अवश्य पनि स्वरहरुमा भिन्नता हुन्छ । यसैले सबै मान्छे किठो स्वरमा गाउन सक्दैनन् । सबैभन्दा पहिले थाहा पाऔं स्वर कहाँबाट र कसरी निस्कन्छ । हामी सबैको घाँटीमा स्वर निकाल्ने यन्त्र भोकल कर्ड ९ख्यअब िऋयचम०  हुन्छ । भोकल कर्डमा १६ वटा लचिला माँसपेशीहरु हुन्छन् । यी मांसपेशी शरीरभरिमा सबैभन्दा कमलो खाले माँसपेशी हुन् । तिनले झण्डै १७० किसिमका अवस्थाहरु प्रदर्शित गर्न सक्दछ । आवाज निस्कनु भनेको हावाले ती मांसपेशीलाई चलाई कम्पन पैदन गर्नु हो । कम्पनको तौरतरिका अनुसार नै आवाज उत्पन्न हन्छ । जस्तै भनैं ती मांसपेशी प्रति सेकेण्ड ८० पल्ट कम्पन्न हुन्छन् भने स्वर गह्रौं निस्कन्छ र प्रतिसेकेण्ड १ हजार पटक कम्पन हुन्छन् भने उँचो स्वर निस्कन्छ । अव थाहा पाऔं सामान्य मानिसको स्वर र गायक गायिकाको स्वरमा फरक के हुन्छ ? बास्तवमा मानिसहरुको स्वर यन्त्र (भोकल कर्ड) ज्यादै जटील किसिमको प्रक्रिया भएको अङ्ग हो । यसको संचालनमा अघि भनिएजस्तै मांसपेशी बाहेक हाड, म्यूकल मेम्ब्रेन, गुन्जन बक्सा (रिजोनेटिङ्ग स्पेस) आदिको भूमिका हुन्छ । गाउनेहरुको स्वर यन्त्रको मुख्य विशेषता रिजोनेटिङ्ग स्पेस अथवा स्वर घन्किने ठाउँ हो । उनीहरुमा यस्तो ठाउँ संगीत उपकरणहरुको ढ्वाङ्गले जस्तै काम गर्छ । एक किसिमले भनौं रेजोनेटिङ्ग स्पेस भनेको गीटार, सीतार र भ्वायोलिनको खोक्रो बट्टा जस्तै हो । यस बाहेक गायक गायिकाहरुले आफ्नो स्वरलाई कसरी नियन्त्रणमा राख्नु पर्छ, त्यो पनि सिकेको हुन्छ । यसका लागि उनीहरुले मेहनत गरेका हुन्छन् ।