नेपाल र बर्तमान इन्डियाबीचको सम्पूर्ण सीमा निर्धारण गर्ने मूल आधार बिन्दु भनेकै अंग्रेजसंग बाध्यकारी २ डिसेम्बर १८१५ को सुगौली सन्धि हो । सुगौली सन्धिको धारा ५ अनुसार नेपालका महाराजा वारिसनामा आदिले महाकाली नदी पश्चिमको भूभाग र त्याँहाका जनतासंग सरोकार राख्दैनन् भन्ने छ। त्यसै धारा अनुसार महाकाली नदि पश्चिमका भुमि छोडेको हो । सुगौली सन्धिद्वारा निर्धारित सीमारेखा फेरबदल हुने गरी केहि सन्धि भएता पनि लिपुलेक-लिम्पियाधुरा छाड्ने सन्धि भएका छैन।
सन् १८ ६० मा नेपालले भुमि थप्ने गरि सन्धि भएको छ। त्यसपछि भएका केहि सन्धि अनुसार शारदा–टनकपुर बाँध निर्माणमा केहि भुमि सट्टा–पट्टा भएको देखिन्छ । त्यो बाहेक नेपाल, ब्रिटिश–इण्डिया र अंग्रेजले जन्माएको देश इन्डियाबीच भुमि लिन दिन गर्ने अरु कुनै सन्धिसम्झौता भएका छैनन् । त्यसो हो भने कालापानी लगायत लिम्पियाधुरा सम्मको ३ सय ८५ वर्ग कि.मि. नेपालीभुमि इन्डियाले कब्जामा किन गर्दछ ? अंग्रेज द्वारा इन्डिया जन्माइए पश्चात तुरुन्त इन्डिया भन्ने देश संग भएको महत्वपूर्ण सन्धि भनेकै ३१ जुलाई १९५० को सन्धि हो जसले नेपालको सिमाना टिष्टा कांगडा हुन्छ जुन लागु भएको छैन।
३१ जुलाई १९५०को सन्धि लागु नगर्नमा इन्डिया मात्र होइन इन्डियन उपहारमा प्राप्त २००७ सालको प्रजातन्त्रको पनि हात छ। त्यसै ७ साले प्रजातन्त्रद्वारा उत्पादित नेतृत्व केहि समय बाहेक लागातर शक्तिमा छ । त्यसैले १९५० को सन्धि इन्डियन हितमा रहेका बुँदाहरु लागु छ। नेपालको हितको बुँदा निस्क्रिय बनाइएको छ। यी कुरा आम नेपालीले बुझ्न जरुरि छ।
बिशाल नेपालसंग अंग्रेजले गरेका वा अंग्रेज द्वारा निर्मित इन्डियासँग बर्तमान नेपालले गरेको ऐतिहासिक सिमा सन्धिको आधारमा नेपालको सिमाना टिष्टा – कांगडा हुन् आउछ भने महाकाली पूर्वको सम्पूर्ण भूभाग नेपालको भनि विवाद गर्नु पर्ने कुनै कारण छैन । त्यसमा कुनै संका छैन।
३१ जुलाई १९५०मा नेपाल र इन्डिया बीच शान्ति तथा मैत्री शन्धि हुनु पुर्ब सुगौली सन्धि पश्चात भुमि विवाद हल गर्दै सन् फेब्रवरी ४, १८१७ मा ईष्ट–इण्डिया कम्पनीका कार्यवहाक मुख्य सचिव जे. आदमले नेपालमा आफ्ना आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई एउटा पत्र लेखको छन् । सो पत्र अनुसार “काली नदीको पूर्वमा पर्ने ब्यास प्रगन्ना चौतरिया बम शाहको दाबी अनुसार नेपालको ठहरिन्छ । त्यसैले उक्त भूभाग नेपाल सरकारका अधिकारीलाई बुझाउनु” र तिरोतिरण नेपालले उठाउने छ भनी निर्देशन दिएका छन् । अंग्रेज अधिकारीको उक्त पत्रले सुगौली सन्धि अनुसार महकालीको मुहान लिम्पियाधुरा र काली पूर्वका कुटी, नावी, गुञ्जी, तिङ्कर र छाँगरु गाउँलाई नेपालको भूमि भनेर स्वीकारेको छ।
त्यस्तै ईष्ट–इण्डिया कम्पनीका सचिव जे. आदमले कुमाउँका तत्कालिन कमिसार जी. डब्ल्यू. ट्रेललाई सन् १८१७ मार्च २२ मा पत्र लेख्दै । कालीपूर्व ब्यास प्रगन्ना लगायत र त्यहाँका जमीनदारहरूको निवेदनसँग सम्बन्धित सो पत्रमा कालीपूर्वको ब्यास प्रगन्नासहितको भूभाग सुगोली सन्धिअनुसार नेपालको भएकाले ती गाउँहरू नेपाललाई तुरुन्त सुम्पनु भनेका छन् ।
पत्रमा ब्यास प्रगन्नाका जमीनदारहरूले ब्रिटिश शासनअन्तर्गत रहन पाउँ भनी निवेदन दिए पनि सुगौली सन्धि अनुसार , त्यहाँका गाउँ र जमीन नेपालको भएकाले ब्रिटिश सरकार उक्त स्थानका जमीनदार र बासिन्दालाई आफूमा समाहित गर्न इच्छुक हुँदा पनि सुगौली सन्धिले निर्धारण गरेको सिमाना बमोजिम ब्रिटिससरकारले आफु अन्तर्गत राख्न नसक्ने भन्ने फरमान सुनाएको छ । कम्पनी सरकारको यस्ता पत्रहरूले काली पूर्वका कुटी, नावी, गुञ्जी, छाँगरु, तिङ्कर गाउँहरू नेपाल सिमा भित्र रहेको ले त्याँहा कुनै विवाद छैन। यो त् इन्डियाको दादा गिरीको कारण आफूभन्दा कम्जोर छिमेकीलाई अतिक्रमणको सिकार गर्ने उदेस्या अनुरुप विवाद भएको प्रष्ट नै छ।
अहिले इन्डियाले कब्जा गरेको र विवाद सृजना भएको दार्चुला अन्तर्गतका नेपाली भूभागहरु तत्कालिन समयमा बैतडी जिल्ला अन्तर्गत पर्दथ्यो । तथ्या अनुसार मालपोत कार्यालय, बैतडीमा काली पूर्वका कुटी, नावी, गुञ्जी,छाँगरु, तिङ्कर गाउँका बासिन्दाले वि.सं. १९६२ असार १८ तथा १९९३ चैत २० सम्म तिरो–तिरान गरेका पुराना अभिलेखहरू खोजि गर्दा भेटिने छन् । त्यस्तै विसं. १९९७ मंसिर २७ गते खड्ग निशाना भएको तिरोसम्बन्धित मोठ बैतडी मालमा अझै सुरक्षित छ । सुगौली सन्धिले महाकालीलाई सीमा नदी निर्धारण गरेपछि कालीपूर्वको ब्यास क्षेत्रका यी गाउँहरूबाट वि.सं. १९९७ सम्म पनि नेपालमा तिरो–तिरान हुँदै आएको र नेपाली प्रशासनअन्तर्गत रहेको पुस्टि हुदै गर्दा इन्डिया बाट विवाद गर्नुको कारण भनेको नेपालको सत्तामा इन्डियन एजेन्टहरु मौजुदा रहनु नै हो। यसको सटिक उत्तर खोज्दा प्रजातन्त्रको नाममा भित्रियको हाम्रा नेतृत्व नै हो।
इन्डिया द्वारा कब्जा गरिएको दार्चुला जिल्लाका यी भूभागमा नेपाल सरकारले विसं. २०११ मा जनगणना गरेको थियो । हालको दार्चुला जिल्ला त्यसताका बैतडी जिल्लाअन्तर्गत थियो । बैतडीअन्तर्गतको लिपुलेक लिम्पियाधुरा क्षेत्रमा ब्यासलगायत ६ गाउँहरू थिए । २०११ को जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या ४ शय ३४ थियो भने कुल जनसंख्या १,८१६ देखाएको छ । २०१८ सालमा ब्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर र छाँगरु गाउँहरूको जनगणना वरिष्ठ पत्रकार भैरव रिसालको नेतृत्वमा भएको थियो । उक्त कुरा रिसाल पटक पटक भन्दै आइरहेका छन्। अचम्म लाग्ने कुरा के छ भने यिनै भैरब सिसाल आजकाल यो भुमि पंचायतले छोडेको भन्न समेत भ्याउछन भने नेपाली हरु कति सम्म पैसाका लागि गिर्दा रहेछन भन्ने पुष्टि हुँदै छ।
हुन् त् इन्डियाले आफ्ना छिमेकीहरुको भूभाग सँधै मिच्ने गर्दछ उसले यो काम भुटानमा गरेको छ बंगलादेशमा मिचेको छ श्री लंकाको जल क्षेत्र मिचेकै छ । पाकिस्तान नियन्त्रित कास्मिरमा मिचेको छ। त्यस्तै पहिले इन्डियाले चीनको विभिन्न भूभाग मिच्ने क्रममा सिमानाकै कारण सन् १९६२ मा भारत चित युद्ध भयो। त्यस समय चिन द्वारा लखटिदा इन्डियन फौज नेपाल सरकार संग अनुमति लिएर कालापानीमा आएर बसेको देखिन्छ। त्यो संगै तत्कालिन इन्डियन साशक नेहरुले नेपालका राजा महेन्द्रलाई केहि समय अफ्ट्यारो परेको ले बस्न दिन भनेको र कुरा उल्लेख छ।
अफ्ठ्यारोमा बास दिनेको घर कब्जा गरे जस्तै इन्डियाले नेपाली भूभाग कब्जा गरेको छ । यो भन्दा ठुलो ब्यामानी के हुन् सक्छ ? राजनीतिको नाममा नेपाललाई उठ्न नदिने र
यस्ता विस्तारवादी सोचकै कारण इन्डिया एकादीन समाप्त हुने छ। र त्यो टाढा छैन कुनै समय संसारमा ब्रिटिसको सम्रज्या चल्थ्यो त्यो आज इतिहास भएको छ। कुनै समय रसिया त्यस्तै गर्दथ्यो। त्यो पनि १५ टुक्रामा विभाजित भयो अहिले अमेरिका ले यस्तो झुटको सहारामा अमानविय कार्य गर्दछ त्यसको पनि भबिस्या करिब करिब अन्त्य हुँदै छ। भने इन्डियाले यस्तै विस्तारवादी सोचका कारण निकट भबिस्यमा अंग्रेजले निर्माण गरेको सग्लो इन्डिया कम्तिमा ९ टुक्रा हुने पक्का छ। त्यँहाको भोकमारी र गरिबीलाइ कति दिन झुट्ले छोपेर राख्ने एक दिन पर्दा खुल्छ । त्यसपछि घटीमा ९ टुक्रा हुने निश्चित छ। नेपालको हकमा इन्डिया भन्दा ठुलो समस्या इन्डियन एजेन्टहरु हुन् कांगेस र कम्युनिष्ट पार्टीका नेताको रुपमा एजेन्टहरु क्रियासिल छन्। यी इन्डियन एजेन्टको अन्त्या अबको एजेन्डा हुनु पर्दा छ। इन्डियन एजेन्ट को अन्त्या र सिंगो इन्डियाको विभाजन नै प्रमुख बिषयहरु हुन्। इन्डियाको विभाजन नै सिंगो दक्षिण एसियाको समृद्धिको बाटो खुल्ने छ । इन्डियाको बिभाजनले छिमेकी हरुको मात्र होइन स्वयं इन्डियन जनताहरुको पनि सुखको दिन आउने छ।
श्री पशुपति नाथ संग प्राथना गरौ कि त्यो दिन छिटै आवस।
0 comment