चिनिया यात्री हुयाङसाङले नेपालको भ्रमण गरेर १४ सय बर्ष अगाडि आफ्नो यात्रा वृतान्तमा लेखेका थिए–“नेपालका मान्छेहरु झुठो र अविश्वसनीय व्यवहार गर्दछन् । यो व्यवहार कठोर र खतरनाक हुन्छ । यहाँका मान्छेहरुको सत्यनिष्ठा र सद्भावना छँदैछैन ।” यसरी चिनिया यात्रीले लेखेका कुराहरुको अध्ययन गर्दा अहिलेसम्म हामी नेपालीहरुको व्यवहारमा कुनै अन्तर आएको देखिदैन । मौकाले केही सपुतहरुले हिमवतखण्ड नेपालको महत्व बुझेर यसको एकीकरण गर्ने र संरक्षण गर्न दिलोज्यान् दिएर विश्वको एक मात्र हिन्दु अधिराज्यको रुपमा नेपाललाई स्थापित गर्न सकेका थिए । हिमवत खण्ड( विश्वको सभ्यताको मूल हो जहाँ ऋषिमुनीहरुको ज्नम भयो, वेद, पुराणहरुको रचना भयो, नीतिशास्त्र र मान सभ्यताका मार्गदर्शनहरु स्थापित हुन सकेको यो देवभूमि हो । हिमवतखण्डको यो स्वर्णभूमि नेपाल जस्तो सुन्दर र शान्त एउटा सानो देशलाई सही प्रकारले हिडाउँन हामी नेपालीहरुलाई कुनै पनि शक्तिले छेकेको थिएन । तर २०६३ सालपछि विदेशीहरुको भनाईमा लागेर नेपालका पार्टीका नेताहरुले नेपाल अधिराज्यको संवेदनशीलता बुझ्न नसकेर अनर्थका धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता जस्ता नेपाल टुक्रयाउने रोग लाध्न खोजेका बेलादेखि नेपाल पहिचानविहीन मुलुक जस्तो बनेको छ ।

नेपालको अस्तित्व कायम भइरहोस्” भन्ने चाहनेहरुले नेपालको राष्ट्रियतालाई कसरी अटल राख्न सकिन्छ भन्ने तथ्य कुरा नबुझी अरुहरु देशको उदाहरण पेश गरेर नेपाललाई दाँज्न सकिदैन । नेपालको राष्ट्रियता भनेको राजा र नेपाली जनताको समष्टिगत एकताको प्रतिफल हो । राजाले जनतालाई र जनताले राजालाई पृथक पृथकरुपमा सोच्न र व्यवहार गर्न थालियो भने नेपालमा खतरा आयो भनेर जाने हुन्छ । त्यसैले नेपालमा राजा र जनता दुबैले आ–आफ्नो हैसियत र लक्ष्मण रेखालाई नागेर हिडनु सकिदैन । तर २०६३ सालको जनआन्दोलनमा राजासँग संझौता भएर जनआन्दोलन बिसर्जन भएपछि राजालाई धोका दिएर आँखा छलेर राजालाई जनताको सम्पर्कबाट बिच्छेद् गराएर दलका नेताहरुले एकलौटी आफ्नो स्वार्थ पूर्ति गर्ने कार्यहरु गर्न थालिएको कुरा यो बितेको १३ बषमा देशको कस्तो अवस्था छ भन्ने कुरा चोतर्फी रुपमा छर्लङ्ग भइसकेको छ ।

विश्वका देशहरुमा प्रजातन्त्र, लोकतन्त्र,जनतन्त्र र गणतन्त्र शासन व्यवस्थाका माध्यम बनेका छन् । चीनमा जनतन्त्र छ, भारतमा लोकतन्त्र छ, अमेरिका, फ्रान्समा गणतन्त्र छ भने बेलायत, जापान, थाइल्याण्ड आदि राजतन्त्र भएको मुलुकहरुमा प्रजातन्त्र छ । नेपालमा राजतन्त्र रहेको अवस्थामा राजाले राष्ट्रियता र प्रजातन्त्रलाई संघसँगै परिचालन गर्न खोजेका थिए । प्रधानमंत्री नै शासनको प्रमुख भएको मुलुकमा लोकतन्त्र, राष्ट्रपति प्रमुख भएको मुलुकमा गणतन्त्र र जनतन्त्र साम्यवादीहरुको शासन प्रणाली भएको मुलुकमा देखिन्छ । अंगे्रजीबाट नेपालीमा अनुवाद गर्दा त सबैको अर्थ प्रजातन्त्र नैं हो । तर सामान्य अर्थमा राजा भएका मलुकको शासन प्रणलीलाई प्रजातन्त्र भनिन्छ । राजा भएको मुलुकका जनतालाई प्रजा भनिन्छ । राजा र प्रजाको संयुक्त शासन प्रणालीलाईनैं प्रजातन्त्र भनिएको हो । वैदिक शासन प्रणलीदेखिनैं प्रजा भनेको परिस्कृत नागरिकको हैसियत मानिएको छ । “प्रजा मोटा भया दरबार बलियो हुन्छ, राजाले ठूलो निञा–निसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनु ” भनेर पृथ्वीनारायण शाहले भनेको कुरानै शाहवंशका राजाहरुको मार्गदर्शन पनि यही थियो ।

यसै हिसाबले राजा ज्ञानेन्द्रबाट पनि संवैधानिकरुपमा रचनात्मक राजाको भूमिका अधय गर्न खोजिएको थियो । तर वहुमतमा रहेको नेपाली कांग्रेसका प्रधानमंत्रीले संविधान अनुसार राजालाई शासनभार बुझाए । तर भरखरै राजसिंहासनमा बसेका राजा ज्ञानेन्द्रलाई राजनीतिक दलका नेताहरुले प्रधानमंत्री खान हरेक किसिमबाट राजालाइृ दवाव दिन थाले । नेपालमा राजाहरुले जनप्रतिनिधिको सल्लाह र सहयोगबीना एक्लै हिडने कार्य गरेको छैन । तर पद नपाएपछि नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद र एमालेका माधव नेपालहरुी वदेशीहरुको शरणमा पुगेर राजाका रिसले नेपालको अस्तित्व नैं समाप्त गर्ने अपराधमा लागे । २०६३ सालपछि राजासँग संझौता गरेर पछि धोका दिएर धर्मनिरपेक्ष, गणतन्त्रको बाटोमा लागे । राज्य व्यवस्थामा सहमति र संझौतालाई धोका दिइयो भने देशलाई कसरी हिडाउन सकिन्छ भन्ने कुरा नेपाली कांग्रेस, एमाले र भारतमा तालीम लिएर नेपालको बिरुद्ध जनआन्दोलनमा सरिक भएका माओवादीहरुले बुझ्न नैं नचाहेर राष्टलाई नैं गुम्राहमा राख्न काम गरे । यसरी बितेका १३ बर्षदेखि राजा चुप रहेर टुलुटुलु हेरेर निस्कृय बसिरहेको बेलामा पनि देश झन झन ओरालो लागेको छ । नेपालको सार्वभौंम स्वतन्त्रताको मेरुदण्डको रुपमा राजा र जनता दुबैलाई मानिन्छ । विश्वका निरंकुश राजाहरुसँग दाँजेर यहाँको राजसंस्थाको तुलना गर्न खोज्नु मिल्ने कुरा होइन । नेपालको राजसंस्था र जनताका प्रतिनिधिहरुबीचमा तादात्म्यता नरहेमा राष्टको मेओको रुपमा स्थापित राजसंस्थाको अभावमा नेपाल विखण्डन हुनसक्छ भन्ने कुरा अव त सबैको जानकारीमा आएकै हुनुपर्छ।

विश्वको एकमात्र हिन्दुअधिराज्यको रुपमा कहलिएको नेपालले विश्वमा नैं आफ्नो पहिचान दिएर उभिएका राष्ट हो । नेपालको राष्ट्रिय झण्डा, हिन्दु अधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वका धर्महरुमा हिन्दु धर्म अत्यन्त उदार धर्मको रुपमा मानिन्छ । जर्मनका विद्वान भोल्टेयरले भनेका थिए–‘हिन्दुशास्त्र पश्चिमी जगतको लागि पूर्वीय जगतको सबैभन्दा उपहार हो ।’ वेलायतका विद्वान जर्ज वर्नाड साले भनेका थिए– ‘हिन्दुधर्म संसारको सर्वाधिक र उदार धर्म बन्न गएको छ ।’ कतिपय हिन्दु बिरोधीहरु हिन्दुको नाम कहीं लेखिएको छैन भनेर हिन्दुत्वको अस्तित्व समाप्त गर्न अनेकौं राग अलाप्ने गर्छन् । हिन्दुत्व कति पुरानो रहेछ भन्ने कुराको प्रमाण २५०० बर्ष अगाडि इरानको फारसीपोलिसनगरमा ईशाभन्दा ४८६ बर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दु’ र हिन्दुस दुबै उल्लेख छ भन्ने कुरा ‘इनसाइक्लोपिडिया अफ रिलिजन्स एण्ड एथिक्स’ मा उल्लेख छ । इरान देशको फार्सी साम्प्रदायको प्राचीन ग्रन्थ ‘शातीर’मा ब्यास ऋषिको वाक्यलाई उद्धृत गरेको–“म हिन्दु देशमा जन्मिएको सच्चा हिन्दु हँु” भन्ने कुरा उल्लेख छ । मनुले विध्य र हिमालको वीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई ब्रम्हर्षि देशमा गणना गरेका छन् । इशापूर्व ३०० अगाडि चन्द्रगुप्त मौर्यको शासनकालमा मेगस्थनीज तथा फाइहानले आफ्ना यात्रा वृतान्तमा लेखेका छन्–“हिन्दुरुको लामो ज्यु लामो आयु,निरोगी, नसा नखाने, सरल स्वभाव,प्रतिभाशाली,झुठो नबोल्ने,लेनदेनमा साक्षी नराख्ने,आफ्नो घरमा ताल्चासम्म नलाउने, चोरी भन्ने कहीं सुनेनौं”भन्ने उल्लेख गरेको कुरा भारतको प्राचीन इतिहास र कौटिल्यको अर्थशास्त्रमा पनि पढन पाइन्छ । यसरी विश्वको विकासक्रममा हिन्दु दर्शन अत्यन्त उदार, सरल, सहिष्णु भएकाले विश्वमा व्यापक हुनसकेको हो ।

यस्तो महानतालाई नजानेर वा विदेशीहरुको हस्तक्षेपको कारणले नेपाल अन्योलग्रस्त हुन पुगेको छ । यही अवस्थामा विश्वको एक मात्र हिन्दु अधिराज्यलाई समाप्त गर्न इसाईहरु अथाहा पैसा खर्च गरेर इसार्एकरण गर्न खोज्दैछन्, यही पूण्भूमिमा गाई काट्ने, नेपालको राष्ट्रिय झण्डा डडाउन केही जनजातिका नेता र पार्टीका कपुत नेताहरुले देशलाई अन्धकारमा फसाउने जमर्को गर्दैछन् । अहिले एमाले, माओवादी विगठीत भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । अहिले नेपाल कम्युनिष्ट पार्टी सत्तामा छ । अहिलेको सत्ताको गन्तव्य केहो थाहा छैन । देश र नेपाली जनताले अहिलेको सरकारसँग कुनै देशको लागि राम्रो काम हुनछ भनेर विश्वास राखेका छैनन् । चौतर्फी रुपमा भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचार नियन्त्रण गरिन्छ भनेर सरकार भन्छ तर भ्रष्टहरुलाई कारवाही गर्नको सट्टा पधोन्नति भइरहेको हुन्छ । यो अवस्था छ देशको । यो बेलामा आमूल परिवर्तन गरेर देशलाई विकास दिनसक्नु नैं सत्तासीन लगायत सबैको भलो हुन्छ । चराहरुले त आफ्नो गुँण जोगाउन ज्यानको बाजी लगाउँछन् भने नेपाल भित्रैका नागरिकता प्राप्त पार्टीका नेताहरुहरुले आफ्नो घर भत्काएर विदेशीहरुको रणभूमि बनाएर यो स्वर्णर्णभूमि, देवभूमि समाप्त गर्न खोज्नु ठूलो अपराध हो ।

नेपाललाई हिन्दुअधिराज्य घोषित गर्ने कुरा धर्मको हिसाबले मात्र हेर्ने होइन यो त नेपालको राष्ट्रियताको स्रोतको अभिन्न अङ्ग र प्रमाणपत्रको रुपमा मानिन्छ भने विश्वव्यापीरुपमा कहलिएको नेपालीहरुको इज्जत ठान्नुपर्दछ । धर्मको नाममा क्रिस्चियन् तथा मुस्लिमहरुलाई पेल्ने पक्षमा हिन्दु अधिराज्यको होइन, थिएन, छैन । उनीहरु पनि हिन्दु तथा बौद्धको अस्तित्व मेटाउन नलागेर आफ्नो धर्ममा स्वतन्त्र रहेर बसून् भन्ने हो । धर्ममा हिन्दुवादीहरुको कुनै पूर्वाग्रह हुँदैन । तर धर्मपरिवर्तन गराएर विश्वको हिन्दु अधिराज्यलाई बिटुलो बनाउन खोज्ने क्रिस्चियनहरुप्रति नेपालका हिन्दुहरु आक्रोसित हुन्छन् र क्रिस्चियनहरुको बिरद्ध नेपालीहरु लागेका हुन् । यस्तो परिस्थितिमा २०६३ सालको पुर्नस्थापित प्रतिनिधिसभाले नेपाललाई २०६३ साल जेष्ट ४ गते धर्मनिरपेक्ष राज्य घोषणा गरेर जगन्य अपराध गरे । यसकुराले विश्वभरमा हिन्दुहरु अत्यन्त दुःखीत छन् । धर्मनिरपेक्षताको संवन्धमा जनमतकै कुरा गर्ने हो भने हिन्दु र बौद्ध गरी ९५ प्रतिशत छौं । बौद्ध र किराती धर्मावलम्वीहरुबाट कही कतै मतभेद देखाएता पनि किरातीहरु पनि हिन्दुहरु झैं महादेव र भगवतीको पूजा गर्छन्, टिका लाउँदछन् भने बुद्ध र हिन्दूधर्म एक अर्काका सहयात्री हुन् । संस्कृतिविद् डां जगमान गुरुङ भन्छन्–‘यही काठमाण्डौं ओरिपरि आठवटा शिवलिङ्ग छन् । यी शिवलिङ्गहरुलार्इृ यहाँका बौद्धहरुले अष्ट बैतराग अर्थात रागसहित अष्ट बोधिसत्वका रुपमा मान्छन् ।शैवहरु शिवका रुपमा मान्छन्, बौद्धहरु अष्ट बोधिसत्वका रुपमा अर्चना गर्छन् । चौसठ्ठी शिवलिङ्ग मध्ये दुम्जामा कुशेश्वर महादेव छन्, जुन काडमाण्डौंका बौद्धमार्गी शाक्य–बज्र्राचार्यहरुका कुलदेवता हुन् । हरेकबर्ष कार्तिक शुक्ल अष्टमीको दिनलाई नेवारी भाषामा मुखाअष्टमी भनिन्छ । त्यसदिन भगवान पशुपतिलाई बौद्धाअवतारका रुपमा भगवान बुद्धको पञ्च बुद्ध मुकुट पहि¥याएर पुजागर्ने चलन छ ।’

विश्वको सातौं आश्चर्य मध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मंत्रलाई मङ्गोल सम्राट कुब्ला खाँले चौधौं शताब्धीमा ‘ॐ नमोभगवते ..’ आदि लेखिएको छ, (पुरुषोत्तम धिमिरे) । चीनको ग्रेटवालको ढोकाहरुमा महाभारतका श्लोकहरु ंसंस्कृतभाषामा कलापूर्ण अक्षरमा लेखिएका छन्, (स्वामी प्रपन्नाचार्य) । चीन कम्यूनिष्ट राष्ट्र भएता पनि त्यहाँ अहिले अत्यधीक बुद्धिष्टहरु छन् । भारतमा ८० करोड हिन्दु भएकाले यी दुबै राष्ट्रको वीच नेपाललाई हिन्दु अधिराज्य घोषणा रहिरहँदा नेपाल, चनि, भारत र विश्वका हिन्दुहरुको लागि गौरवको कुरा हो । भारत जस्तो एउटा महान राष्ट्र भारतले नेपाल जस्तो सानो राष्ट्रको सम्मान गर्नु यो त हर नेपाली नागरिकहरुको लागि गर्वको कुरा हो । अतः नेपालको प्रतिष्ठा र स्थायित्वको लागि विश्वको एक मात्र हिन्दु अधिराज्य र शाहबंशीय राजसंस्थालाई सगौरव यथावत अंगिकार गरी राजा ज्ञानेन्द्रसँग सबै पार्टी तथा सम्पवूर्ण विचारमा विभाजित हामी नेपालीहरुले विश्वको यो पुरानो सार्वभौम, स्वर्णभूमि बचाउन यो देशलाई अन्योलग्रस्त अवस्थाबाट बचाउन सशक्त बनौं ।