काठमाडौं - पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्।
ट्रायल कोर्टले गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनी लाहोरस्थित निवासबाटै पक्राउ परेका हुन् । तेहरिक-ए-इन्साफले उक्त फैसलामा विभेद् भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ। यस फैसलालाले न्यायाकै हत्या भएको पार्टीको भनाइ छ।
जेल सजायसँगै पूर्व प्रधानमन्त्री खानले आगामी पाँच वर्षसम्म चुनाव लड्न पाउने छैनन्।
0 comment