काठमाडौं - मनाङको हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । 

नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा बेपत्ता भएका १० जनामध्ये २ जनाको शव फेला परेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।  २ जनाको शव हेलिकप्टरबाट चामे ल्याइएको छ तर, उनीहरूको पहिचान भने खुल्न सकेको छैन ।

राति अबेर भएकाले  बाँकीको खोजी तथा उद्धार कार्य भोलि हुने सिडिओ खनालले बताए ।  उक्त घटनामा १४ जना सम्पर्कविहीन भएको जनाइएको छ ।
उद्धारका लागि एनएनएमजीएले ८ जनाको खोज तथा उद्धार टोली परिचालन गरेको थियो ।