असार – १२, काठमाडौं,

 नव गठित राष्ट्रिय मातृभूमि पार्टीको असार १२ र १३, दुई दिवसिय प्रथम कार्यशाला गोष्ठी बत्तिस पुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याँक्वेटमा आजबाट शुरु भएको छ । सोकार्यशाला गोष्ठीमा  पार्टीका अध्यक्ष उपाध्यक्षहरु, सचिबहरु तथा केन्द्रीय सदस्यहरुले पार्टीको भावी निती तथा कार्यक्रमका बारेमा गम्भिर छलफल र विचार विमर्श गरिरहनु भएको छ । सो कार्यशाला गोष्ठीको उद्घाटन केन्द्रीय अध्यक्ष रामशरण पाण्डेले गर्नु भयो । उहाँले उद्घाटनको अवसरमा छोटो मन्तब्य दिदै भन्नु भयो ‘हामीले बनाएको पार्टी हुने हो, त्यसको सांगठानिक स्वरुप कस्तो हुने हो त्यसले आम जनता र देश र विद्यमान समस्याको निदान कसरी गर्छ भन्ने मुल विषय नै कार्यशाला गोष्ठी आयोजनाको उद्देश्य हो । हामी देशको जटिल परिस्थितिको गम्भिर विश्लेषण गर्दै यो भन्दा अघि ठूला पार्टीले देशको हितमा काम गर्न सकेन भन्ने निष्कर्ष निकाल्दै देशको शासकिय प्रणाली र पुनः संरचना बदल्ने गरि पार्टीको स्थापना भएको हो । पार्टी बनाउन संगठन बनाउनु पर्छ, संगठन बनाउन निती चाहिन्छ । हामीले निर्माण गरेको पार्टी जनताको भविष्य निर्माण गर्ने गरि दुरगामी सोच राखेर मुलुकबासीका सामु अघि ल्याएका छौं । त्यसै अनुसार संगठन निर्माण गर्न निती बनाउन र त्यही निती अनुसार पार्टीलाई देश र जनताको हितमा परिचालन गर्ने प्रतिवद्धता गरेका छौं ।’

अध्यक्ष पाण्डेले अगाडी भन्नु भयो,– ‘नेपालको अवस्था किन बद्लिएन, नेपाल किन पछि प¥यो, कृषि उत्पादन किन बढेन, किन हामी विषादीयुक्त भारतीय तरकारी खान बाध्य छौं । श्रम बेचेर खाद्यन्न किनेर खाने हामी किन भयो । ७०/८० लाख युवा विदेशमा श्रम बेचिरहेका छन् यस्तो अवस्था किन आयो ? किन अहिलेका युवा पुस्ताहरु १२ पास हुन साथ विदेश पलायन हुन्छन् । यसमा आधारभूत कारणहरु के के हुन् ? यस विषयमा गम्भिर छलफल हुनुपर्छ भन्ने लाग्छ । हाम्रा युवाहरु बैदेशिक श्रमबजारमा जान्छन् खेतीयोग्य भूमिहरु बाँझ छन् । कृषि प्रणाली ध्वास्त छ । हिबु्र जापानी र कोरियाली भाषा सिकाएर हामी आफ्ना सन्तानलाई विदेशमा किन पठाइरहेका छौ । यो समस्याको जड के हो ? यो कार्यशाला गोष्ठीले निष्कर्ष निकाल्नु पर्छ जस्तो लाग्छ ।’

पार्टीका माहासचिब गोविन्द गिरीले कार्याशाला गोष्ठीको आवश्यकता माथी प्रकाशपर्नु भयो । उहाँले पार्टीका भएका दस्ताबेजहरुलाई परिमार्जन र पुनः लेखन गर्नका लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिनु भयो । गोष्ठीले राष्ट्रिय मातृभूमि पार्टीले परिकल्पना गरेजस्तै देशलाई सवल समृद्ध बनाउन कस्ता योजनाहरु तय गर्ने भन्ने विषयमा केन्द्रीय पदाधिकारीहरुले निष्कर्ष निकाल्नु हुने उहाँले आशा व्यक्त गर्नु भयो । पार्टीले देश र जनताका पक्षमा कस्ता एजेन्डाहरु ल्याउनु पर्छ भन्ने विषयमा मुलतः हामी केन्द्रीत हुने छौं, उहाँले भन्नु भयो । कार्याशाला गोष्ठी आयोजनाका लागि व्यवस्थापन गर्ने केन्द्रीय नेताहरुलाई उहाँले धन्यवाद दिदै गोष्ठीमा उठेका विषयहरुलाई लिपिवद्ध गर्नका लागि पार्टी सचिब द्वय यज्ञ बस्याल र तेजेन्द्र प्रसाईलाई अनुरोध गर्नुभयो । छलफलका विषयलाईपछि दस्ताबेज बनाउने जानकारी पनि उहाँले दिनुभयो । 

कार्यशाला गोष्ठीमा बोल्दै पार्टीका बरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले हामीले बनाएको पार्टी कस्तो हुने र त्यसको संगठानिक स्वरुप कस्तो बनाउने साथै यसले आम जनता र देशमा भएका समस्याको निवारण कसरी गर्ने भन्ने मुल विषय फलफलको एजेन्डा भएको प्रष्ट पार्नु भयो । 
त्यसैगरि पार्टीका अन्य केन्द्रीय नेताहरुले पनि कार्यशाला गोष्ठीमा छोटकरीमा आफ्ना धारणाहरु राख्नु भएको छ । कार्याशाला गोष्ठी भोली १३ गते समापन हुने बताइएको छ ।