काठमाडौं – संसारकै बहुमूलय वनस्पतिमध्येको एक अगरउड बनस्पतीले नेपालमा मूल्य पाएको छैन । नेपालमा अधिकांश ठाउँमा हुने यो प्रजातिको बनस्पतिबारे वन नीति नबनेका कारण सस्तो मूल्य नपारेको वनस्पति विज्ञहरु बताउँछन् । अगरउड वनस्पति संसारकै बहुमुल्य बनस्पतिमध्ये सातौ नम्बरमा पर्ने जानकारहरु बताउँछन् । 

अगरउड छिटो हुर्कने र बहुगुणले भरिपुर्ण वनस्पति हो । थेमेलिसिया परिवारमा पर्ने यो रुखको बैज्ञानिक नाम एक्युलारिया मालासेन्सिस हो । यसको प्रकृति सदावहार किसिमको हुन्छ, जुन २० देखि ७० फिटसम्म अग्लो हुन्छ । यसको प्राकृतिक भूमि दक्षिण–पुर्वी एसियाका देश भारत, थाइल्यान्ड, मलेसिया, म्यानमार, जापान र कम्बोडिया आदि हुन् । अगरउड सामान्यतया समुद्र सतहदेखि १५०० मिटरसम्मको उष्ण र समशीतोष्ण क्षेत्रका मध्यपहाडी क्षेत्रमा, तराई, भित्री मधेस तथा भावर प्रदेशका जुनसुकै जमिनमा पनि खेती गर्न सकिन्छ । यो प्रशस्त पानी पर्ने क्षेत्र अथवा १८०० देखि ३५०० मिमि बर्षात् हुने स्थानमा उपयुक्त तवरले हुर्केको पाइएको छ र नेपालको हावापानीमा पनि राम्रोसँग हुर्कन सक्छ । 

अगरउड धेरै वर्ष पहिले प्राकृतिक रुपमै जङ्गलमा पाइन्थ्यो । यसको गुण धेरै भएकाले गर्दा संसारभर माग र मूल्यमा भएको बृद्धिका कारण प्राकृतिक भूमि वा जङ्गलमा लगभग लोप हुने अवस्थामा पुगेको हुँदा हाल पपुवान्युगिनी, मलेसिया र भारतका सरकारहरुद्वारा संरक्षित वनक्षेत्रमा केही मात्रामा प्राकृतिक रुपमा पाइन्छ । 

अगरउडका करिब १५ वटा प्रजाति भए पनि हाल नेपालमा भारतको आसाम क्षेत्रमा पाइने मालाकान्सिस प्रजातिका विरुवा केही जिल्लामा लगाउन सुरु गरिएको छ । एक्युलारिया प्रजातिका रुखमा विशेष किसिमको ढुसीको संक्रमण भएपछि मात्र एक किसिमको खोटो वा रेजिन उत्पादन हुन सुरु गर्छ । यही रेजिन रुखभित्र विभिन्न आकारमा जमेर अगरउड बन्छ । यही उड नै संसारभर सर्वाधिक माग भएको बहुमुल्य बास्नादार काठ हो । यो काठ बास्नादार तेल, धुप, अत्तर र औषधी बनाउने कच्चा पदार्थका रुपमा प्रयोग भएको पाईन्छ । 

अगरउडको महत्व
अगरउडबाट आउने बास्ना अति सुगन्धित र विशिष्ट किसिमको हुन्छ, जसबाट सौन्दर्य प्रशाधन, सौखिन र औषधिजन्य वस्तु उत्पादन गरिन्छ । यसमा ७० भन्दा धेरै किसिमका रसायन हुनेहुँदा यसको प्रयोग गरी बनाइएका औषधि कलेजो, मिर्गाैला, कर्करोग (क्यान्सर), दम, क्षयरोग, मानसिक तनाव, बाथ, अपच, अरुचि, शरीर दुख्ने र रिङ्गटा लाग्ने जस्ता बिरामीको उपचारमा प्रयोग गरिन्छ । अति सुगन्धित र विशिष्ट किसिमको बास्नाका कारणले नैराश्य, हतोत्साह र कुण्ठाले ग्रस्त मानिस पनि चङ्गा, उत्साही, उमङ्गित र प्रफुल्लित हुन पुग्छन् । संसारका धनी मानिस घरमा विशिष्ट पाहुनाको स्वागत, चाडबाड र पुजाआजामा सुन वा चाँदीले बनेका र त्यसमा हीरा, मोती र मूल्यवान रत्नजडित धुपौरोमा अगरउडको धुप बाल्ने गर्छन् विभिन्न धर्म सम्प्रदायका मानिसले जन्मदेखि मूल्यसम्मका संस्कारमा यसको धुप र तेलको प्रयोग गरेको पाईन्छ । 

यसका पारखीले यसबाट बनेको तेल, साबुन, मन्जन, डिटरजेन्ट पाउडर, क्रिम, चक्लेट कन्फेक्सनरी, चिया, चुरोट र रक्सीमा समेत प्रयोग गर्छन् । यसको सेवनले शरीरमा शक्ति, स्फुर्ति बढ्ने, रक्तसञ्चार, श्वासप्रश्वास र पाचन प्रणाली पनि राम्रो राख्ने हुन्छ । अगर निकालेर बाँकी रहेको काठबाट अगरबत्ती तथा माला बनाएर लगाउने चलन पनि छ । यसको काठमा काष्ठशिल्प गरेर सजावट गर्ने पनि गरिन्छ । सम्पन्न परिवारका मानिसमा अगरको प्रयोग बैभव सम्पन्नताको पर्याय तथा संस्कृति बनेको देखिन्छ । 

अगरउडको मुख्य व्यापार सिङ्गपुर, जापान, ताइवान, कोरिया, अरब देशहरु अमेरिका, चीन, फ्रान्स, थाइल्यान्ड र मलेसियामा हुने गरेको छ । करिब तीन हजार बर्ष अगाडिदेखि भारत र चीनलगायतका दक्षिण–पूर्वी एसियाका देशबाट यसको व्यापार हुने गरेको पाइन्छ । यसको धुपलाई स्वर्गको सुगन्ध भन्छन् भने रुखलाई भगवानको वृक्ष पनि भन्ने गरिन्छ । 

अगरउडको रङ्ग, आकार, बाक्लो, पातलो, प्रकार र यसमा हुने तेल र बास्ना, सुगन्धको आधारमा यसको श्रेणी, गुणस्तर र मूल्य निर्धारण गरिन्छ, जुन पूतिकेजी लाखौ रुपियाँसम्म पर्ने बताइन्छ । खाडी मुलुकका ठुल्ठुला व्यापारीले यसको खेती हुने क्षेत्रमा जग्गा खरिद गरेका छन् । एक्युलारिया प्रजाति साइटिसको अनुसूची–२ मा परेको हुँदा यसको सामान्य प्रक्रिया पूरा गरेर वैधानिक तवरले खेती गर्न, उत्पादन, सङ्कलन, आयात, निर्यात र व्यापार संसारभर गर्न सकिन्छ । 

अगरउड प्रजातिको वनस्पतिको मलेसिया, भियतनाम, चीन, थाइल्याण्ड, भुटानदेखि भारतसम्म पनि व्यवसायिक रुपमा खेती हुने गरेको छ । नेपालको २५ प्रतिशतभन्दा बढी भू–भागमा अगरउडको खेती गर्न सकिने देखिनछ । यहाँ धेरै खेतीयोग्य जमिन बाँझिदै गएको अवस्थामा यस्तो बहुगुणी मूल्यवान वनस्पतिको खेती वा उत्पादन गरेमा युवा पुस्तालाई रोजगार र किसानको आयमा वृद्धि हुने देखिन्छ । सामुदायिक, धार्मिक स्थालहरुमा पनि यस्ता उपयोगी विरुवा रोपेमा स्रोतको सदुपयोग हुने मात्र होइन, बातावरणीय संरक्षण र पारिस्थितिकीय प्रणालीसमेत राम्रो हुन्छ । 

यसका जानकारहरुको सहयोगमा


स्रोतः एग्रो टाइम्स