काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्ने क्रममा सोसल मिडियामा गाली गरेकै भरमा राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने प्रवृति बढेको बताएका छन् ।
बलिदानको बलमा प्राप्त भएको परिवर्तन अहिले विचारको आवश्यकताको महसुस नगर्ने र सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रीत हुन पर्ने नपर्ने, सोसल मिडियामा गाली गरेकै भरमा देशको राजनीतिक कोर्सलाई दायाँबायाँ गर्न खोज्ने जुन प्रवृति देखिएको छ जसले गर्दा देशभित्र अहिले अराजकता बढेको बताएका हुन् ।
प्रचण्डले भने, हामीले अरुलाई होइन आफैलाई हेर्दा चाहिँ हामीले व्यवस्था बदल्न जुन शाहस गर्यौं, हामीले जनताको र राष्ट्रको अवस्था बदल्न त्यति नै साहस र इच्छा शक्ति प्रदर्शन गर्न सकेनौं सबैभन्दा पहिला हामीले आत्मसमीक्षा गर्न जरुरी छ । हामी आत्मसमीक्षा गरेर व्यवस्थाका साथसाथै अवस्था बदल्न गुणात्मक ढंगले अगाडि बढ्नुपर्छ, काम गर्नुपर्ने बताए ।
हामीले आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न हो पहल नगर्ने हो भने हेलचेक्याई गर्ने हो भने सिस्टम नै कोल्याप्स हुन्छ । हाम्रोभन्दा राम्रो एजेण्डा र विचार लिएर जनताको जीवन परिवर्तन गर्न आउने हो भने ठाउँ छाड्न कुनै गाह्रो नभएपनि हजारौं पटक विचार गर्दा त्यस्तो स्थिति नभएको प्रचण्डले बताए ।
कोइरालाको पार्थिव शरिर अगाडि बसेको समयमा गरेको संकल्प छिट्टै बिर्सिएर पुरातनतिर जान खोज्ने सोच केहो भन्ने प्रश्न रहेको बताए साथै प्रधानमन्त्री प्रचण्डले शान्ति र गणतन्त्रको रक्षा गर्ने कुरामा आफ्नो जिम्मेवारी र दायित्त्व धेरै ठूलो छ भन्ने प्रेरणाको स्रोत गिरीजा प्रसाद कोइराला रहेको बताए ।
0 comment