काठमाडौं – बाँकेको कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेको प्रहरीले जानकारी दिएको छ ।
उनहिरुलाई कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८१८ ग्राम हड्डीसहित लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो ।
उनहिरुको साथबाट बरामद गरिएको छाला र हड्डी वयस्क पोथी बाघको भएको र छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको डिभिजन कार्यालय बाँकेका वन अधिकृत अजितकुमार कर्णले जानकारी दिएका छन् ।
पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिई यसबारे थप अनुसन्धन गरिरहेको कर्णले जानकारी दिएका छन् ।
0 comment