अक्सफोर्ड शहर र त्यहाको विश्व प्रसिद्ध अति प्राचीन र विश्व विख्यात विश्वविद्यालय अवलोकन गरेपछि हामी अक्सफोर्डबाट उत्तर पश्चिम तर्फ लागी सेभेर्न नदीको किनारमा स्थित ग्लोस्टर भन्ने शहरमा पुग्यौ त्यहाँ हेर्न लायकको कुरा भनेको त्यहाँको प्राचीन क्याथेड्रल रहेछ । 

ग्लोस्टरको क्याथेड्रल 

ग्लोस्टरको क्याथेड्रल जस्लाई सेन्ट पिटर क्याथेड्रल चर्च पनि भनिन्छ को स्थापना सन ६७८ तिर भएको मानिएको रहेछ । वोरचेष्टरका विशप एआलड्रेडले सन १०५८ मा यस चर्चको पुनरनिर्माण गर्न लगाएका रहेछन र चर्चको हालको रुपभने एवट सेर्लोले ३२ वर्ष लगाएर सन १०७२ बाट शुरु गरी सन ११०४ मा सम्पन्न गरेका रहेछन् । यस चर्चको विशेषता भनेको कलापूर्ण शिशाका झ्याल र कलापूर्ण वल खेलिरहेको मूर्ति रहेछन । यसबाट के बुझिन्छ भने मध्यकालमानै फुटवल खेल्ने प्रचलन भइसकेको अनुमान गरिएको छ ।  गोथिक शैलीमा वनेको यस चर्चमा नर्मनकालका वाल्टर डे लाचिको चिहान पनि राखिएको रहेछ जस्लाइ नर्मान न्यूक्लियस भनिदो रहेछ ।

यसको लम्वाइ १३० मिटर र ४४ मिटर चौडाइ  रहेछ । चर्चको विचमा १५आंै शताब्दिमा ठडिएको ६९ मिटर अग्लो चारचुच्चे टावर रहेछ । यसैटावरको मुनी रहेको गान वजान कक्ष र त्यसको दुइ तर्फबाट हिडने ठाउँ (आइसल) पूर्ण कलाकारितापूर्वक सजाइएको रहेछ । यसको दक्षिण भागमा क्रिश्चियन पादरीहरुको लागि वेग्लै प्रार्थना कक्ष वनाइएको रहेछ । यसै चर्चमा विफरको भ्याक्सिन आविष्कार गर्ने एडवार्ड जेनर सहित ग्लोस्टरका विशप विलियम वारवर्टनको स्मारक पनि राखिएको रहेछ । पछि सन १८७३ मा यस चर्चको जिर्णोध्दार जर्ज गिल्वर्टको अगुवाइमा शुरु भई सन १८९७ मा सम्पन्न गरिएको रहेछ । यस अवधिमा गिल्वर्टले यस चर्च भित्र १४ औ शताब्दिका ४६ वटा र १९ औ शताब्दिको पौराणिककालका धार्मिक आस्था, जनसस्कृति झल्कने मिजेरी कर्डहरु सजाउन लगाएका रहेछन् । चर्च भित्र रहेको संगीतयन्त्र अर्गान सन १६६६ मा नै थोमस ह्यारीले वनाएका रहेछन् अर्गानलाई भित्तामा सजाइएको र संगीत श्रवण गर्नेहरुको लागि वस्ने ठाउ ज्यादै कलात्मक पाराले वनाइएको रहेछ । चर्चमा रहेको घण्टाघरको घडी सन १५२५ मा विग्रको रहेछ । पछि सन १८९८ मा आएर त्यस्को ठाउमा नया घडि डेन्ट एण्ड कंपनीले जडान गरिदिएको रहेछ ।