काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाएर मैले गल्ती गरेको बताएका छन् । 

सोमबार कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्ने क्रममा उनले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई आफूले प्रस्ताव नगरेर गल्ती गरेको स्वीकारेका हुन् ।

मैले बरु उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका प्रतिबद्धता सबै पूरा गर्न कतिपय सन्दर्भमा सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन, प्रचण्डले भने । मैले सत्य बोल्नै पर्छ, म बाट धेरै गल्ती भए तर उहाँले कहिल्यै गल्ती गर्नु भएन उनले स्मरण गरे ।  त्यसैले त्यागणतन्त्रको घोषणा गर्न ल्याइ पु¥याउन नेतृत्व गर्ने महानायकको छवि बनेको छ, गिरीजा कोइरालाको । 

गणतन्त्र घोषणा गरेसकेपछि म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा मैले उहाँलाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्दथ्यो तर मैले गर्न सकिन, त्यसैले यसबारेमा मलाई पश्चताप भएको छ, प्रचण्डले भने । 

गिरिजा बावुले मलाई कुनै न कुनै रूपमा संरक्षण गर्नु भएको छ, साथै आफ्नो ऐतिहासिक दायित्वबाट कहिले पनी बिल्कुल विचलित हुनुभएन । हामी शान्तिमा आउँछौँ, तपाईहरु पनी गणतन्त्र आइदिनुप¥यो भन्नु भएको थियो । उहाँले, पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नु भएको थिएन तर, विश्वास दिलाउनुभएको प्रचण्डले स्मरण गराए । 

पहिलो भेटदेखि अन्तिम भेटसम्म कोइरालामा कुनै द्विविधा, आशंका, अस्थिरता नदेखेको प्रचण्डले बताए साथै कोइरालालाई शान्ति र संविधानको नायकको रुपमा भावविहोल भएर बिदाई गरेको समेत स्मरण गरे ।