काठमाडौं – काठमाडौं महानगरपालिकाको टोली बालुवाटारस्थित ललिता निवासमा पुगेर अहिले स्थलगत निरीक्षण गरिरहेको छ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहको निर्देशनपछि ललिता निवास जग्गा हिनामिना प्रकरणमा छानबीन भइरहेको बेला काठमाडौं महानगरपालिकाको टोली यतीवेला सो क्षेत्रमा घेरबार गर्न पुगेको हो ।

सीआईबीले ललिता निवास जग्गा हिनामिना काण्डमा सरकारी कर्मचारी, व्यवसायी, भू–माफियासहित ४ सय जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ । ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने १ सय ३६ रोपनी जग्गा अतिक्रमण भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । 

गत आसार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललिता निवस जग्गा प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा पूर्व निर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन वहादुर गुरुङ्ग, तत्कालीन भक्तपुर मालपोत कार्यालयका कर्मचारी धर्म प्रसाद गौतम र यसैगरी गोपाल कार्की, मालपोत कार्यलय डिल्ली बजारका तत्कालीन अधिकृत सुरेन्द्र कपाली र कलाधर देउजा तथा मूमी सुधार मन्त्रालयका तत्कालीन उप–सचिव हुपेन्द्रमणी केसी रहेका थिए । 

पक्राउ परेका मध्ये, देउजा, कपाली र केसीको विषयमा सर्वोच्च अदालतले किर्तेमा अनुसन्धान गर्दा थुना बस्नु नपर्ने आदेश दिएकाले उनीहरुलाई मंगलवार साँझ कागज गराएर छोडीएको थियो । 

न्यायधीस ईश्वर खतिवडाको इजालसले २०७९ साउन १९ मै अनुसन्धानका क्रममा उनीहरुसहित १५ जना थुनामा बस्नु नपर्ने गरी आदेश दिएको थियो । बाँकी ४ जना माथी थप अनुशन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको थियो । गुरुङ्ग, केसी र देउजा लिलिता निवासकै भ्रष्टचार मुद्धामा छुटेका अभियुक्त हुन् । उनीहरुमाथि अहिले आवश्यक अनुसन्धान जारी रहेको छ ।