हरि चौधरी,

काठमाडौंं – कल्पना गर्नुस् एउटा मोनार्क पुतली पुष्परस अगवा प्रणयका लागि जुलाई महिनाको आर्द्र वातावरणमा उडिरहेको छ । त्यत्तिकैमा हावा सँगसँगै पानीका थोपाहरु सर्वत्र झर्न थाल्छन् । तर मोनार्क पुतलीका लागि यो साधारण, तुच्छ वा नगण्य कुरा होइन । तैपनि पानीको थोपा मोनार्क पुतलीमाथि खस्नु भनेको फागु पूर्णिमा वा होलीमा तपाई हामीलाई पानी भरिएको बेलुनले लाग्नु जस्तै हो । तर भारी बर्षाका बेला ठूला साना पुतलीहरु एकदमै कम देखिन्छन् अथवा देखिदैनन् । साना पुतलीहरुका लागि बर्षा घातक पनि हुन सक्छ । त्यति बेला वातावरणमा कम तापमानका कारणले पुतलीहरु उड्नका लागि असहज अनुभव गर्दछन् । उडानको तयारी गर्ने क्रममा यी बायु एक्रोव्याटहरुले आफ्ना पखेटा सूर्यको प्रकाशमा फैलाउँछन् जसले यिनलाई उड्नका लागि सहयोगी मांसपेशी अर्थात् फ्लाइट मसललाई न्यानो पार्न मद्दत गर्दछ । बादल लागेका बेला पखेटाका लागि आवश्यक सौर्य विकिरण सीमित मात्रामा मात्र प्राप्त हुन्छ ।

अतः यिनीहरुका लागि बर्षा घातक हुने हुनाले हावा र पानीका थोपाहरुको अनवरत आघात पछि यिनीहरु आफ्ना लागि अनुपयुक्त अथवा प्रतिकुल वातावरणमा पनि खस्ने सम्भावना रहन्छ भने त्यहाँ कम तापमानका कारण फेरि उड्ने सम्भावना पनि नगण्य हुनेछ । अनि खस्दा कीटभक्षी जीवहरुले आहारा बन्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले जब आकाशमा कालिमा फैलिन थाल्छ अर्थात् दिन राततर्फ उन्मुख हुन्छ । पुतलीहरु आफ्ना लागि सुरक्षित विश्राम स्थलमा पुगिसकेका हुन्छन् ।्

पुतलीहरुका लागि सुरक्षित बिश्राम वा आश्रय स्थलहरु हुन् – अलग घाँस, वनस्पति, झ्याँङ्गिएको झारपात, ठूला पातहरु मुन्तिर, रुखका टोड्का, गुफा तथा कुनै अवस्थामा मानव निर्मित भुण्डिएको टोकरी आदि । यिनीहरु झ्याङ्गिएको रुखमा हाँगाहरु मुन्तिर पनि आश्रय लिन पुग्दछन् । यस्ता आश्रय स्थलहरुले यिनीहरुलाई पानीका थोपाहरुबाट सुरक्षित राख्दछ । पानी परेको बेला मान्छे जस्तै पुतलीहरुमा कम तापमानका कारण कीटभक्षी जीवहरुको आहारा बन्नबाट जोगिनका लागि पुतलीहरु सुरक्षित स्थानमा आश्रित रहेका हुन्छन् । अनि झलमल्ल घाम लागेको केही क्षणमै यिनीहरु उड्न र प्रणयक्रियामा व्यस्त हुन थाल्दछन् । त्यसैले पानी परेको बेला तपाईहरु पनि सुरक्षित स्थानतिर लाग्नुस अनि घाम झल्याक्क झुल्किए पछि रङ्गीचङ्गी पुतलीहरु उडेको हेरेर आनन्दित हुनुहोस् ।