काठमाडौं - अदालतका कर्मचारीमाथि हातपात भएपछी देशभरका अदालतका कर्मचारीहरू आन्दोलित भएका छन्।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि भएको कुटपिटको विरोधमा देशभरका अदालतका कर्मचारीहरू आन्दोलित भएका हुन्। गत बुधबार जिल्ला अदालतकी नायब सुब्बा तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले कुटपिट गरेका थिए।
लामिछानेको मुक्का प्रहारबाट तामाङको दुईवटा दाँत हल्लिएको छ भने ओठमा चोठ लागेको छ। उक्त घटनापछि तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। जाहेरपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको छ।
चार कर्मचारी संगठनहरूले बिहान १० बजेदेखि अपरान्ह १:३० बजेसम्म हड्ताल गरेका छन्। आन्दोलित कर्मचारीहरूले अदालत अवहेलनामा कारबाही अगाडि बढाउन ललितपुर जिल्ला अदालतलाई आग्रह गरेका छन्।
0 comment