प्रभातराज पाण्डे,

नयाँ संविधान २०७२ जारी भएयताधर्मको राजनीतिबारे बारम्बार बहस ध्रुवीकरण हुँदै आएको राजावादी दल राप्रपाले मात्र हैन, नेपाली कांग्रेस कम्युनिष्ट समूहभित्रै नेपालहिन्दू राज्यहुनुपर्ने माग गर्नेहरू पर्याप्त छन् नेपाली कांग्रेसभित्रको एउटा समूहलेसनातन हिन्दूराष्ट्र स्थापना महाअभियाननै सञ्चालन गर्दै आएको कांग्रेस नेता खुमबहादुर खड्काले यो अभियान सुरुवात गरेका थिए कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लक्ष्मण घिमिरेले नेतृत्व गर्दै आएको यो दबाब समूहलाई सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीले अघि बढाउन लागेको समाचार आएको

भनिन्छ, यदि औपचारिक प्रस्ताव बनाएर मतदान गर्ने हो भने कांग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्र पक्षधरको बहुमत पुग्न सक्दछ तर, सभापति शेरबहादुर देउवाले यस्तो प्रस्तावलाई पार्टी केन्द्रीय समिति वा महासमिति बैठक तथा महाधिवेशनमा प्रवेश गर्न दिइरहेका छैनन् राप्रपा कांग्रेसभित्रको दबाब समूहका अतिरिक्त एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीनिकटको एक समूहले पनि हिन्दूराज्यको माग गर्दै आइरहेको नेता महेश बस्नेतले केन्द्रीय समिति बैठकमा हिन्दूराज्यको माग गर्ने गरेका छन् माओवादी केन्द्र अन्य कम्युनिष्ट दलमा पनिहिन्दूराज्यपक्षधरको संख्या धर्मनिरपेक्ष संविधानका बाबजूद हिन्दूराज्यको मुद्दा एकअनसेटल्ड इस्यूजस्तो बनेको यसले राजनीतिक बहस ध्रुवीकरणलाई प्रेरित गर्दै आएको

संविधानको भाग को धारा यससँग सम्बन्धित छन् धारा लेराष्ट्र धारा लेनेपाल राज्यको परिभाषा गर्दछ संविधानको धारा मा भनिएको - नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो साथै स्पष्टिकरण दिइएको , यस धाराको प्रयोगका लागिधर्मनिरपेक्षभन्नाले सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झिन पर्दछ धारा को राष्ट्रको परिभाषामा भनिएको , बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो

संविधानको धारा ले नेपाललाई एक बहुसांस्कृतिकतावादी राज्यका रूपमा स्वीकार गरेको बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्तभन्नुको अर्थबहुसांस्कृतिकतावादलाई संवैधानिक आधारस्तम्भका रूपमा स्वीकार गर्नु हो यदि त्यसो हो भने बहुधार्मिक विशेषतायुक्त राष्ट्रकोनेपाल राज्यएक धार्मिकसनातन हिन्दूराज्यहुन सक्दछ कि सक्दैन ? त्यसो गर्दाराष्ट्रको चरित्रराज्यको प्रबन्धनबीच विरोधाभास उत्पन्न हुन्छ कि हुँदैन ? ‘धर्मनिरपेक्ष राज्यसनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणविरोधाभासी हुन् कि हैनन् ? यी प्रश्नले धर्मनिरपेक्षतावादीलाई सन्तुष्टि दिएको हिन्दूराज्य पक्षधर नै खुसी छन् राष्ट्रको परिभाषामाबहुसांस्कृतिकतावादलाई स्वीकार गर्नु राज्यको परिभाषा गर्दाधर्मनिरपेक्षभन्नालेसनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणसम्झिनु पर्दछ भन्ने वाक्य प्रयोग हुनु विरोधाभास हो

धर्मनिरपेक्षताको अवधारणा धर्मसुधार आन्दोलनकालिन युरोपबाट विकास भएको थियो अंग्रेजीकोसेक्युलरको अर्थचर्च राज्य, पोप राजाबीचको शक्तिलाई भिन्नाभिन्नै गर्नु भन्ने बुझिन्छ यो आन्दोलन अघि युरोपेली इसाई राज्यहरूको शक्ति चर्च पोपमा निहित हुन्थ्यो राजा, राज्य सरकार नाम मात्रका हुन्थे उनीहरू धर्म राजनीतिको शक्तिकेन्द्रलाई भिन्न गर्न चाहन्थे तसर्थसेक्युलरिज्म को अवधारणा विकास भएको थियो भारतमा यसलाईपन्थ वा सम्प्रदाय निरपेक्षताको अर्थमा प्रयोग गरियो अर्थात् राज्य कुनै पन्थ वा सम्प्रदायको मात्र हैन भन्ने अर्थमा धर्मनिरपेक्षताको प्रयोग भयो भारत-पाक विभाजन तथा हिन्दू-मुस्लिम तीव्र धुव्रीकरण तनावबीच भारतीय राजनीतिज्ञहरूले धर्मनिरपेक्षतालाई एक समाधान माने यद्यपि, भारतमै पनि धर्मनिरपेक्षता विवादित नेपाली भाषा मनोविज्ञानलाई पर्याप्त ध्यान नदिई संविधान निर्माताले यो शब्द भारतबाट टिपेको देखिन्छ नेपाली मनोविज्ञानमाधर्मनिरपेक्षताशब्दाबलीलेधर्म त्याग गर’, ‘धर्मदेखि निरपेक्ष बस’, ‘राज्य अधर्मि (पापी) हुन सक्दछभन्ने खालका अर्थ दिन खोज्दछ यही कमजोरीलाई पक्रिएर पश्चगामी तत्त्वहरूलेधर्मको राजनीतिगर्ने दुस्साहस गर्दै आएका छन्

अंग्रेजीकोरिलिजनभारतमा प्रयोग हुनेपन्थ नेपालमा बुझिनेधर्मको अर्थ एउटै हैन तर, संविधान निर्माताहरूले यसलाई पर्यायवाची अर्थमा प्रयोग गरे, कमजोरी त्यहाँनेर भयो शाब्दिक दृष्टिले धर्मका वटा अर्थ हुन्छन् एक, कुनै अस्तित्वको मौलिक चरित्र वा कर्तव्य जस्तै; आगोको धर्म बल्नु, पोल्नु वा ताप दिनु नुनको धर्म नुनिलो हुनु पुलिसको धर्म सुरक्षा दिनु गुरुको धर्म शिक्षा दिनु वा ज्ञान हस्तान्तरण गर्नु आदि दुई, निश्चित दार्शनिक विचार अभियानबाट निर्माण भएका अनुयायीहरूको सम्प्रदाय जस्तो; क्राइष्टको विचार मान्ने क्रिश्चियन बुद्धको विचार मान्ने बुद्धिष्ट, महावीरको विचार मान्ने जैन, पैगम्बर मोहम्मदको विचार मान्ने इस्लाम आदि तेस्रो, मान्छेको आध्यात्मिक, नैतिक तथा व्यावहारिक जीवनलाई निर्देशित गर्ने तरिका वा जीवन दर्शन जस्तो; रजनिशको ओशोधारा, पताञ्जलीको योग आदि चौथो, निश्चित प्रकारको इतिहास, परम्परा, संस्कृति, सामाजिक जीवन मनोविज्ञानबाट भनेको मानव सभ्यताको समुच्चय जस्तो; हिन्दू, किरात आदि यो वर्गीकरणमाहिन्दूभनेको क्रिश्चियन, बुद्धिज्म, जैनिज्म, इस्लामिज्मजस्तोधर्महैन किरातजस्तो सभ्यता हो नेपालमा धर्मलाई दोस्रो हैन, पहिलो, तेस्रो चौथो अर्थमा लिइन्छ तर, अंग्रेजीकोरिलिजन भारतमा प्रयोग हुनेपन्थले भने दोस्रो अर्थ दिन्छ संविधान निर्माताहरूले यो अर्थभेद नबुझ्दा वा बुझेर पनि त्यसलाई महत्त्व नदिँदाधर्मको राजनीतिले चलखेल गर्ने अवसर पाएको हो

जसरी युरोपकोसेक्युलरिज्म भारतकोपन्थ निरपेक्षताएउटै कुरा थिएन, त्यसैगरी भारतकोहिन्दुत्व नेपालकोधर्मनिरपेक्षता विरोधीआन्दोलन एउटै हैन धर्म सुधार आन्दोलनअघिको युरोपमा जस्तो दक्षिण एसियाका हिन्दू, बौद्ध, किरात, बोन, शिख वा जैन समुदायमा मन्दिर, गुम्बा वा देवीस्थानहरूले राज्य सञ्चालन गर्दैनथे यहाँ धर्म राजनीतिका शक्तिकेन्द्रबीच सधैँ पृथकता थियो, पृथक गर्नुपर्ने आवश्यकता नै थिएन युरोपेली अर्थकोसेक्युलारिज्मवाधर्मनिरपेक्षतापूर्वीया चिन्तन दक्षिण एसियाली सभ्यतामा बनेका समाजका लागि प्रयुक्त थिएनन् दोस्रो कुरा, भारतमा हिन्दुत्वको राजनीतिको अर्थ हिन्दू धर्मआधारित राजनीति हैन, ‘सांस्कृतिक राष्ट्रवादहो करिब सय वर्ष मुगल अंग्रेजबाट शासित भएको पीडाले सृजित एक स्थानीय प्रतिरोध वा राष्ट्रियताको पुनर्जागरण हो नेपाल कहिल्यै कुनै साम्राज्य वा विदेशी समुदायबाट शासित नभएको हुँदा यो सन्दर्भ पनि यहाँ आकर्षित हुँदैन साथै नेपालमा सांस्कृतिक राष्ट्रवादको अर्थ कुनै एक धर्मिक राष्ट्रवाद नभएर बहुसांस्कृतिकतावाद नै हो नेपालमा हिन्दूलगायत बौद्ध, किरात, बोन अन्य स्थानीय प्रकृतिपूजक संस्कृतिको सम्मिश्रण भारतमा पनि यो विविधता बहुलता , तसर्थ त्यहाँ पनि सङ्घीयता तर, त्यहाँको राजनीतिमा पूर्वीया सभ्यताआधारित सांस्कृतिक राष्ट्रवादको अर्थमाहिGदुत्व' को प्रयोग भइरहेको नेपालको आजको माग भने बहुसांस्कृतिकतावादी राज्य हो जो संविधानको धारा मा प्रष्ट स्वीकार गरिएको

हिन्दूत्वको राजनीतिमाअखण्ड भारतको परिकल्पना , जसले दक्षिण एसियामा एउटै विशाल राज्यको अवधारणामा विश्वास गर्दछ चीनको कैलाशदेखि इन्डोनेसियाको बालीसम्म, म्यानमारदेखि अफगानिस्तानको कान्दाहारसम्म एक निष्कन्टक हिन्दूमहासाम्राज्यको कल्पना गर्दछ, यो अवधारणाभित्र नेपालको सार्वभौमसत्ता सुरक्षित हुन सक्दैन हिन्दुत्वको राजनीतिनेपालको राष्ट्रियता, सार्वभौमसत्ता अखण्डता विरुद्धमा हुन्छ एउटै सभ्यताभित्र पनि धेरैवटा राज्य हुन सक्दछन् भन्ने मान्यताका आधारमा मात्र नेपाल सार्वभौम रहन सक्दछ नेपालमा धर्मको राजनीति गर्नेहरूले यो यथार्थलाई राम्ररी बुझ्न सकेका छैनन्

जसरी हिन्दू हिन्दुत्व फरक-फरक कुरा हुन्, त्यसरी नै हिन्दू राजतन्त्र पनि फरक-फरक मान्यता हुन् पूर्वीया समाजका प्रारम्भिक राज्यहरू गणतान्त्रिक नै थिए आजको जस्तो आवधिक निर्वाचनसहितको लोकतन्त्र हुन सम्भव थिएन तर, सकेसम्म लोकतान्त्रिक हुने प्रयास गर्थे राजतन्त्र भने विस्तारै विकास भएको वंशवाद सामन्ती राज्यप्रणाली हो कृषिको युगसँगै स्थानीय सामन्त महासामन्त हुँदै राजतन्त्रको प्रचलन विकास भएको थियो हिन्दू समाजमा दुष्ट राजाहरूको बध, राजतन्त्र विरुद्धको विद्रोहलाई न्यायिक नैतिक मानिन्थ्यो विष्णुले बेनबध गरेका थिए कृष्णले कंश शिशुपालबध गरेका थिए रामले वाली रावणबध गरेका थिए तसर्थ, धर्मको बहस निरङ्कुश राजतन्त्र पुनर्स्थापनाको आकांक्षाबीच कुनै सम्बन्ध छैन हुन पनि सक्दैन।

संविधानमाधर्मनिरपेक्षताको साटो नेपाल एकसभ्यतासापेक्ष सम्प्रदाय निरपेक्ष राज्यहो लेखिएको भए सायद त्यसले नेपालको वास्तविक स्थिति मनोदशालाई समेट्न सक्ने थियो धर्मको राजनीतिगर्नेहरूले पनि यति ठूलो चलखेल गर्ने अवसर पाउने थिएनन् धर्मको आडमा निरङ्कुश राजतन्त्र फिर्ता गर्न चाहने अधिनायकवादी शक्तिहरूको हल्लीखल्लीले नै कुनै अर्थ राख्दथ्यो सम्भवत: यो सबै प्रकारका मनोभावनाबीच एक साझा मिलनबिन्दु वा समाधान हुन सक्दथ्यो