काठमाडौं - सरकारले शनिवार र आइतवार विदा दिएसँगै विद्यालयहरुको समय के हुने भन्ने आम चासोको विषय बनेको छ । विशेषगरी सरकारले इन्धनको खपत कम गर्न भन्दै मन्त्रीपरिषदको बैठकले शनिवार र आइतबार दुईदिन सरकारी कार्यालय र शैक्षिक सस्था बन्द रहने निर्णय गरेको थियो । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सुचना अधिकारी उपसचिव मधु प्रसाद घिमिरेले अन्य सरकारी कार्यालयको समय ९ वजेदेखि ५ वजेसम्म भए पनि शैक्षिक संस्थाहरुको समय १० देखि ४ नै हुने विशाल नेपाल खबरलाई बताएका छन । उपसचिव घिमिरेले भने विद्यालयहरुको समय १० वजेदेखि ४ वजे नै हुन्छ । खासगरी मध्यपूर्वको लडाईले अहिले इन्धनको मुल्य वृद्धि भएको छ भने केही समयपछि इन्धनको आपूर्तिमा समेत समस्या देखिने बताइएको छ । सरकारले जगेडा राखेको इन्धनले बजार धानीरहेको हुनाले इन्धन नपाइएला भन्ने त्रासमा आम जनता रहेको बुझिन्छ । यसबारे आयल निगमसँग बुझ्दा इन्धन अभाव नहुने बताइएको छ ।