काठमाडौं - प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । 

आजको बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरेका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी हुन्।

यसअघि बैठकले आर्थिक वर्ष २०८१/०८ को विनियोजन विधेयक बहुमतले पारित गरेको थियो। बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।