शास्तदत्त पन्त, काठमाडौं – नेपालमा पश्चिमी प्रभाव बढ्नुको मुख्यकारण मेकाउलेको “गोरा महान्” भनाउने शिक्षा पद्धितिको इण्डियामा प्रबेश हुनु हो । यसले गर्दा संगीत, नृत्य, नाम–थर, रहन–सहन, शिक्षा–दीक्षा, खान–पान सबैमा नक्कल छ । नजाति भएर पनि “एलोप्याथी” औषधीको प्रयोग बढ्यो, जाति भएर पनि आयुवेर्दिक पद्धति बन्दप्रायः भयो । आज हाम्रो समाज तीन लालच ( वित्तैषणा, पुत्रैषणा र पदैषणा) बाट मुक्त हुन सकेको छैन । यो रोग राजनीतिमा पनि टोपेलाई मारियो । झाँसीकी रानीलाई मारियो । यी नमुना उदाहरण हुन् । तर भारतमा जसले १४ जना मासुमलाई शिर छेदन गरे, ती प्रधानमन्त्री भए । नेपालमा पनि आततायी र हत्यारा सत्तामा बस्न पाउनुमा पनि पश्चिमी प्रभाव हो । खोजकर्ता राजीब दीक्षितका अनुसार भारतमा जसले ९०० अर्ब लुटेर लगे, २२ हजार जनता मारे र ३ लाख परिवारलाई बेहाल गरे ती पटकपटक पुधानमन्त्री भए । आवाज उठाउने उनी स्वयं मारिए ।
कलियुगीय राजनीतिमा व्यक्तिलाई दुई कुराले सत्तामा पु¥याउँछ । एक, जस्को पछि ठूलो जन र धन बल छ, अर्को जस्को प्रवृत्ति आततायी छ र लुटेको धन छ । भारतमा अझै बेलायती प्रभाव कायम छ । शताब्दिऔं विदेशीको दास भएर बस्दा ५० भन्दा बढी पुस्ता वितिसकेका छन् । तिनको संस्कार बनिसकेको छ । फलतः आज नेपालीको मन बाँडिएको छ । एक थरी भन्छन् – यदि अमेरिका नेपाल पस्यो भने नेपाल सिक्कम हुने तानाबानाबाट बच्दछ । इराकले कुवेत खाँदा जोगाए झैं जोगाउँछ तर अर्का थरीले भन्छन् अमेरिकीसँग नजिकिए नेपालले इराक, अफगानिस्थानको अवस्था भोग्न तयार हुनु पर्दछ । किनकि अमेरिका भारतलाई हातमा लिएर चीनलाई दबाउन उद्यत रहनेछ । नेपाल भूमि लन्चिङ–प्याड मात्र हुनेछ । आम नेपालीले यी दुबै कुरा मान्न तयार छैनन् ।
नेपालीको चाहना नेपाल सदासर्वदा स्वतन्त्र रहिरहनु पर्दछ भन्ने हो । अमेरिका, चीन र भारत कुनैको पनि प्रभावमा आउनु हुँदैन । नेपाल दुईवटा विश्वयुद्ध पूर्व र त्यसपछि जसरी स्वतन्त्र सार्वभौम रहिरह्यो, वैदिक सभ्यता जोगाइ रह्यो, त्यो सदा जोगाइरहन चाहन्छ । विश्वशान्तिको नेतृत्व गरिरहन चाहन्छ । यही कारण आज नेपाली जनता श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रका नीति र कार्यक्रमका पक्षामा उभिँदै गएका छन् । भूराजनीतिले बनाएको भारतसिताको सम्बन्ध बाध्यात्मक हो, त्यसलाई भारतीय जनस्तरसित बढाएको भारतसितको सम्बन्ध बाध्यात्मक हो, त्यसलाई भारतीय जनस्तरसित बढाएर राजनीतिसँग तठस्थीकरण गर्ने बालियो योजना बनाउन सकिन्छ जुन उल्लेखित तीनै राजाले अवलम्बन गरेका थिए, त्यो दिगो बनाउन राजसंस्थाको नै भूमिका रहिरहनु पर्दछ ।
0 comment