यो सैनिक आक्रमण नाम थियो अपरेशन पोलो । यही अपरेशनद्धारा सन १९४८ मा स्वतन्त्र भारतले स्वतन्त्र हैदरावादलाई आफु भित्र गाभेको थियो । यहाका राजा निजाम थिए । यिनीहरुको आफ्नै झण्डा, आफ्नै हुलाक टिकट, मुद्रा अनि प्रहरी र सैनिक थिए । भारतमा अंग्रेजको राज हुदा हैदरावादको परराष्ट्र मामला अग्रेजले हेर्ने गरी हैदरावादको स्वतन्त्रताको ग्यारेन्टी गरिएको हुदा भारतका सबै राजा रजौटा अंग्रेजी उपनिवेश बनेको अवस्थामा पनि निजामको हैदरावाद स्वतन्त्रै रहेको थियो ।
भारतको स्वतन्त्रता एक्ट १९४७ अनुसार भारतको स्वतन्त्रता पछि यस्ता देशहरुले भारतमा गएर मिस्सिने कि स्वतन्त्र रहने त्यो निर्णय गर्न पाउने ब्यवस्था गरिएको थियो । यसै अनुरुप कोही भारत तिर लागे अनि कोही पाकिस्तान तिर लागेका थिए । भारतवर्षको सबै भन्दा धनी राष्ट्र हैदरावाद आफ्नै सैनिक जस्लाई राजाकार्स भनिन्थ्यो । उनीहरु भारत पाकिस्तान दुबैवाट स्वतन्त्र नै रहन चाहेका थिए । अचम्मको कुराचाहि के थियो भने हिन्दु बहुसंख्यक भएको हैदरावादको निजाम भने मुस्लिम ओस्मान अलि खान थिए ।
भारत स्वतन्त्रता भएपछि लगत्तै नोभेम्वर १९४७ मा हैदरावादले स्वतन्त्र भारतसंग एक सहमती गरी हैदरावादको स्वतन्त्रतालाई जस्ताको त्यस्तै कायम राखिने ब्यवस्था गरिएको थियो । तर सहमति विपरित एकाएक भारतीय सैनिकले सेप्टेम्वर १९४८ हैदरावाद माथि आक्रमण गरी निजामलाई वाध्य पारी हैदरावादलाई भारतमा गाभ्ने कार्य भयो ।
आक्रमणको क्रममा ३० देखि ४० हजार भनिएता पनि दुइलाख भन्दा वढी हैदरावादीहरुको आम कत्तल गरिएको थियो । विश्वबाट यस कत्तलको ठूलो विरोध भएको कारण यस विषयमा जाँचवुझ गरी प्रतिवेदन पेश गर्न भनेर प्रधानमन्त्री नेहरुले सुन्दरलाल आयोग बनाएका थिए तर आजसम्म त्यस आयोगले प्रतिवेदन वुझाएको थाहा छैन । यदि अहिलेको अवस्था हुन्थ्यो भने दुइ लाख भन्दा वढी हैदरावादीको आमकत्तल गर्ने प्रधानमन्त्री नेहरु र उनका गृह मन्त्री पटेललाई अन्तराष्ट्रिय अदालतमा लगेर झुण्डाइन्थ्यो होला ।
सन् १६८७ मा मुगल सम्राट गोलकोण्डाले हैदरावादलाई आफ्नो नियन्त्रणमा लिएपछि यसको नाम सुवह डेक्कान भनेर राखेका थिए र सन १७१३ मुगल सम्राट कमर उद्यिन खानले यस क्षेत्रको प्रशासन हेर्ने गरी उनले एक सुवेहदार नियुक्त गरी उन्लाई निजामको पदवी दिएका थिए । यही निजामले सन् १७२४ मा हैदरवादलाई स्वतन्त्र राष्ट्र घोषणा गरेका थिए । पछि गएर सन् १७९८मा इष्ट इण्डिया कंपनिका गर्भनर जनरल आर्थर वेलेस्लीसंग निजामले एक सम्झौता गरे जसानुसार हैदरावादको परराष्ट्र मामला अंग्रेजले हेर्ने गरी हैदरावादको स्वतन्त्रतालाई अंग्रेजले मान्यता दिएको थियो ।
यो राज्य त्यतिखेर यति धनि थियो की यस्ले वार्षिक राजश्व मात्रै ९ करोड उठाउथ्यो । २,१४,१९० वर्गमिटरमा फैलिएको हैदरावादको जनसंख्या त्यतिखेरै १ करोड ६३ लाख रहेको थियो । ४८ दशमलव २ प्रतिशत जनताले तेलुगु २६ दशमलव ४ प्रतिशतले मराठी, १२ दशमलव ३ प्रतिशतले काननादा १० दशमलव ३ प्रतिशत जनताले मात्र उर्दु भाषा बोल्दथे । विभेद कहानिर थियो भने हिन्दु वहुसंख्यक भएतापनि सरकारी सेवा, सैनिक प्रहरी आदिमा मुस्लिमहरुको आधिपत्य थियो । कूल भूमीको ४० प्रतिशत मुस्लिमले ओगटेका थिए ।
२०औं शताब्दीको शुरुसंगै हैदरावादलाई धार्मिक राज्यको रुपमा परिणत गर्न खोजियो । यस अनुरुप हैदरावादमा कट्टर मुस्लिमहरुको पकडलाई दरो वनाउन हिन्दुहरुलाई वलजफती मुसलमान बनाउने अभियान चलाइयो । सन् १९४७ मा जव भारत स्वतन्त्र भयो तब निजामले हैदरावाद ब्रिटिस कमनवेल्थ भित्र संबैधानिक राजतन्त्रको रुपमा रहने गरी पूर्ण स्वतन्त्र राष्ट्र मानियोस भनी भारतका अन्तिम भाइसराय माउण्टवेटनसँग अनुरोध गरेका थिए जसलाइ माउण्टवेटनले स्वकारेनन् ।
जव अंग्रेजहरु पूर्णरुपमा भारतबाट फर्के तब निजामले भारतसंग एकाकार हुने कुरालाई अस्विकार गर्दे पुर्तागाली उपनिवेष रहेको गोआ वन्दरगाह लिजमा लिने कार्य अघि वढाए । उनी हैदरावाद भारतपरिवेष्ठीत नहोस भन्ने चहान्थे । यसैकारण उनले पाकिस्तानसंग पनि सम्वन्ध वढाए । पाकिस्तानले गरेको १ करोड ५० लाखकोे सहयोगबाट निजामले आफ्नो सैनिक शक्ति मजवुत गराउन तर्फ लागे । उन्को यो कदमले भारत क्रोधित भयो र हैदरावादी माथि आर्थिक नाकावन्दी लगायो । निजामले हैदरावादको स्वतन्त्रतालाइ कायम राख्न बेलायत, संयुक्त राष्ट्रसंघलाई समेत गुहारेका थिए ।
१९४५ को अन्त्य तिर हैदरावादमा वामपन्थीहरुको अगुवाइमा तेलांगना कृषक आन्दोलन पनि शुरु भएको थियो । कुल जमिनको ४३ प्रतिशत धनी जागिरदारहरुले ओगटेको भन्दै त्यसको विरुद्धमा भएको आन्दोलनलाई हैदरावादका धनी कृषकहरुले समेत सहयोग पुराएका थिए । वामपन्थीहरुले आफनो आक्रमणको निशाना जमिन्दारहरुलाई बनाएका थिए । जसको कारण यिनीहरुको मुठभेड निजामको सैनिकसंग हुन गयो ।
यस क्रममा २ हजार जमिन्दारहरुको कत्तल भएको थियो । छुवाछुत, वधुवा मजदुर प्रथा अन्त्यको साथै ज्याला शत प्रतिशतले वृध्दि गर्न यो आन्दोलन कामयावी भएता पनि सन १९४८ तिर पुग्दा तुहीसकेको थियो । सन् १९४७ को भारतमा भएको हिन्दु मुस्लिम दंगाले हैदरावादलाई पनि प्रभावित गरेको थियो जस्को कारण हैदरावादबाट ४० हजार हिन्दुहरु भारतका अन्य छिमेकी राज्यहरुमा शरणार्थी वन्न पुगेका थिए । निजामका सैनिकको संख्या जम्मा २४ हजार थियो जस्मध्ये ६ हजार पूर्णरुपमा शस्त्रअस्त्रले सुसज्जित थिए ।
सैनिकहरुमा अरव, रोहिल्ला तथा पठानहरु थिए । यी सबै सेनाको नेतृत्व मेजर जनरल एल एड्रोसले गरेका थिए । त्यसै गरी दुईलाख अर्धसैनिकहरुको नेतृत्व कासीम राजभीले गरेका थिए । सैनिक हातहतियारको लागि सहयोग गर्नेमा पाकिस्तान, गोआमा रहेका पुर्तागाली सैनिकहरु, अष्ट्रलियाको सिडनी कटन नामक हातहतियार विक्रेता रहेका थिए । निजामको यस्तो सैनिक तैयारी देखेर प्रधानमंत्री नेहरु भन्दा पनि गृहमंत्री पटेल कोध्रित वने । नेहरुले पाकिस्तानले हस्तक्षेप गर्ला भन्ने डरले वार्ताबाट समस्याको समाधान गरौं भन्दाभन्दै पटेलले सैनिक कारवाही गर्ने निर्देशन दिई हैदरावादको स्वतन्त्र अस्तित्वलाई निल्दिए । यस क्रममा भारतमा रहेका गोर्खा सैनिकको प्रयोग भएको थियो ।
सन १९४८ को सेप्टेम्वर १३ बाट शुरु भएको भारतीय सैनिक कारवाही सेप्टेम्वर १७ सम्म चल्यो । युध्दमा हार भएपछि रेडियोबाट सन्देश दिंदै निजामले आत्मसमर्पण गरे । यो सन्देश रेडियोबाट प्रशारण हुने वित्तिकै हैदरावादी सेना प्रमुख एड्रोसले पनि १८ सेप्टेम्वरको दिनको ४ वजे आत्मसमपर्ण गरे र यसप्रकार एक स्वतन्त्र राष्ट्र हैदरावादको इतिहास भारतीय भूगोलमा विलाउन पुग्यो । स्मरण रहोस जव राजा त्रिभुवन २००७ सालमा राणाशाहीको विरोध गर्दे काठमाण्डौ स्थित भारतीय राजदुतावासमा शरण लिई पछि त्यहाबाटै दिल्ली पुगे तव यिनै पटेलले नेपाललाई पनि हैदरावादकै तरिकाले भारतमा गाभ्ने योजना वनाएका थिए ।
युवराजा महेन्द्रले ठिकै छ नेपालको राजा पुरै भारतको राजा हुन्छन भने नेपाललाई भारतमा गाभ्दा कुनै आपत्ति नभएको बताएको यदाकदा सुनिन्छ । त्यही कुरा नमिलेर होला भारतले ड्राफ्ट गरेको २००७ सालको शाही घोषणामा नेपाल गणतन्त्र हुने र त्यस्को लागि निर्वाचित ंविधान सभाले नेपालको विधान वनाउने कुरा उल्लेख थियो । यसरी वनेको विधान सभाको वहुमतले नेपाललाई वैधानिक रुपबाटै भारतमा मिलाउने नेहरुको योजना राजा भएपछि महेन्द्रले तुषारापात गरेको कारण नेपालको स्वतन्त्रता जोगियो । हालको संविधानलाई भारतले खुलेर स्वीकार नगर्नुको कारण पनि यही हो । भारत वैधानिकरुपबाटै नेपाललाई पनि हैदरावाद वनाउन चाहन्छ ।
0 comment