काठमाडौं – नाइट्रोजन जीवहरुको शरीरलाई नभै नहुने ततव हो । नाइट्रोजनबाट एमिनो एसिड बन्दछ र एमिनो एसिडबाट प्रोटिन बन्दछ । यद्यपि वायुमण्डलमा ७८ प्रतिशत नाइट्रोजन छ, तर यो विशुद्ध नाइट्रोजनलाई अधिकांश  जीवजन्तु र विरुवाहरुले उपयोग गर्न सक्तैनन् । त्यसै कारण बायुमण्डलमा प्रशस्त मात्रामा नाइट्रोजन भएर पनि बिरुवालाई नाइट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ । वायुमण्डलमा पाइने विशुद्ध नाइट्रोजनलाई उपभोग्य बनाउन नाइट्रेट आवस्थामा लैजानु पर्दछ । प्रकृतिमा यो प्रकृया नाइट्रोजन चक्रबाट सम्भब हुन्छ । यसरी नाइट्रोजनलाई राइजोवियम भनिने व्याक्टेरियाहरुले गर्दछन् । ती व्याक्टेरियामा वायुमण्डलको नाइट्रोजनलाई अन्य विरुवाले लिन सक्ने अवस्था नाइट्रेटमा परिवर्तन गर्न सक्ने एक विशेष प्रकारको इन्जाइम हुन्छ । 

यो प्रकृयालाई नाइट्रोजन स्थिरीकरण भनिन्छ । राइजोवियम व्याक्टेरिया कोसेवातीको जरामा देखिने गिर्खाहरु तिनै व्याक्टेरियाको समूह हो । त्यसकारण आजभोली विरुवालाई नाइट्रोजनयुक्त रासायनिक मल नै दिनु पर्छ भन्ने छैन, नइट्रोजन उपयोग गर्ने व्याक्टेरियायुक्त रासायनिक मल नै दिनु पर्छ भन्ने छैन, नाइट्रोजन उपयोग गर्ने ब्याक्टेरियायुक्त मल दिएपनि पुग्छ । त्यस्तो मललाई जैविक मल भनिन्छ । राइजोबियम बाहेक माटोमा पाइने एजोटो–व्याक्टर र कुनै कुनै एल्गि जातका विरुवाले पनि नाइट्रोजन स्थिरीकरण गर्न सक्दछ ।