काठमाडौं – यस विषयमा बैज्ञानिकहरुले एउटा रमाइलो प्रयोग गरेका थिए । प्रयोग अनुसार सबैभन्दा पहिले चमेरोलाई त्यसको दुबै आँखा बन्द गरी उडाइयो, चमेरोलाई केही फरक परेन, मजाले सँधै जस्तै उड्यो । त्यसपछि यसको आँखा खुल्ला राखी कान बन्द गरी उडाइयो । चमेरो पटक्कै उड्न सकेन । यसबाट के कुरा पत्ता लगाइयो भने चमेरो एक किसिमले अन्धा सरी नै हुन्छन् तर एक बिशेष संकेत पाएर तिनीहरु राती अँध्यारोमा पनि मजाले उड्न सक्दछन्, त्यो विशेष संकेत हो पराध्वनी । मानिसले सुन्न सक्ने ध्वनीको आवृति २० हर्ज देखि २० हजार हर्ज सम्म हुन्छ । यस भन्दा बढी आवृति भएको ध्वनीलाई पराध्वनी भनिन्छ । उडिरहेको बेलामा चमेरोले श्रेणिवद्ध रुपमा पराध्वनी उत्पन्न गरिरहेको हुन्छ, जुन हामी सुन्न सक्दैनौं । यी पराध्वनीहरु रुख, घर र यस्तै अन्य बस्तुहरुसित ठक्कर खाएपछि परावर्तित हुन्छ । यी परावर्तित पराध्वनीहरुलाई चमेरोले सजिलै सुन्न सक्दछ र यसैका आधारमा रुख, घर, इत्यादिको दूरी र दिशाको बोध चमेरोलाई हुन्छ ।
0 comment