काठमाडौ:दोस्रो काठमाडौँ –१० वडा अध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगितामा र खोटाङका धिरेन राईले उपाधि जितेका छन् । 
  स्विस लिग प्रणालीमा नौ चरणमा आयोजना भएको सो प्रतियोगितामा धिरेनले ८ दशमलव ५ अङ्क जोडेको थियो । झापाका ज्वाला लिम्बुले ८ अङ्क सहित दोस्रो ,मकवानपुरका क्षितिज भण्डारी ७ दशमलव ५ अङ्क सहित तेस्रो, समान अङ्क भएका भक्तपुरका निकेन कुसाथा चौथो, यसै गरी रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्र प्रसाद श्रेष्ठ छैटौँ भए थिए। 

दुई दिने सो प्रतियोगितामा ७ अङ्क भएका रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाश चन्द्र नेपाल शीर्ष १० स्थानमा पुग्न सफल भएका थिए।
 प्रतियोगितामा २ सय २० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको उपाधि विजेताले २६ हजार २ सय ५० तथा उपबिजेताले २२ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरेको छ  । 

तेस्रो हुनेले १८ हजार तथा चौथो हुनेले ११ हजार २ सय ५० रुपैयाँ पुरस्कार पाए थिए । पाँचौँ देखि १० औ स्थान पाउनेले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताका विजेता खेलाडीलाई आयोजक वडाका अध्यक्ष राम कुमार केसी, सचिव सुबोध खड्का तथा प्रतियोगिता निर्देशक इन्द्र कुमार बस्नेत लगायतले पुरस्कार प्रदान गर्नु भयो। 
सो अवसरमा बोल्दै बस्नेतले प्रतियोगिताले नेपाली बुद्धिचाललाई नयाँ आयाम दिने विश्वास रहेको बताउनु भयो।

 काठमाडौँमा बसोबास गर्दै आएका दोलखाका बस्नेत लामो समय देखि नेपाली चेस खेलको विकासमा सक्रिय छन् । काठमाडौँ महानगरपालिका –१० को आयोजनामा भएको प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको थियो ।