काठमाडौं - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा रहेको १५ रोपनी जग्गा व्यापारिक प्रयोजनको लागि दिन लागेको भन्ने कुरामा कुनै सत्यता नभएको प्रतिष्ठानका कुलपती निशा शर्मा पोखरेलले बताउनु भयो ।
उक्त जग्गा व्यापारिक प्रयोजनको लागि उपलब्ध गराइदिन भन्दै निजी व्यापारिक कम्पनी इमु प्रोपर्टिज प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङ्गले प्रतिष्ठान प्रमुखका नाममा निवेदन पठाएको पनि शर्माले बताउनु भयो ।
१५ रोपनी जग्गा प्राप्तिको लागि इमु प्रोपटिज प्रालिकी प्रबन्ध सञ्चालक शर्मिला तामाङका तर्फबाट गत जेठ १४ गते प्रज्ञा प्रतिष्ठान प्रमुखका नाममा बुझाइएको निवेदनमा ‘बहुउद्देश्यीय कम्प्लेक्स निर्माण गर्ने प्रयोजनका लागि जग्गा उपलब्ध गराउन अनुरोध’ गरिएको छ। त्यस्तो सेन्टर ठाउँमा खाली जग्गा देखेपछि प्रयोजनको लागि माग्नु कुनै नौलो कुरा नभएको तर दिने निर्णय नभईकनै झुठो समाचार बनाई मानसिक तनाव दिने काम गर्नु गलत काम भएको शर्माको भनाइ छ ।
उक्त जग्गा व्यापारिक प्रयोजनको लागि लिजमा दिने भन्ने जस्तो भ्रामक कपोकल्पित समाचारमा संस्कृती, पर्यटन तथा नागरिक उड्डेययन मन्त्री सदन किराँतीको नाम जोडिएको बिषयमा आफ्नो ध्यानाकर्ष्ण भएको र प्रतिष्ठानको जिम्मेवार व्यक्ती आफू भएको हुँदा मन्त्री किराँतीसँग कुनै कुरा नभएको र उहाँलाई कुनै जानकारी समेत नभएको शर्माको भनाइ छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानले बिना लालपुर्जा आफ्नो भनेर कब्जा गरेर राखेको उक्त जग्गा धेरै दुख कष्ट सहेर सर्वोच्च अदालतबाट जितेर प्रतिष्ठानको नाममा ल्याएको र आफ्नो कार्यकाल रहुन्जेल कसैलाइ एक इन्च पनि जग्गा नदिने शर्माले बताउनु भयो ।
उक्त जग्गामा सरकार र दातृ सस्थाहरुसँग कुरा गरेर प्रतिष्ठानलाई आवश्यक हल तथा अन्य सरचना निर्माणको लागि पहल गर्ने शर्माले बताउनु भयो ।
0 comment