मदन वास्तोला,

आयुर्वेद शब्दको अर्थ संस्कृत भाषामा यस्तो भनिएको छ । हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितं । मानं च तच्य यत्रोक्तमायूर्वेदः स उच्यते । हाम्रो ३ प्रकारको शरीर हुन्छ  १) स्थुल शरिर २) सूक्ष्म शरीर र ३) कारण शरीर । सूक्ष्म शरीरका १७ अवस्था हुन्छन् । यी सबै  शरिरको बारेमा ज्ञान उपचार, रोगको पहिचान, भोजन र रोगको निदान गर्ने शास्त्र आयुर्वेद हो ।  

प्राचीन आयुर्वेदमा अत्यन्त महत्वपूर्ण औषधीको रूपमा  परिचित जडिबुटी अश्वगन्धा हो । यो १४औ शताब्दीमा पत्ता लागेको बताइन्छ । सायद घोडाको जस्तो गन्ध आउने कारण यो जडीबुटीलाई अश्वगन्धा भनेको हुन सक्छ । यो स्त्री र पुरुष दुबै जातिलाई उत्तिकै फाइदाजनक  छ ।  यसका दुई प्रजाति छन् । अश्वगन्धा नेपाल भारत लगायत धेरै देशहरूमा पाइन्छ । यसको जरा र पात दुबै औषधीको रूपमा प्रयोग हुन्छ । यो १ देखि २ मिटर सम्म अग्लो हुने सदावहार झाडीदार वनस्पती हो । यसको जरा मूल ३० देखि ५० सेन्टीमिटरसम्म लामो औला जत्रो र ठाउँ विशेषमा मसिनो पनि हुनसक्छ । यो बाहिरबाट हेर्दा फुस्रो र भित्र हेर्दा सेतो हुन्छ । यो झुसे वनस्पति हो । 

अश्वगन्धाको नेपालमा प्राकृतिक रूपमा भए पनि अहिले आएर यसको व्यावसायिक खेति पनि हुन थालेको छ । यसको खेती विजबाट हुन्छ, कलमी हुदैन । बिउ रोपेको ५।६ महिनामा बिरुवा औषधीका लागि प्रयोग गर्न योग्य हुन्छ । 

अश्वगन्धाको जरा तागत बढाउने, नपुंसकता, वाथ, भिरिंगी, अनिन्द्रा, शरीरको दुर्बलता, थकान मेटाउने, महिनावारी गडवड हुँदा, पाठेघरको समस्यामा फाइदाजनक छ । वजन बढाउछ, प्यारालाइसिस, दुखाइ कम गर्न, चिन्ता हटाउँछ, । अटिज्म, आर्थराइटिस, जस्ता रोगमा पनि यसको प्रयोग हुन्छ । अश्वगन्धाको पात लुतो्, ट्यूमर र अल्सरमा प्रयोग गरिन्छ । फल पिसाब बन्द भएकोमा खुलाउन प्रयोग गरिन्छ । यो क्यालसियमको ठूलो स्रोत हो । यसले बाङ्गिएको हड्डि पनि सिधा वनाउछ । त्यसैले हामीले पनि हाम्रो जीवनस्तर उठाउन सुहाउदो हावा पानी  भएको ठाउँमा अश्वगन्धा खेती गरेर घरघरमा प्रयोग गर्ने बानी बसालौं । अश्वगन्धाबाट निम्नानुसारका औषधीहरू उत्पादन गरिन्छ । १) अश्वगन्धा चूर्ण २) अशोकारिष्ट ३) अश्वगन्धारिष्ट ४) अश्वगन्धातेल ५) अश्वगन्धावटी ६) अश्वगन्धा ट्याबलेट तथा सिरपमा पनि पाइन्छ ।

हिन्दु धर्मावलम्बीहरूले लक्ष्मी पूजा गर्दा लक्ष्मीलाई खुसी पार्न अश्वगन्धाको टुक्रा चढाउने चलन छ । 

अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि एक फिटसम्म लामो एक–डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ । जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नसायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ ।