काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघरमा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।
आइतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आयोजना गरेको उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्बिरहरू प्रदर्शन गर्दै विरोध जनाइएको थियो। “जनता बालेनको खोजीमा, बालेन मोदीको गोजिमा” लगायतका नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। उनीहरुले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहीत विपरीत रहेको आरोप लागाउँदै फिर्ता लिन माग गरेकाछन् ।


0 comment