हे, भगवान ! मान्छे के हो ? मान्छेहरुको घातक व्यवहार देख्दा मान्छे भनेको ब्वाँसाको जस्तो कन्याउँदै आन्द्रा चुडाउने प्राणी हो ! खरायोलाई जति पाले पनि उसले मालिक चिन्दैन, मान्छे पनि खरायो भन्दा कृतघ्न प्राणी हो जसलाई जति सेके पनि आफ्नो हुँदैन ! हे, भगवान ! नेपालमा अपराधी, नामर्द, कुलङ्गार मानिसहरु नजन्माई देऊ !
भगवान ! अहिलेका जस्ता हरामी अधिकांश पार्टीहरुको कपुत नेताहरु यो पूण्यभूमि–नेपालमा किन जन्माइदेऊ ! नेपालका नेतृत्व तहमा बसेका मान्छेहरुको कुख्यात, अमानवीय चरित्र देख्दा मन दुःख्छ, यी देख्दा घीन लाग्न थालेको छ । अहिले पूण्यभूमि–नेपाल पथभ्रष्ट नेताहरुको कुकृत्यको कारणले ओरालो लागेको छ । अमेरिका र यूरोपका इसाई राष्ट्रहरुले यो हिन्दु तथा बौद्ध स्थलमा धर्म परिवर्तन गर्न पाउनु पर्छ भनेर धम्काइरहेको छ । चौतर्फी रुपमा विदेशीहरुले यो भूमि माथि आक्रमक हुँदा पनि सत्तासीनहरु चुइक्क गर्दैनन् ।
२०६३ सालपछि पार्टीका यी सबै नेताहरु कुचक्रीको रुपमा चिनिएका छन् । गिरिजाप्रसादलाई गिरिजाबाबु भनिन्थ्यो । तर उनी घृणाका पात्र बन्न पुगे । राष्ट्रलाई डुबाउन खोजेकाले गिरिजालाई धिक्कार्ने को नहोला ? माधव नेपाल पहिला उपप्रधानमन्त्री हुँदा समेत ठीकै थिए तर भारतीयको दबाबमा प्रधानमन्त्री बनेपछि उनी रछयानमा बगे । झलनाथ खनाल गन्हाए । प्रचण्ड छाडा साँडे जस्तो कपुत बने, बाबुराम भट्टराईका ठग र बकम्फूसे बने । कृष्णप्रसाद सिटौला राष्ट्रघाती भएर तल झरे । शेरबहादुर देउपा उल्लु बने । सुवासचन्द्र नेम्वांग र स्व. पद्यमरत्न तुलाधर कुहिएको माछा जस्ता भए । स्व.सुशिल कोइराला लैबरीलै नपुङसक बनेर मरे । रामचन्द्र पौडयाल राजनीतिक पिचासमा परिणत भए । यस्ता अरु ३०÷४० ‘रअ’, ‘सिआए’ र यूरोपका इसाईहरुका नोकर बने । यी कमारा–कमारीहरु जसले पैसाका लागि यो देशको बलत्कार गर्न पुगे ती नेपाली जनताका मन मनमा बापती ठहरेका छन् । छी ! धिक्कार छ– अपराधीहरुलाई ! तर यिनीहरुको अन्त्य पनि अत्यन्त दुःखदायी हुनेछ किनकि देशलाई धोका दिने लुण्डुब, मिर्जाफर, जयचन्दहरु जहिले पनि थुकिन्छन् ।
अफ्रिकामा अमेरिकी र यूरोपका आतताईहरुबाट मानवीय हत्या गरेर आतंक सिर्जना गरायो । अमेरिकामा ५÷१० बर्ष अगाडि जर्जबुस बाबु छोरा दुबैले अफगानिस्तान, इरान, इराक लगायतका अरबीयन् र अफ्रिकी मूलुकमा आतंक सिर्जना गराएर आफ्नो प्रभूत्व जमाउन असंख्यौं नरनारीको हत्या गराइयो । हिटलरलाई यहुदीहरुले साह्रै धोका दिएकाले १० लाख यशुदीलाई एकै चिहान बनाए । सोभियत रुसमा कम्युनिष्ट सत्ताले १० सौ लाख मान्छे मा¥यो । चीनमा कम्यूनिष्टकरण गर्ने नाममा लाखौं चीनिया मारिए । कम्बोडियामा लाखौं मान्छेको एकै चिहान बनाइयो । दोस्रो विश्वयुद्ध पछि साम्यवाद र संसदवादको तानातानमा विश्वभरमा कति मान्छे काटिए, मारिए त्यसको लेखाजोखा लिन सिकदैन ।
आखिरी यो सबै विश्वलाई चिहान बनाउनु थियो र अहिले पनि त्यही क्रम चलेको छ । यसरी मान्छेले मान्छेलाई मारेर पनि कुनै उपलब्धि पाइन्छ भनेर आशा गर्नु यो सबै सैतानी अपराध बाहेक केही होइन । यसरी अरुहरु देशका मान्छेहरु राक्षसको व्यवहार गर्छन् भन्ने सुनिन्थ्यो तर अहिले १२÷१३ बर्षदेखि नेपालमा मान्छेलाई आतंकित बनाएर सत्ता सञ्चालन गर्ने यो सैतानी रोग स्थापित भएको छ । अहिले नेपालमा कम्युनिष्ट नामको इसाईहरुको कमाराको केपी ओलीको सत्ताले नेपालका प्रतिष्ठा र पहिचानहरुमा चौतर्फी आक्रमण गर्न थालेको छ ।
नेपालमा नैं जन्मिएकाका मान्छेहरुको चरित्र देखेर धिक्कार्न मन लाग्छ । मान्छेहरु कोही साधु हुन्छन्, कोही देश छोडेर हिडछन्, कोही विरक्तिएर झुण्डिएर मर्छन्, कोही खोलामा हाम फाल्छन् । एउटा मलामे डण्डीले बिजुलीको तार छुने बित्तिकै मान्छे पुर्लुक्क हुन्छ । मुसा मार्ने दबाई खाएर ओछयानमा सुत्यो भने जतिसुकै अहंकारी भए पनि त्यो मान्छे सुतेको सुत्यै हुन्छ । तैपनि धाक लगाउँन छोडदैन । नेपालमा अहिले नेतृत्व तहमा बसेका मान्छेहरुको हालत त्यस्तै छ ।
नेपालमा जंगबहादुरले (१८५०) पछि कैयौ देशभक्तहरुलाई कत्ल्ययाम् गरेर नेपालीहरुलाई उठ्नैं दिएनन् । तर उनी देशभक्त थिए । विदेशीहरुलाई कुटनीतिक ढंगले हातमा लिएर नेपालको सार्वभौमसत्ता र अस्मिता बचाएका थिए । हिटलर घोर राष्ट्रवादी थिए तर रगतको खोलो बगाएर जर्मनको अधोगति बनाए । हिटलर साच्चैका आँटी मान्छे हुन् । तर हिटलरले आफ्ना बिरोधीहरु र दशौं लाख यहुदीहरु नमारेर उघ्र महत्वाकांक्षी नभएको भए राष्ट्रवादको मामिलामा विश्वमा हिटलर एक नम्वरको महान गनिन्थ्यो । तर उ कलंकित बन्यो र आफै गोली ठोकेर मरे । रुमानीयाका कम्युनिष्ट चचेस्कू कति भ्रष्ट, जनबिरोधी अपराधी रहेछन् भन्ने कुरा अन्त्यमा थाहा भयो ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियन रुस विश्व शक्ति राष्ट्र बन्नपुगे । संसारमा आ–आफ्नो प्रभूत्व जमाउन महाशक्ति राष्ट्रहरु जस्तो पनि अपराध गर्न चुकेनन् । उनीहरुको गुप्तचर संस्थाले संसारलाई दुःख दियो । अमेरिका र यूरोपका डर र पीरले उता अरबीयन् र अफ्रिकी राष्ट्रका शासकहरु निरंकुश बने ।
४२ बर्ष सत्तामा रहेका लिबियाका शासक कर्नेल गदाफीलाई अमेरिका र नाटोले उनलाई अपराधी भन्दै हत्या ग¥यो । वास्तवमा उनी जर्मनका हिटलर,ःइटालीका मोसोलिनी र युगाण्डाका इदी अमीन जस्ता थिएनन् । उनले लिबियाली जनतालाई समृद्ध बनाए । कुनै विदेशीहरुबाट एक पैसा ऋण लिएनन् । मरुभूमिलाई सिचाई गरेर उर्बरा बनाएका थिए । उनी निरंकुश, उदण्ड, सौखिन थिए । तर लिबियाली जनताको लागि उनी प्रिय थिए । उनी अमेरिका र यूरोपीय सम्राज्यवादीहरुसँग कहिले झुकेनन् । तर पनि अमेरिका, नटोको पैसाको बलमा सञ्चार माध्यमले उनलाई बहुला जस्तो बनाएर मारेरै छाड्यो । अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकले जर्ज बुसले गरेको जस्तो तानाशाही प्रवत्ति छोडेन भने अव अमेरिकामा जो सत्तामा आए पनि अमेरिकाको अन्त्य हुनेछ ।
संसारका देशहरु आ–आफ्नै मादल बजाएर हिडेका छन् । अहिले अमेरिका, चीन र उत्तर कोरियाको चर्चा अक्कासिएको छ । हामी देशभक्त नेपालीहरुलाई आफ्रनो देशभित्र देशभित्रैका सैतानहरुको जगजगी भएकाले हामीलाई यो विश्वको पुरानो सार्वभौम राष्ट्र बचाएर विश्वको एक मात्र हिन्दु अधिराज्यको महत्व विश्वब्यापी बनाउनु छ । यो पूण्यभूमि डुबाउन खोज्नेहरुलाई कसरी लखेट्ने हो यसको मात्र चिन्ता आज नेपालीहरुलाई छ । २०७० सालभन्दा अगाडि भारत हाम्रो अनुकुल थिएन । काग्रेस (आई) को सरकार जसरी भएपनि नेपाललाई दुःख दिएर टुक्रयाउन, कब्जा गर्ने षडयन्त्रमा थियो ।
अहिले भारतमा हिन्दुवादी देशभक्त भारतीय जनता पार्टीको सरकार छ । नरेन्द्र मोदीको नेतृत्वमा भारतमा हिन्दुत्व उठाएर भारतीय जनताको हितमा सशक्त बनेर लागेको छ । मोदी सरकारले नेपालको महत्व बुझेर नेपालको स्थायी राष्ट्र प्रमुख, विश्वका हिन्दुहरुको संरक्षकको रुपमा स्थापित राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित हुन सकोस् भन्ने कुराबाट अभिप्रेरित छ । त्यसैले भारत हाम्रो अनुकुल छ र अव देश बचाउने जिम्मेवारी हामी सम्पूर्ण नागरिकको काँधमा आएको छ । विदेशीको दासत्व स्वीकारेपछि लाज–सरम केही नहुँदो रैछ । नेपालमा नेतृत्व तहमा बसेकाहरुले आफूलाई लुगा लाएको जस्तो ठान्छन् तर नाङ्गा छन् । यिनीहरु हुडार र ब्वाँसा हुन् जस्ले अर्काको सिर्जना खाइदिन्छ ।
पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्र र बीपी कोइरालाहरु जस्ताको सिर्जनालाई चुसेर यिनीहरु जनतन्त्र, लोकतन्त्रको कुरा गर्छन् । यिनीहरु यति भ्रष्ट, विदेशीका कमारा बनेका छन् कि जस्को कारणले नेपालको राजनीतिक क्षेत्र र प्रशासकीय व्यवस्थानैं सखाप भइसकेको छ । हामी स्वस्थ्य र ठीक भएर पनि कूँजा छौं । सबैमा–मुखमा राम राम बगलीमा छुरा छ । सम्पूर्ण सरकारी स्रोत र साधनहरु दुरुपयोग गर्ने, आफ्नो निजी काममा प्रयोग गरेर देश र जनताको कुनै काम नगर्ने र कसैको काम गरी हालेमा पनि घुष, कमिसन वीना कुनै काम नगर्ने ।
हे, भगवान ! किन यो पूण्यभूमिमा यस्ता नरपशुहरु जन्मायौ ?
जति चरित्र निर्माणमा हिन्दु शास्त्रको योगदान रहेता पनि बाइबल र कुरानले पनि मान्छेको दूष्टपनलाई पगालेर सिर्जनात्मक बाटो दिलाएन, एउटा पनि योगदान दिन सकेन । मुसलमान जगतमा महिलालाई बुर्का लगाउन लगाएर अत्यन्त शोषण गरेर राखिएको हुन्छ । हालसालै साउदी अरबमा महिलाको सेक्सी आँखा र कपाललाई नियन्त्रण गर्न बुर्का लगाउन माग गरेका छन् । तर यो पनि हद भयो । बिदाको दिन अथवा अलिकति फुर्सद भयो कि तास खेलेर दिन बिताउने, नचाहिने कुरा गर्नै, कसरी अर्कालाई ठगेर खान सकिन्छ त्यो भन्दा अरु चिन्तन नेतृत्व तहमा बसेका यहाँका दलालहरुमा छैन । यहाँका नेता वा प्रशासक वा ब्यापारीहरुलाई अनुकुल प¥यो भने अर्काकी छोरी, बुहारी वा अर्काकी श्रीमतीसँग लस्सिएर समय बिताउनु बाहेक यहाँका राजनीतिक, प्रशासनिक क्षेत्रका मान्छेको केही काम छैन । यस्ता विकृतिको जञ्जालमा समाजलाई फसाउनुुमा नैंं सबै तिरका राजनीतिक मान्छे र कर्मचारीहरुको दिनचर्या बितेको छ । २÷४ जनालाई छोडेर कुनै पनि यस्तो राजनीतिक कार्यकर्ता र कर्मचारी छैन जस्ले अर्काकी छोरी, श्रीमती, बुहारी नबिगारेको होस् ।
आफ्नी श्रीमती होस् कि नहोस् त्यसको कुनै प्रवाह छैन । अनेकौं गोप्य साँठगाँठ र बहाना झिकेर घुष खाएको पैसा र तासको आम्दानीबाट जम्मा भएको पैसाबाट केही प्रतिशत रक्सी र रण्डीेवाजमा खर्च गर्ने प्रवृत्ति यति बढेको छ कि त्यस्को लेखाजोखा गर्न नैं मुस्किल छ । कतिले त र खेलको रुपमा कतिपय स्वास्नी मान्छेहरुलाई राखेको सुनिन्छ । यौन चलखेलको कारणबाट राज्यमा अनेकौं ठूलाठूला निर्णयहरु पनि अन्धधुन्दमा हुने गर्दछन् । पहुँचवाला ठूलाबडाका श्रीमतीहरु भित्रभित्रै नेपाल लगायत संसारमैं अरुहरुसँग मडारिएर यौन लीलामा लागेका हुँदा कतिले त आफ्नो काम यसैबाट पट्टयाउँदा पनि रहेछन् ।
राष्ट्रघाती मान्छेहरुमा कुकुर जतिको पनि चेतना हुँदैन । यौन विकृति र घुषको पराकाष्ठा भएपछि विश्वास घातले विकराल रुप लिदोरहेछ । मान्छेले आफ्नी आमा, दिदी, बहिनी, स्वास्नी, बुहारी, छोरी कस्तो चहान्छ त्यही हद यसको सीमा हो । समाजभित्र मानिस बस्न सक्ने परिभाषा नंै यही हो । आफ्नी आमा, दिदी, बहिनी, छोरी, बुहारी र स्वास्नी चाहीं चरित्रवान र राम्रो हुनु पर्ने अनि परको चाहींलाई आफूहरुले यौन विकृतिको माहौलमा फसाएर ठूलो विपत्तिमा पारी दिने । चरित्र भनेको सद्व्यवहार हो । चरित्र नैं नभए पछि त्यस्ताहरुबाट समाजले के आशा राख्न सक्छ ? बुद्ध यौन नियन्त्रणबाट विरक्तिएर हिडे, यौन ठक्करले कालीदास महाकवि बने । दुनियाँको हलचल नैं यौन आकर्षणबाट प्रस्तुत भएको छ । साहित्यमा यसको विवरणको तुष छैन भने खल्लो हुन्छ भनेर मान्छेको गोपनीयता भङ्ग गराइन्छ । यौन सहबासको हद हुनु पर्दछ । तर यौनकै कारणले समाजलाई दुषित गराएको छ ।
अमेरिकी राष्ट्रपति ल्किन्टन अफिस समयमा नैं आफ्रना कर्मचारीका गुप्ताङ्ग खेलाउँदै विदेशी राष्ट्र प्रमुखसँग कुरा गरेको सार्वजनिक भएकै हो । यौन विकृति असामाजिक कुरा हो । यौन असन्तुलन र असीमित चहानाले मान्छेले मान्छेलाई मार्छ । यौन असन्तुष्टी र यौन असमानताको कारणले संसारमा दिनहुँ यौन बहुला लोग्ने मान्छेहरुले हजारौं केटीहरु मार्छन् भनिन्छ । यौन विकृति बढदै गयो भने त्यस्ताहरुले हत्या गरेर सन्तुष्टी लिन्छन् रे । यौन सन्तुष्टी नभएको मान्छे र धेरैसँग यौन संसर्ग गरेका मान्छेहरु यी दुबै असन्तुलित र व्यविचारी फटाहा हुन्छन् । तर मान्छे कुकुर भन्दा यौनमा बढी भयो भने त्यस्तालाई अपराधी सरह मान्नु पर्दछ ।
कुकुरको ता एउटा समय अथवा महिना हुन्छ तर मान्छेको इज्जत कुकुरको भन्दा माथिको छैन । कुकुरले त बरु धोका दिदैन । नेपालमा राणाहरुले यौन प्रवृत्तिलाई काबुमा ल्याएनन्, नैतिकतालाई बचाएनन् । यसले नै उनीहरुको सर्वश्व ग¥यो । प्रताप मल्ल त्यस्तै बलत्कारी थिए जस्ले जत्तिसुकै प्रायश्चित गरेता पनि सफाई पाउन सकेनन् । जुद्धशम्सेर लगायत धेरै राणाहरु र २००७ सालपछिका कैयौं प्रजातन्बवादीहरु यौन बिकृतिबाट पीडित थिए । पञ्चायतकालमा पनि यौन बिकृति नियन्त्रण भएन । २०६३ साल पछि त झन भोगतन्त्रमा परिणत भएको छ ।
हो, संसारमा यौंन काण्डहरुबाट ठूलाठूला परिवर्तन भएका छन् । यौन भनेको प्राणीहरुको लागि भावनात्मक मनोदशा हो भन्दैमा यसलाई बिकृतिमा परिणत गराएर संसार नैं एड्स्करण हुँदोछ । । यसरी नाङ्गो यौन स्वतन्त्रता कायम रहि रहने हो भने यो धर्तीमा सैतानरुपी पशुहरुको राज हुनेछ । सेक्सलाई प्राणीहरुले जसरी चहान्छन्, त्यसरी नै दुरुपयोग गर्ने होइन । सेक्सलाई छाडा बनाएर पे्रममय जीवनलाई निरस र कृत्रिम बनाउन नखोजेको भए यो संसार कति शान्त र प्रिय हून्थ्यो होला । यौन जीवनको दुरुपयोग भएकाले आजको हाम्रो समाज झन झन पशु भन्दा तल झर्दोछ । मान्छेहरुको घातक व्यवहार देख्दा मान्छे भनेको ब्वाँसाको जस्तो कन्याउँदै आन्द्रा चुडाउने प्राणी हो जस्तो लाग्छ । मान्छे यस्तो पापको लहरो हो कि उसले हेपेको छ भने कुल्चेरै मार्छ ।
मानिसलाई विवेकशील प्राणी भनिन्छ तर यो सत्य हो कि प्राणीहरुमा मान्छे जस्तो विवेक नभएको प्राणी अर्को छैन । लाज घीन छैन भने संसारमा मान्छेले दानवको व्यवहार गर्छ । यो यति निरंकुश छ कि अरुहरुलाई उदार हुन सिकाउछ । अर्काको खाने, आफ्नो अरुलार्इृ नदिने । आफूलाई दुख्ने, अरुहरुलाई नदुख्ने, अरुहरुले उसलाई मायाँ गर्नु पर्ने, उसले अरुलाई चिथोर्ने । बानरले त बरु बच्चा बोकेर हिडछ मान्छेले त अप्ठयारो प¥यो भने बच्चा निचोरेर फाली दिन्छ । मान्छेले मान्छेलाई नाक र कानबाट गोली ठोकेर मार्नु पर्ने यिनै कारण हुन् ।
मानिसको इतिहास नै वर्ग संघर्षको परिणति हो भनेर कालमाकर््सले किटान गरे तर त्यो आर्थिक मामिलासँग मात्र सम्वन्धीत नभएर मानिसको सैतानी प्रवत्तिको वकालत पनि थियो । मानिसलाई स्वन्त्रता भूइँ न भाँडाको हुन्छ । मानिसलाई कुँज्याएर राखियो भने उ लुरुक्क हुन्छ । मान्छेहरु सबै मिलेर मान्छेलाई नियन्त्रण नगर्ने हो भने मान्छे जंगली हात्ती जस्तो उन्मुक्त भएर मान्छेले नैं सबैलाई कुल्चेर मार्छ । त्यसो भएकाले मान्छेहरु सबै मिलेर बस्नलाई ऐन, कानून र संविधानको व्यवस्थालाई कडा रुपमा लागु गरिनु पर्छ । किन कि मान्छेलाई सामाजिक प्राणी भनेता पनि वास्तवमा उ एउटा असामाजिक राक्षस हो– मिचाहा अपराधी ।
हात्ती र बाघका देखिने दाँत हुन्छन् तर मान्छेका दाँत कोखमा हुन्छन्–नदेखिने सर्पको खुट्टा जस्तो । पाप र बेइमानी लुकाउँन स्यालका सिङ हुन्छ, भन्छन् तर मान्छेका सिङ र दाराहरु नदेखिएता पनि यसका दरा र सिङ यस्ता बिषालु हुन्छ कि यसले टोकेपछि कुनै दबाई–मुलोले पनि काम गर्दैन । कहिले एक थोपा पानी खान नपाएर मान्छे मर्छ– तिर्खाले, कहिले पानी नैं पानी पेटमा भरिएर मर्छ– यो । मान्छेले बुद्धको जस्तो सोचाई गर्दैन । खरायोलाई जति पाले पनि उसले मालिक चिन्दैन । मान्छे पनि खरायो भन्दा कृतघ्न प्राणी हो जसलाई जति सेके पनि आफ्नो हुँदैन ।
मान्छेले मान्छेलाई गर्ने मायाँ त एउटा ढोंग मात्र हो । मान्छे असत्य र झुठ कुरामा टेक लिएर मर्न सक्छ । आफूलाई प्रकृतिको राजा ठान्छ तर अप्ठयारो प¥यो भने मान्छे स्याल भन्दा डरछेरुवा हो । कस्तो ढोँगी मान्छे ? संसारमा नैं मान्छेले मान्छेलाई मद्दत गर्छ भन्नु व्यर्थ कुरा हो । कही मद्दत गरिहाल्यो भने पनि आफ्नो स्वार्थ नहेरी कसैको काम गर्दैन । हे, भगवान ! नेपालमा अपराधी, नामर्द, कुलङ्गार मानिसहरु नजन्माई देऊ!
3 comments
साधना श्रेष्ठ आईतवार, २३ असार, २०८१
तपाईंको लेख राम्रो लाग्यो । फेरी फेरी यस्तै लेख पढ्न पाईयोस् ।
नेत्र केसी आईतवार, २३ असार, २०८१
हे जनता अब त जाग ! जन्मिसकेकाहरुलाई ठाउँमा पुग्न नदेउ ।
सुरज ठकुरी आईतवार, २३ असार, २०८१
आधा भन्दा बढी जनता झोले छन् । सतीले सरापेको देशमा केहि हुँदैन ।