह गई अर्को त्यतिकै भ्रष्ट समुह सरकार संचालनमा आउनु हो भन्दा हुन्छ ।
गिरिजा र सुजाताले शुरु गरेको धमिजा काण्डरुपी भ्रष्टाचारको जालो केपी ओली चौथो पटक प्रधानमन्त्री बनुनञ्जेल सम्म आइपुग्दा वेस्सरी झाँगिएको छ । जो सबैभन्दा वढी भ्रष्टाचार गर्न सक्षम भयो उही पटक पटक पालैपालो गरी प्रधानमंत्री बन्न सफल भयो भन्दा फरक पर्दैन । पछिल्ला चरण फाइल खुल्ने अवस्थामा पुगेका भ्रष्टाचार काण्डहरुको सूची हेर्दा र त्यस्ता काण्डसँग जोडिएका खुँखार नायक नायिकाहरुलाई हेर्ने हो भने अझै पनि सत्तामा उनीहरुकै हालीमुहाली रहने निश्चित देखिन्छ । सर्पोको खुट्टा सर्पोले मात्रै देख्छ भनेझै एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउन खोजेको प्रयास फलस्वरुप अहिलेको Grand Coalition बनेको हो भन्दा फरक पर्दैन । यस भनाइको अर्थ यस भन्दा अघिका सरकार चलाउनेहरु चोखो थिए भन्न चाहि कदापि खोजिएको होइन । अहिलेको सरकारका नायक केपी ओली चप्पल पड्काउदै काठमाण्डौ छिरेका हुन । उनको अहिलेको हैसियत सबैले देखेकै कुरा हो । गिरिबन्धमा उनको नाम स्पष्टै जोडिएको छ । ललिता निवाश, बालमन्दिर, जुद्धोदय स्कूल, भुटानी शरणार्थी, सहकारी घोटाला, सुन तस्कर लगायतका अन्य भयानक काण्डका नाइकेहरुले भर्खरै मन्त्रीका सफथ खाएका छन् ।
अमेरिका जस्तो प्रजातन्त्रको उदाहरण वन्ेको देशमा पनि किन वारम्वार राष्ट्रपति माथि सडकमा गोली प्रहार हुन्छ ? किनकी त्यहाँको संसदले पनि प्रतिपक्षको भूमिकालाई ससक्त बनाउन नसकेको कारणले नै होला वा दुइदलमात्रै रहने ब्यवस्थाले होला । भारतमा इन्दिरा र राजिव किन मारिन पर्ने स्थिति आयो ? संसदमा प्रतपक्षीको आवाज सुनिन्थ्यो भने त्यस्तो घटना घटाउन सडक वाध्य हुदैनथ्यो होला ।
नेपालका पछिल्ला चुनावहरुमा स्वतन्त्र ब्यक्तिको चयनहुनुले भ्रष्ट राजनीतिक दल तिनीहरुको नेताहरुको मनमा अवश्यै ढ्याग्रो ठोकेको हुनुपर्छ । यसले निरन्तरता पाउने हो भने आफनो राजनीतिक जीवन धरापमा पर्ने देखेरनै होला सबैदलहरुका भ्रष्टहरु एक हुन पुगेका छन् । यस्तो प्रवृत्तिलाई अव सडकले वाहेक अरु कसैले चुनोति दिन सक्ला भनेर सोच्ने अवस्था छैन भन्ने कुरा उपनिर्वाचनमा पनि भ्रष्टहरुकै दलहरुलाई जनताले रोज्नु पर्ने वाध्यताले स्पष्टै गरेकै छ । यस अर्थमा अव EPA नेपालको राजनीतिक भविष्यको लागि नभै नहुने संयन्त्र वन्नु पर्ने जरुरी छ । युवाहरुले सडक तताउदै भ्रष्टहरुको हेडक्वार्टर ध्वस्त बनाउदै श्री लंकामा जस्तै भ्रष्टहरुलाई छानी छानी कारवाही गर्नु पर्दछ । अहिले वनेको Grand Coalition ले यसको लागि बाटो खुला गरिदिएको छ ।
0 comment