
शास्त्रदत्त पन्त,
तेश्रो मुलुकका देशहरुमा राजनीतिक सिद्धान्त र धरातलीय यथार्थ व्यवहार अत्यन्तै फरक पाइन्छ । सिद्धान्त एकातिर, काम अर्कोतिर हुनेगर्छ । सिद्धान्तभन्दा नेता प्रधान भएर दल परिचालित हुन्छन् । त्यसैले दलभित्र विरोधभासी सिद्धान्त हुने गर्दछन्, अन्तर द्वन्द्व हुने गर्दछन् । पर निर्भरको भावना व्यापक हुन्छ । अनि राष्ट्रियता कमजोर हुँदैजान्छ । राष्ट्रिय विकासको समस्या अत्यन्त उँचो हुन्छ । लगानी अनुसार प्रतिफल हुँदैन । त्यसले ऋणभार मात्र बढाएको हुन्छ ।
त्यहाँ थुप्रै विरोधभाषी कार्यक्रमहरु सञ्चालन हुने गर्दछन् । राष्ट्रिय स्रोत र राजश्वको सर्वत्र दुरुपयोग हुन्छ । जनताले तिरेको करको प्रतिफल पाउँदैनन् । राष्ट्रिय मूलनीति निर्माण नगरिकन कार्यक्रमहरु बनाइन्छन् । ती कार्यक्रमहरु दाता वा सल्लाहकार वा नेताविशेष, व्यक्ति विशेषको सन्काहटमा बनाइन्छन् । जनहित भन्दा ती निहित रुचीमा बहकिएका हुन्छन् । नेताहरुमा दीगो तथा राष्ट्रवादी विचारले ओतप्रोत भएका विचार हुँदैनन् । तिनले भम्भीर रुपमा गृहकार्य गर्दैनन् । सबै काम हचुवाका भरमा गर्दछन् ।
त्यसले लगानी मनग्य बढाउँदछ तर उपलब्धि भने केहि हुँदैन । देश अनावश्यक रुपमा विदेशी ऋणभारको दलदलमा फस्दछ । प्रजातन्त्रको अपव्याख्या हुन्छ । दलका नेतामा साम्यबाद र पुँजिबाद बुझई र नथ्याई, समाजबाद र खुलासमाज, उदारबाद र निजिकरण, सहकारी र उदारबाद जस्ता विषय बस्तुलाई आफ्नो देश अनुकुल हुन्छ कि हुँदैन भनेर नियाल्न सक्ने खुवी हुँदैन । पुरै पुस्ताले प्रयोगका लागि प्रयोग कामभित्र रुमलिनु पर्दछ ।
तिनले असफल प्रयोगको नियति भोग्न बाध्य हुन्छन् । पद्धति, बाद, सिद्धान्त, नीति र कार्यक्रम तथा ऐन नियममा अन्तर बिरोधी कुरा यति धेरै हुन्छन् कि राज्यले कार्यन्वयन गर्न नै सक्दैन । गरे पनि अवरोध हुन्छ, ढिलो हुन्छ, महंगो हुन्छ ।
क्रमसः .........


0 comment