रन्जिला दाहाल,

सन्दर्भ १४ फेब्रुअरी

१४ फेब्रुअरीको दिनलाई विश्वभर प्रणय दिवसका रुपमा मनाउने गरिन्छ । प्रणय दिवस नेपालीहरूको संस्कृति होइन । यद्यपि पछिल्लो समयमा क्रिसमस डेको समेत नेपालमा रौनक बढेको छ भने भ्यालेन्टाइन डेले युवापुस्तालाई नछुने कुरै भएन । यस दिन प्रेम गर्न आतुर मनहरूले समेत प्रेम प्रस्ताव राख्छन् । श्रीमान्–श्रीमतीले समेत उपहार आदानप्रदान गरेर आत्मीयता साटासाट गर्छन् । 

भ्यालेन्टाइन डेको सुरुवात इसवी सन् २६९ मा इटलीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीका रोमन शासक सम्राट कलाउडिस दोस्रोले देशवासीलाई सैन्य भर्तिमा सामेल हुन उर्दी जारी गरे । महिलासँगको सम्बन्धका कारण पुरुष कमजोर हुने सोची प्रेम र विवाहमा प्रतिबन्ध लगाए । प्रेम र विवाहले सैनिकहरू शुरवीर नहुने सम्राटको विचारसँग केही सहमत पनि भए । धेरैले विरोध गरे । मुख्यतया रोमका पादरी भ्यालेन्टाइनले सम्राटको आदेशलाई गलत ठह¥याए । उनले विवाह गर्न चाहने सैनिकहरूको चर्चमा विवाह गराए । राजादेशको पालना नगरेको भन्दै भ्यालेन्टाइनलाई गिरफ्तार गरियो । सन्त भ्यालेन्टाइनलाई जेलमा बन्दी बनाइएको थियो । त्यही बेला उनले जेलरकी दृष्टिविहीन छोरीसँग प्रेम गरेका थिए । 

मेरो मृत्युपछि मेरा आँखा तपाईकी अन्धी छोरीलाई दिनु ताकि उनले संसार देख्न सकुन् । इ.सं. २६९ फेब्रुअरी १४ का दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । 

जब भ्यालेन्टाइनलाई मृत्युदण्डको सजाय सुनाइयो । उनले एउटा प्रेमपत्रमा लभ फ्रम योर भ्यालेन्टाइन भनेर लेखे र जेलरलाई आफ्नी छोरीलाई दिन भने । उनले यो पनि भन्न भ्याए– मेरो मृत्युपछि मेरा आँखा तपाईकी अन्धी छोरीलाई दिनु ताकि उनले संसार देख्न सकुन् । इ.सं. २६९ फेब्रुअरी १४ का दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । त्यसपछि जेलरकी छोरीको अवस्था के रह्यो? त्यो अज्ञात नै छ । तर भ्यालेन्टाइनको ज्यान गएको १४ फेब्रुअरी भने प्रेम दिवसमा परिणत भयो । भ्यालेन्टाइन डेका बारेमा अर्को पनि एक किंवदन्ती छ । 

दोस्रो शताब्दी (सन् २३५) मा रोमन स्रामज्यका राजा थिए अलेक्जेन्डर । उनले आफ्ना सिपाहीहरूलाई अरु राज्यहरू कब्जा गर्ने आदेश दिएका थिए । रोमन सिपाहीहरूको जीवन युद्धमै बित्ने गथ्र्यो । जहाँ जहाँ रोमन सैनिकहरू पुग्थे त्यहाँ उनीहरूले स्थानीय युवतीहरूसँग यौन सम्बन्ध राख्थे । यो कुरा राजालाई मन परेको थिएन । 

सैनिकहरू यौन क्रीडामा लागेमा शारीरिक रुपले उनीहरू कमजोर बन्ने राजाको ठम्याइ थियो । राजा सधैं सैनिकहरूले वीरता देखाएको सुन्न चाहन्थे न कि घरजम गरेको । यही कारण राजाले सैनिकहरूलाई विवाह नगर्न आदेश दिएका थिए । राजाको यस्तो आदेशप्रति सन्त भेलेन्टाइन असहमत थिए । उनले चर्चभित्र सैनिकहरूलाई विवाह गराइदिन थाले । एक कान दुई कान गर्दै यो खबर राजाकहाँ पुग्यो । राजाज्ञाको उल्लंघन गर्दै आफ्ना सैनिकहरूको भित्रभित्रै चर्चमा विवाह गराइदिने भ्यालेन्टाइनप्रति राजा आगो भए । उनलाई गिरफ्तार गर्न आदेश दिए । भ्यालेन्टाइन समातिए र जेलमा हालिए । जेलमै रहेका बेला भ्यालेन्टाइनको जेलरकी नेत्रविहीन छोरीसँग प्रेम भयो । भ्यालेन्टाइनलाई मृत्युदण्डको सजाय सुनाइयो । 

भ्यालेन्टाइनले जेलरकी अन्धी छोरीलाई दृष्टि दिने कुरा गरे । उनलाई फाँसीमा झुण्ड्याइनुअघि सोधियो तिम्रो अन्तिम इच्छा के छ ? भ्यालेन्टाइनले तिनै अन्धी जेलरपुत्रीलाई भेट्न चाहे । जेलरपुत्रीलाई भ्यालेन्टाइनसमक्ष लगियो । उनले ती दृष्टिविहीन जेलरपुत्रीलाई दृष्टि दिए । एउटा कागजमा ‘फ्रम योर भ्यालेन्टाइन’ लेखे र उनलाई पढ्न भने । ‘तिम्रो भ्यालेन्टाइनबाट’ ती दृष्टिविहीन जेलरपुत्रीले पत्र पढिन् । 

फेब्रुअरी १४ का दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । जेलरकी छोरी पनि केही दिनमा शोककुल हुँदै मृत्युवरण गर्न पुगिन् । यो घटनापछि ‘प्रेमी प्रेमिकाले युरोपतिर सुरुमा ‘तिम्रो भ्यालेन्टाइनबाट’ लेखेर प्रेमपत्रहरू आदानप्रदान गर्न थाले । तर यो इतिहास होइन, केवल दन्त्यकथा मात्र हो । जेहोस् यो भ्यालेन्टाइन प्रेमील जोडीहरूको अहिले महान पर्व नै बनेको छ । प्रेम दिवस पहिले पश्चिमी मुलुकहरूमा मात्र मनाइन्थ्यो । तर अहिले विश्वव्यापी बनेको छ । मुस्लिम देशहरूमा भने यसले कुनै अर्थ राख्दैन । 

फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेड्डी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे, र फेब्रुअरी १४ भ्यालेन्टाइन डे

बंगलादेश, पाकिस्तानमा समेत प्रणय दिवसको विकल्प सिस्टर डेको खोजी गरिँदैछ । तर नेपालमा भने ठूलै उत्सवका रुपमा युवा जोडीहरूले मनाउने गरेका छन् । प्रेम दिवस मनाउनु खराब पक्ष पक्कै होइन । तर यसले ल्याएको विकृतिले भने हाम्रो मौलिक संस्कृतिमाथि धावा बोलिरहेको छ । 

१४ फेब्रुअरी आउनु हप्ता अघिदेखि नै प्रेम दिवस सुरु हुन्छ । फेब्रुअरी ७ देखि नै भ्यालेन्टाइन डेका महत्वपूर्ण दिनहरू सुरु हुन्छन् । फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेड्डी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे, र फेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात् सबैभन्दा महत्वपूर्ण दिन । 

यस दिन युवायुवतीहरू आफूले मन पराएको व्यक्तिलाई रातो गुलाफको फूल, कार्ड र उपहार दिई प्रेम प्रस्ताव राख्छन् । मोबाइल फोन, एसएमएस, फेसबुक र नियमित च्याटले युगल जोडी धेरै नजिक हुन्छन् । प्रेममा हिंसाले पनि प्रवेश पाएको विभिन्न घटनाहरूले प्रस्ट पारिसकेका छन् । प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीहरूका अनुहारमा एसिड छ्यापिएका कारुणिक दृश्यहरू देखिएका छन् । त्यसो त प्रेममा घात प्रतिघातका अवस्थाहरू आउने गर्छन् । सर्वत्र प्रेममय बनाउन प्रेम दिवस सार्थक हुनेछ भन्न सकिन्न । 

वास्तवमा प्रेम अन्तरात्माबाट प्रष्फुटित हुने हृदयको झंकार हो । पवित्र प्रेमका लागि भ्यालेन्टाइन डे आउनु पर्दैन । धैर्य, आशा, क्षमा, सहिष्णुता, शिष्टता, विनम्रता, अनुग्रह, भद्रता, करुणशीलता सौम्यता सबै प्रेमकै अभिव्यक्ति हुन् । सबैभन्दा ठूलो देश प्रेम हो । 

भ्यालेन्टाइनअघि नै फूल अभाव 

अमेरिकामा यो समयमा २५ लाख विवाह हुन गइरहेको छ । मानिस लाखौँ डलर खर्च गर्नका लागि तयार छन् । विवाहमा विशेष गरी प्रयोग हुने सेतो फूल र विशेष किसिमको गुलाब नै पाइएको छैन । न्यूयोर्कमा एचएमआर डिजाइनका प्रमुख अधिकृत ऋषि पटेल भन्छन्, ‘पहिले प्राकृतिक विपद्का कारण फूल उपलब्ध हुँदैनथ्यो र देशका तर्फबाट नै यसको व्यवस्था गरिन्थ्यो । अलिकति मात्रै धेरै खर्च हुने गर्दथ्यो ।

तर, यस पटक भने विश्वभरि नै फूलको अभाव भएको छ ।’ पटेलका अनुसार मुस्किलले मात्रै सेतो फूल उपलब्ध भइरहेको छ र मूल्य पनि २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म वृद्धि भएको छ । ११ अमेरिकी राज्यमा कारोबार गर्ने पेट्रिक डेल्सन भन्छन्, ‘चालकको अभावका कारण ढुवानीको पनि समस्या आएको छ । अन्तर्राष्ट्रिय उडान कम भएकाले पनि बाहिरबाट मगाउन समेत मुस्किल भइरहेको छ । यसका कारण फूललाई शीत भण्डारमा राख्न परेको छ । धेरै समय भएपछि यसले पनि काम गर्दैन ।