काठमाडौं - आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ ।
यस परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।



0 comment