काठमाडौं - ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। 

केन्द्रीय अनुसन्धान व्युरोले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो। 

महर्जन नक्कली मोही, भट्टराई काठमाडौं महानगरपालिका-४ का तत्कालीन वडासचिव र कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी रहेका व्युरोले जनाएको छ।

व्युरोले ललिता निवास जग्गा प्रकरणमा आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको थियो।