काठमाडौं – युवाहरुको काँधमा राष्ट्र उभिएकोहुन्छ । यही अवस्थामा नै जोस जाँगरहरु पलाएका हुन्छन् । युवाहरु नै राष्ट्रिय संकटका पहरेदार, समाज सुधारक, आशाका केन्द्र बिन्दु, न्यायका पक्षधर एवं राष्ट्रका महत्वपूर्ण पूँजी हुन् । यस्ता महत्वपूर्ण सम्पत्ति नै लागूपदार्थ दुव्र्यसनी भएर खुट्टा लर्वराउछन् अर्थात् खुट्टा कमाउछन् भने राष्ट्र थाम्न सक्दैनन् । राष्ट्र चाहिँ अधोगतितर्फ लाग्ने गर्दछ । यो कुरालाई मनन् गर्नु पर्दछ । साँच्चीकै हामी युवावर्गले सोचेनौ भने एक त हामी आफै नाश हुन्छौं । यसैमा आशा भरोसामा रहेका परिवार, समाज र छरछिमेकको मनले पनि धिक्कार्ने छ । फलानाको छोराले केही गर्छ कि भनेको केही गर्न सकेन त्यस्ता छोरा बाँच्नु भन्दा त मर्नु नै बेश हुन्छ भन्ने गर्दछन् । त्यसैले हाम्रो राष्ट्र थामिने खुट्टा र काँधलाई बलियो बनायो भने राष्ट्र अगाडि बढ्छ । खुट्टा र काँध बलियो बनाउनको लागि दुव्र्यसनी नबनौं ।

यति महत्वपूर्ण अवस्थालाई दुव्र्यसनी बनायौ भने राष्ट्र अपाङ्ग हुन्छ । अपाङ्ग राष्ट्र विश्वको प्रतिस्पर्धामा धेरेपछि पर्दछ । जन्मिएर मैले पनि समाज र राष्ट्रको लागि केही महत्वपूर्ण काम गर्नु छ भन्ने सोचिन्छ भने आफूलाई आजैदेखि त्यागौं । महत्वपुर्ण काम गर्नको लागि असल साथी, असल समाज, असल गुरु खोज्नुपर्छ । र म पनि असल हुन्छु भनेर सोच्ने युवा कहिल्यै पनि कुनै पनि काममा पछाडि पर्दैन किनकि आफुलाई परिवर्तन नगरी समाजलाई परिवर्तन गर्न सकिदैन भनिन्छ । “बालेको बत्तीकले मात्र अर्को बत्तीलाई बाल्न सक्छ” तसर्थ बुढेस कालमा सर्वनास भइसकेपछि सोच्नुभन्दा अहिले नै सोचविचार पु¥याउनुपर्छ । त्यो सोचविचार भनेको दुव्र्यसानी दुनबाट बच्नु हो, यिनै लागूपदार्थ असल र सभ्य समाजको कलङ्क पनि हो ।