रामशरण पाण्डे 

साँचो कुरा के हो बुझ्न विभिन्न घटनाको बारेमा खोजि गर्न जरुरि छ। किन यो देशमा कोशी सम्झौता भयो ? रातको १२ बजे महाकाली सन्धि भयो र यो सन्धिले नेपालाई के फाइदा भयो ? खोजि हुन पर्छ।

माहाकाली पास गर्ने बेलामा सेरबाहादुर देउवाले बोलेको कुरा नबुझे पनि सबैले बुझ्ने गरि के पी ओली ले त् बार्षिक २० अरब नेपाललाई फाइदा हुन्छ। अब नेपालमा सुर्य पश्चिम बाट उदायो कसैले रोक्न सक्दैन भन्थे आज के भयो ? पश्चिमबाट ओली ले भने जस्तो सुर्य उदायो ? उनले भने जसरि नेपालमा बिकास भयो त् ? कसैले खोजे को छ ?

हामो जस्तो देशले आफ्नो लागि बिकास त्यस बेला सम्म गर्न सक्दैन जबसम्म हरेक पार्टी नेतृत्व र बुद्धिजिविहरुमा बिदेशी दलाल को प्रभुत्व कायम रहन्छ। राजनीतिक पार्टीले लियको नीति र उदेस्य लागु गर्न खोज्दा उक्त पार्टी सके फुट्छ नफुटे पार्टी भित्र धेरै गुट-उपगुट परिणत हुन्छ। नेपालका राजनैतिक दलहरुले जबसम्म नेपाल र नेपालीको हित र उन्नति को लागि योजना बनाउन सक्तैनन बनेको योजना लागु गर्न स्वतन्त्र हुदैनन् नेपालको प्राकृतिक स्रोत परिचालन गर्न सक्दैनन् तब सम्म देश विकास हुदैन। 

नेपालको संविधानले मन्त्रि बन्न चुनाव जित्न पर्छ भन्छ तर नेपालमा मन्त्रि हुन् चुनाव जित्न पर्दैन चुनाव हारेको भयपनि खास बिषयमा खास निर्णयका लागि बिदेशी एजेन्ट बने पुग्छ। सचिब हुन् योग्यताले पुग्दैन पुलिस प्रमुख हुन् सेना प्रमुख हुन् प्रधान न्यायधिस हुन् योग्यताले पुग्दैन बिदेशीको एजेन्ट हुनै पर्छ । २०४६ पछि सक्तिमा पुग्न एजेन्ट हुनै पर्ने जुन परिपाटी छ त्यसको अन्त्य नभय सम्म देश उभो लाग्दैन। यस्तो अबस्थामा याँहाका सिक्षित युवायुवतीले नेपालमा काम पाउदैनन योग्यता बेच्न बिदेसिन पर्छ। 

त्यति मात्र होइन नेपालमा सडक ठुला बनाउन इन्डियाको सहमति लिनु पर्दछ [सिन्दुली बर्दिबास सडक ] इन्डियाले अनुमति नदिएकै कारण ४ लेन बाट २ लेन भयको हो। यो कुरा प्राय सबैलाई थाहा छ। नेपालमा खनिज उत्खनन गर्न इन्डियाको अनुमति चाहिन्छ। नेपालमा ठुला बिधुत योजना बन्न इन्डियन अनुमति चाहिन्छ । यस्तो किन हुन्छ ? खोजि कसैले गर्दैनन्। यता पेट्रोलियन पदार्थमा स्वचालित मुल्या दर चालुगर्दा बिद्यार्थी संगठनले बिरोध गर्छन टाउको फुटाउन तयार हुन्छन। आयल निगममा हुने भ्रष्टचार कमिसनको बारेमा कोहि बोल्दैनन। माथि उल्लेखितको इन्डियन बाध्यकारी निर्देशनको बिरुद्ध कोइ बोल्दैनन। सिमा मिचिदा कसैको स्वर निस्कनै सक्दैन। 

उता नेपालको स्थानीय निकाएको रकमले नजानिँदो तरिकामा भारतीय मार्केटिंग गरिरहेको हुन्छ । बिना योजना गाँउ गाँउ सडक बन्छ इन्डियन गाडी बिक्रि बढ्छ त्यसै गाडीले इन्डियाको हरियाणामा फलेको केरा बिहारमा उब्जेको चामल लियर गाँउ पुग्छ। हाम्रो खेत बारी बाँजो छ। त्यसको बिरोध हुँदैन त्यसो हुँदा प्रश्न उठ्छ नेपालका राजनैतिक संगठनका भात्री संगठन पनि बाहिर बाटै चल्छन ? किन यसो भयोहोला ? यो त एक उदाहरण मात्र हो। 
नेपालमा यसो हुनु हामि नेपाली जनताको पनि दोष छ। अर्को कारण हो संचालित एजेन्ट नेताहरुको कारण। यत्ति त् छुट्याउन पर्ने हो तर हामि तयार छैनौ । ठुला सडक बनाउन,ठुला सिचाई बनाउन ठुला जलबिधुत बनाउन त्यति मात्र होइन सचिब बनाउन मन्त्रि बनाउन सबै कामका लागि भारतीय अनुमतिको आबस्यकता पर्छ भने के यो देश स्वतन्त्र छ ? त्यसो हो भने नेपाल कहिले स्वतन्त्र हुन्छ ? नेपाल कहिले बिकसित हुन्छ ? हामिले कहिले आफ्नो खुसि आफ्ना लागि काम गर्न पाउछौ ? अनि फेरी पनि प्रश्न उठ्छ के नेपाल स्वतन्त्र मुलुक नै हो त् ?

एम सी सी को अनुदान नलीय राम्रो हुन्न भन्दै अमेरिकन मन्त्रीले धम्की दिन्छन इन्डियाले तालि बजाउछ हाम्रा भनियका सरकार प्रमुख पार्टी र नेता लुरुक्क पर्छन र म माथि दवाब छ भन्छन। के यहि हो स्वतन्त्रता ? स्वतन्त्र देशमा यस्तै दवाब झेल्नु पर्छ ? ठुला दलहरुका नेता कार्यकर्ताहरुले देश वासीलाई बुझाउन पर्यो किन यसो भो ? भन्न सक्छन हिक्मत छ ?

 यस्ता घटनाहरु जबसम्म देशमा बिदेसी दलाल रहन्छन निजि फाइदामा आफुलाई बेच्ने हरु बिदेशी ग्रिन कार्ड र पिआर लिनेहरु नेपालमा हाबी रहन्छन। देशको बिकास हुदैन अनि त्यहि दलाल ग्रिन कार्ड पिआर धारी नामका नेता कार्यकर्ता देशमा रहे सम्म देश बिकास कल्पना नगर्दा हुन्छ। अनि गाँउमा त्यस्तै व्यक्तिको प्रभाब रहेसम्म गाँउ बिकास हुन् सक्दैन। विभिन्न देशका ठुला एजेन्टका खुद्रा गाँउ एजेन्ट रहे सम्म स्वतन्त्र नागरिकले कुरा के हो बुझ्ने सक्दैनन् यिनीहरु विभिन्न सब्द,सब्दमा जालझेल गर्छन जसरि हिजो महाकाली सन्धिको बारेमा गरे आज एम सी सी को बारेमा विभिन्न भ्रम र बुझाइ छ। एम सी सी को असली कुरा अमेरिकन स्वर्थ हो । हामि याँहा मानिस बिच्छे पार्टी बिच्छे धारणा बनाउछौ किन ? हल्लाको पछि किन लाग्छौ ? यथार्थ बहस किन गर्दैनौ ? कुनै कारण छ ?

अहिले त अंग्रेजी सब्दमा भयको एम सी सीका हरफहरु आफूअनुकुल नेपालीमा ट्रांस्लेट गरेर एम सी सी नेपालको हितमा छ भन्दै सस्था गत प्रचारमै लागेको छन्। यस्तो नेपाली विभाजित बनाउने एउटा मात्र कारण हो यिनै दलाल,एजेन्टहरु, ग्रिन कार्ड र पिआर धारीहरु जसको स्वर्थ कै कारण नेपाली विभाजित बने यिनीहरुकै कारण राजनैतिक पार्टी एक हुन् सक्दै सक्दैन। विभिन्न पार्टीको कुरा छोड्नुस एकै दल भित्र पनि एक हुँदैन फरक फरक गुट- उपगुट हुन्छ। यस्तो अबस्थामा राष्ट्रिय स्वार्थमा कहिले एक हुने ? दलहरु एक नभय सम्म राष्ट्रिय योजनाको लागि राष्ट्रिय नीति बन्न सक्दैन । राष्ट्रिय मूल नीति नबने सम्म न देश स्वतन्त्र हुन्छ न बिकास नै।

त्यसैले नेपालको समस्या दलाली प्रबृर्ती हो यो दलाली प्रबृर्तीको उपचारक नेपाली जनता हुन् तर जनतामा पनि एकता छैन तिनै दलालहरुको संगठनमा बिभिन्न नामले बाँडीएका छौ । यस बाट मुक्ति हुने कहिले ? आम शिक्षित युवा युबतिहरुले सोच्न सक्नु पर्दछ। जब सम्म जनतामा देशका लागि एकीकृत भाब जाग्दैन नेपाल देश बिकसित हुदैन। नेपाल बिकासको कुरा छाडौ नेपालको हितमा बिना अबरोध कुनै काम गर्न सक्ने छैन। नेपाल बिकसित हुन् स्वतन्त्र पुर्बक योजाना बनाउने र काम गर्ने बाताबरण हुनु पर्दछ। त्यसकालागि बर्तमान दलहरुका एजेन्ट नेताहरुलाई लखेट्न सक्नु पर्छ। परिबर्तनका लागि हामि आफै पनि बदलिन आबस्यक छ।

देश हितका लागि बिकसित नेपाल बनाउनका लागि एउटा पुस्ताले त्याग नगरी सम्भब नै छैन त्यसैले एजेन्ट लखेट्ने काम पो गर्ने कि ?