काठमाडौंं – जुनकिरी राती अँध्यारोमा झुलक–झुलक बल्छ, यसको मूल कारण हो जुनकिरीको पुच्छरमा लुसीफेरीन भन्ने बस्तु पाइन्छ । लुसीफेरीन हावामा रहेको अक्सिजनसंग सम्पर्कमा आउँदा यसले प्रकाश दिन्छ । तर यो प्रकाश अरु सामान्य प्रकाश भन्दा अलिक भिन्न छ । यसमा उज्यालोपना हुन्छ तर ताप हुँदैन । यस प्रकारको प्रकाशलाई लुमिनिसेन्स भनिन्छ । जुनकिरीमा लुसीफेरिनलाई अक्सिजनसंग प्रतिकृया हुन एक अर्को विशेष बस्तु इन्जइमको आवश्वयकता पर्दछ जसलाई लुसीफेरेज भनिन्छ । अब अर्को प्रश्न उठ्न सक्छ कि लुसीफेरिनलाई नियन्त्रण गर्ने लुसीफेरेज इन्जाइमले कसरी उज्यालो दिन सकेको ? यस सम्बन्धमा एक अमेरिकी बैज्ञानिक मार्लिन डे लूका विगत ३ दशक देखि अनुसन्धानमा जुटिरहेकी छिन् । जुनकिरी समात्दै तिनमा रहेका लुसीफेरेज उत्पादनमा नियन्त्रण गर्ने जीन निकालिन् र प्रचलित इ. कोलाई भन्ने किटाणुमा प्रबेश गराइन । इ. कोलाईले लुसीफेरेजको वंशाणु पाए पछि तिनले पनि उज्यालो दिन सक्यो । डे लूकाको यो प्रयोगले जीव विज्ञानमा ठूलो परिवर्तन ल्यायो र आज भोली आनुवांसिकी प्रविधिमा यो तरिका निकै लोकप्रिय भएको छ ।