पहिलो कुरा के याद गरौँ भने इन्दे्रणी पानी परेको बेलामा मात्र देखिन्छ र त्यतिखेर सूर्य जहिले पनि तपाईँको पछिल्तिर परेको हुन्छ । त्यस्तै प्रिज्मको नाम पनि यहाँहरुले सुन्नुभएको होला वा त्यसबारे पढ्नु पनि भएको होला । ग्याँस जस्तो देखिने प्रिज्मले सूर्यको किरणलाई यताउता छरिदिन्छ । सूर्यको किरण यसरी छरिन जाने हुँदा यसमा रहेका विभिन्न सात रङ किरणहरु छुट्टिन्छन् र सूर्यको किरणमा सात विभिन्न रङहरु हुन्छन् भन्ने कुरा हामी थाहा पाउँछौँ । पानी पर्दा पानीमा सूर्यको किरण पर्दा ती किरणहरुलाई पानीका थोपाले छरिदिन्छ वा पानीका थोपाले त्यतिखेर प्रिज्मको जस्तै काम गर्दछ । यसरी प्रकाश वा सूर्यको किरण छरिन जाँदा त्यसमा रहेका सात विभिन्न रङहरु देखा पर्दछन् र त्यसैलाई हामी इन्द्रेणी भन्दछौँ ।
अब थाहा पाऔँ यो किन सरल वा लामो नदेखिइ गोलाकार देखिन्छ भन्ने कुरा । आकाशमा पनीका सबै थोपाले प्रकाशलाई छरिदिन्छ । ती सबै किरणलाई हामी देख्न सक्दैनौँ । कुनै निश्चित कोण भएर आएका किरण मात्रै देख्न सक्छौँ । यो कोण इन्द्रेणीकोसँग ४०.८ डिग्रीदेखि ४२.७ डिग्रीसम्म हुन्छ । इन्द्रेणीको भन्नाले दर्शकको दृष्टि र सूर्यको आयतित किरण विचको समानान्तर रेखा भन्ने बुझिन्छ । ४०.८ डिग्री भएर आएको किरण रातो रङको हुने गर्दछ । यो निश्चित कोणमा पर्ने पानीका थोपाहरु एउटा खास विन्दुबाट हेर्दैजाने हो भने सोझै वा एउटै रेखामा नपरी स्वभावत क्रमश गोलाकार हँुदै जान्छ, त्यसैले इन्द्रेणी पनि गोलाकार देखिन्छ ।
0 comment