काठमाडौं - परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ। 

गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन्। 

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै उत्तीर्ण भएका हुन्। उनीहरुले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन्।

आज बिहान बिहान बोर्डको बैठकले निर्णय गरेपछि एसईईको नतिजा प्रकाशित गरिएको पौडेलले बताए। उनका अनुसार यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ।  आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ। 

परीक्षाफल www.see.gov.np , www.neb.gov.np , www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER टाइप गरेर १६०० मा पठाउन सकिन्छ। 

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्ने भएको छ। बढिमा दुई विषयमा नन ग्रेड ल्याउने विद्यार्थीले पुरक परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

जसअनुसार नन ग्रेड ल्याउने १ लाख १५ हजार ८३४ जना विद्यार्थीहरु पुरक परीक्षामा सहभागी हुन पाउनेछन्। जसमध्ये ४७ हजार ७९६  एक विषयमा र  ४८ हजार ३८ दुई विषयमा ४८ हजार अनुत्तीर्ण रहेको उल्लेख छ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ।  आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ। 

दुईभन्दा बढी विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ । 

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ। पुनर्योगका लागि परीक्षार्थीहरुलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयहरुको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन्।