प्रभातराज पाण्डे,

गोर्खालीको विजयलाई काठमाडौंमा वर्तमान नेपालको शुरुवात मान्ने गरिन्छ यसो हुँदा सन् २००८ मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनिनेपालशुरु भएको वर्ष सन् १७६९ बीच सय ३८ वर्षको कालखण्ड हुन आउँछ यो कालखण्डमा राम्रा काम हुन नसकेको भन्ने प्रायोजित हल्ला मच्चाउने रोजगारी आकर्षक अझ यसबेला भएका नराम्रा कामको जिम्मेवारी एकोहोरो रूपमा शाहवंशलाई दिएमा तुरन्तै ख्यातिप्राप्त विद्वान् मानिने सोचको प्रधानता देखिनथालेको

यो दुष्प्रयासलाई राजा वीरेन्द्रको शासनकालदेखि पुनःस्थापना भएको दरबारवरिपरिको प्रभावशालीहरूको पर्खालले मलजल गरेको यो ती प्रभावशालीहरूको राजालाई घुर्क्याउने हतियार बन्यो रणबहादुर शाहको पालादेखि बन्न शुरु भएको यो पर्खालले गर्दा नेपालको इतिहासमा हमेशा दाग लगाउने काम गऱ्यो। यो पर्खाललाई राजा महेन्द्रले करिव-करिव ध्वस्त पारेका थिए बेलाइती राजसंस्थाजस्तै बन्न खोज्ने प्रयत्नले आफ्ना बुबाज्यूले ध्वस्त पारेको जनता राजाबीचको पर्खाल फेरि खडा हुन गयो

बडामहाराज पृथ्वीनारायण शाहले गोरखाको राजा भएको २६ वर्षसम्मको लगातार कोशिसपछि काठमाडौं जिते काठमाडौंमा राजसुख भोगेर बस्न भन्दा नेपालको विस्तार गर्ने योजना कार्य गरेर नुवाकोटमा ब्यस्त हुँदैमा अर्को वर्ष बित्यो त्यसपछि प्रताप सिंहले राज्यरोहणको वर्षमै युवा उमेरमा देहत्याग गरेपछि नेपालमा शिशुराजाको परम्परा शुरु भयो यो शिशुराजाको परम्पराले गर्दा राजाको वरिपरि भारदार, नातेदार, प्रभावशालीहरूको पर्खाल बन्यो

यसपछिका दिनमा नेपालमा राजाको भन्दा रानीको हालीमुहाली चल्ने अनि रानी रिझाउने मनपरी गर्ने प्रभावशालीले जहानिया शासन नै स्थापना गरे, जो राजा त्रिभुवनको राज्यकालको उत्तरार्धसम्म कायम रह्यो सन् १७७७ मा दुईवर्षे रणबहादुर शाह गद्दीमा बसेको समयदेखि शुरु भएकोथपनाका राजाको युग राजा महेन्द्रले सन १९५५ तिर करिव १८६ वर्षपछि तोडे त्योभन्दा पहिलेको १०४ वर्ष राणाहरूले एकलौटी पर्खालको भूमिका निर्वाह गरे पनि बाँकी समय रानीहरू, विभिन्न भारदार, खलक केही हिस्सा राजनीतिकर्मीहरूको भागमा पनि पर्न आउँछ

सन् १९७६ (२०३२ विसं) तिर नै फेरि राजाभन्दा रानीको सक्रियता शुरु भयो देशवासीहरूलाई इतर भितरमा बाँड्ने काम शुरु भयो महेन्द्रले भत्काएको राजा जनताबीचको पर्खाल फेरि थप मजवुत भएर आयो जनताले राजा केवल तस्बिरमा मात्र देख्न पाउने परिस्थिति पैदा भयो यसले झण्डै राजा त्रिभुवनको साखासन्तान नै समाप्त भएको थियो परिवारसमाप्तिको पीडामा केहीले लगाएको लान्छनासमेत थपेर राजा ज्ञानेन्द्र सत्तामा बसे सर्वसाधारणले जस्तै सामाजिक जीवन शुरु गरिसकेका राजा ज्ञानेन्द्रले यो पर्खाल छिचोल्लान् भन्ने आशा गरेका थिए तर केही समय सिथिल भएर ढल्ला कि भनेजस्तो भएको पर्खाल अझ मजवुत भएर आयो पर्खालपारिका जनताको इच्छा/चाहनाको गलत अर्थ लगाइयो एक्कइसौँ शताव्दीमा मध्ययूगको जस्तो संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरू सफल भए

जनतासँग प्रत्यक्ष सम्बन्ध नभएको समयमा शासकहरू कमजोर भएका हुन्छन् यही कमजोर भएको मौकामा राजतन्त्रलाई नै पाखा लगाउन देशी-विदेशी शक्तिकेन्द्रहरू सफल भए यो पाखा लगाइने क्रममा हाम्रो राजा प्राणभन्दा प्यारो भनेर ओठेभक्ति देखाउने चाटुकारहरू कि दुला पसे कि खुलेर नै राजसंस्थाको विरोधमा लागे यो कठिन समयमा साथ दिन परैजाओस्, सहानुभूतिको एक वचनसमेत निकाल्न उनीहरूले सकेनन् रातारात गणतन्त्रवादी बन्ने वा दुला परेर लुक्ने होड चल्यो यसरी पाखा लगाइसकेपछि यो पर्खाल आफ्नो स्थानबाट हट्यो राजाले जनता जनताले राजा प्रत्यक्ष देख्न पाए राजतन्त्रलाई आफूले पाखा लगाउँदासमेत प्रतिकारको एक शब्द पनि सुन्न नपरेकोे शक्ति राजाको केही चर्चा बढ्न थाल्नेवित्तिकै राजावरिपरि झुम्मिन पुग्ने गरेको देखिन्छ

यसबीचमा पाखा लगाइएका राजालाई सत्ताबाट सबै किसिमको रोक लगाउने प्रयत्न गरियो जति रोक लगाइयो त्यति नै राजा लोकप्रिय हुँदैगएका छन् पर्खालको उपस्थितिमा राजा ज्ञानेन्द्रले लोकप्रियता झण्डै-झण्डै ऋणात्मक भएको अवस्था भोग्नुपरेको थियो भने जनतासँग प्रत्यक्ष हुँदा प्रतिपल लोकप्रियताको मात्रा बढ्दैछ जतिसुकै कठिन परिस्थिति भएको भए पनि यो राजा सर्वसाधारणबीचको पर्खाल ढलेको अवस्था हो सर्वसाधारणसँगको प्रत्यक्ष संवादले राजामा शक्ति संचार भएको ठान्नेहरूको कमी छैन यो देखेर हिजो पाखा लागेका चाटुकारहरू राजाको वरिपरि फेरि पर्खाल तैयार गर्न उद्धत देखिनु सुखद हैन